Posts

Showing posts from September, 2026

मातृभाषा पत्रकारिताको आयाम

Image
  लक्की चौधरी  ५ भदौ २०८३, शुक्रबार  २ हप्ता पहिले शेयर गर्नुहोस: 47 Shares फन्ट परिवर्तन गर्नुहोस: नेपाल बहुभाषिक र बहुसांस्कृतिक देश हो । जातीय विविधताले भरिएको देश भएकाले यहाँ मातृभाषाका वक्ता र पाठक धेरै छन् । १४२ जाति रहेको नेपालमा १२४ भाषा बोलिने गरेको जनगणना २०७८ को तथ्याङ्क छ । अध्ययन अनुसार कुल जनसङ्ख्याको ४४.९ प्रतिशतले सम्पर्क भाषा खस नेपाली बोल्छन् । बाँकी ५५.१ प्रतिशतले आफ्नै मातृभाषामा सञ्चारको काम गर्छन् । यसर्थ खस नेपाली र अङ्ग्रेजीमा मात्र पत्रकारिता गरेर सबैका लागि पत्रकारिता गरेको मान्न सकिँदैन । स्थानीयस्तरमा दूरदराजका नागरिकका लागि सूचनाको स्रोत मातृभाषा पत्रकारिता नै हो । मातृभाषा पत्रकारिताको पहुँच जन जनमा छ । स्थानीय सरकार जस्तै मातृभाषा पत्रकारिताले स्थानीय नागरिकलाई सुसूचित गर्ने गरेको छ । त्यही कारण मातृभाषा पत्रकारिताको आज पनि आवश्यकता छ । यसको प्रवर्धनमा सरकारको लगानी आवश्यक छ ।   लेख्य रूपमा प्रयोग हुने भाषा नेपालमा बोलिने १२४ भाषामध्ये १६ भाषा मात्र लेख्य परम्परामा बढी प्रयोगमा छन्; जसमा नेपाली, मैथिली, भोजपुरी, थारू, तामाङ, नेपाल ...

काव्यमहर्षि दुर्गालाल

Image
  गोरखापत्र अनलाइन  ६ भदौ २०८३, शनिबार  २ हप्ता पहिले शेयर गर्नुहोस: 41 Shares फन्ट परिवर्तन गर्नुहोस: ‘न जि लः खः न जि सुपाँय हे खः छुं मखुगु छु खः, जि वहे खः ’ (‘न त म पानी नै हुँ, न म बादल नै  केही नहुनुमा जे छ, हो, त्यही नै हुँ म’) यिनै निर्गुण भावका सर्जक दुर्गालाल श्रेष्ठ बिते । उनका जे जति भौतिक साकार स्वरूप थिए, अब हामीबिच रहेनन् । विसं १९९१ साउनमा जन्मेका श्रेष्ठले २०८३ साउन ३१ गते सदाका लागि विश्राम लिए । अब केवल स्मृति मात्र ! ९३ वर्षका जीवनकालमा आठ दशकभन्दा बढी उनले सिर्जनामै बिताए । अविरल, अश्रान्त अक्षरयात्रामा समर्पित एउटा निष्ठावान् पात्र थिए उनी ।  आफ्नो जन्मथलो काठमाडौँको न्हैकन्तलासँगै बाङ्गेमुढा टोलको पाटीमा प्रत्येक साँझ पण्डितद्वारा कथा वाचन गरिन्थे, विसर्जनसँगै टीका र प्रसादका लागि भर्खरकी यौवना भक्तजनमाझ पुग्थिन् । माथामा टीका लगाइदिँदा उनको कोमल हातको स्पर्शमै मोहित हुने ठिटो थिए दुर्गालाल । चुपचाप एकोहोरो प्रेमभावको त्यस अनुभूतिले उनको हृदयलाई कलिलो अवस्थामै भावुक बनाइदियो । केही जागरुक स्थानीय युवाका जमातले त्यसताका गठन गरिएको एक सव्रि...

चेतना बदल्ने पर्व

Image
  चेतना बदल्ने पर्व विवेक ढुङ्गेल  १२ भदौ २०८३, शुक्रबार  १ हप्ता पहिले शेयर गर्नुहोस: 50 Shares फन्ट परिवर्तन गर्नुहोस: श्रावण शुक्ल पूर्णिमा नेपाली सांस्कृतिक जीवनको केवल जनै फेर्ने तिथि होइन, यो स्मरण, संस्कार, कृतज्ञता, आत्मशुद्धि र पुनःसङ्कल्पको दिन हो । यज्ञोपवीत, ऋषितर्पणी, उपाकर्म, रक्षाबन्धन, श्रावणी, गुँही पुन्ही, क्वाँटी पुन्ही तथा विभिन्न स्थानीय लोकपरम्पराले एउटै पूर्णिमालाई बहुआयामिक सांस्कृतिक उत्सव बनाएका छन् । हिमालको गोसाइँकुण्डदेखि काठमाडौँ उपत्यकाको गुँही पुन्ही र ब्याँचा नकेगुसम्म, वैदिक ऋषिस्मरणदेखि तराई–मधेशको रक्षाबन्धन र भारतका विभिन्न भूभागका क्षेत्रीय परम्परासम्म यो पर्व नेपालको भौगोलिक, जातीय, भाषिक र सांस्कृतिक विविधतालाई एउटै भावनात्मक सूत्रमा बाँध्ने जीवित सभ्यता हो । ‘यज्ञोपवीतं परमं पवित्रं’– यो मन्त्र केवल नयाँ धागो धारण गर्ने मन्त्र होइन; पवित्रता, आयु, बल, तेज र उत्तरदायित्वको सङ्कल्प हो । तीन सूत्रलाई परम्पराले ब्रह्मा–विष्णु–महेश्वर, सत्व–रजस्–तमस्, ज्ञान–कर्म–उपासना, भूर्र–भुवः–स्वः तथा ब्रह्मचर्य–गृहस्थ–वानप्रस्थ जस्ता विभिन्न त्रयस...

शताब्दी यात्रामा त्रिचन्द्र

Image
सुमन्त घिमिरे  १२ भदौ २०८३, शुक्रबार  १ हप्ता पहिले नेपालकै उच्च शिक्षाको पहिलो केन्द्र त्रिभुवन चन्द्र कलेजको स्थापना विसं १९७५ भदौ १२ मा भएको थियो । यही दिन दरबार स्कुलको मजलिस घरबाट अध्ययन अध्यापनको श्रीगणेश भएकाले सोही दिनलाई यस संस्थाले आफ्नो स्थापना दिवस मान्छ । सरकारी कलेजका रूपमा स्थापना गरिएको यस संस्थाको नाम तत्कालीन राजा त्रिभुवन र प्रधानमन्त्री चन्द्रशमशेरको नामबाट राखिएको थियो । पछि यसको नाम त्रिचन्द्र कलेज राखियो । विसं २०३० मा त्रिविको आङ्गिक भएपछि त्रिचन्द्र बहुमुखी क्याम्पस भनिन्छ । त्रिचन्द्रमा पूर्णकालीन अध्यापक २५१ र कर्मचारी ७८ गरी जम्मा ३२९ जनशक्ति रहेका छन् । विज्ञान तथा प्रविधि र मानविकी तथा सामाजिक विज्ञानमा गरी जम्मा २४ वटा विभाग छन् । यी विभागका विभिन्न शैक्षिक कार्यक्रममा लगभग सात हजार पाँच सय विद्यार्थी पठनपाठन गर्दै आएका छन् ।  राणा प्रधानमन्त्री चन्द्रशमशेरले नेपालमा उच्च शिक्षाका निमित्त एउटा कलेज आवश्यक भएको महसुस गरी स्थापना गर्ने निर्णय गरेका थिए । त्रिचन्द्र कलेज स्थापना हुनुका कारण  तत्कालीन नेपालको राजनीतिक, सामाजिक तथा अन्तर्राष...