Posts

Showing posts from March, 2026

नेपाली बाहेकका १८ भाषामा ६७ जना सांसदले लिए शपथ (सूचीसहित)

Image
  १५ चैत, काठमाडौं । नेपाली बाहेकका १८ भाषामा ६७ जना प्रतिनिधिसभा सदस्यले शपथ लिएका छन् । त्यसमध्ये सबैभन्दा बढी २१ जनाले मैथिली भाषामा शपथ लिएका छन् । गत फागुन २१ गते निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले यही चैत १२ गते शपथ लिएका हुन् । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सिटसहित सबैभनदा ठूलो दलको रुपमा रहेको छ । प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसका ३८, तेस्रो दल नेकपा एमालेका २५ र चौथो दल नेपाली कम्युनिस्ट पार्टीका १७ जना सांसद रहेका छन् । यसपटकको निर्वाचनबाट उदाएको श्रम संस्कृति पार्टी पाचौं दलको रुपमा रहेको छ । श्रम संस्कृति पार्टीका ७ जना सांसद छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पाँच जना सांसद छन् । यसबाहेक एक जना स्वतन्त्र सांसद रहेका छन् । निर्वाचित सबै प्रतिनिधिसभा सदस्यहरूले यही चैत १२ गते शपथ ग्रहण गरेका हुन् । https://www.onlinekhabar.com/2026/03/1900839/67-mps-take-oath-in-18-languages-other-than-nepali-with-list?fbclid

मातृभाषामा शपथ, राष्ट्रिय गौरव

Image
  गोरखापत्र अनलाइन  ७ चैत २०८२, शनिबार नेपालले अबको सम्भवतः एकसाताभित्र प्रधानमन्त्रीका रूपमा बालेन्द्र (बालेन) शाहलाई पाउने छ । पहिलो पटक मतदानमा सहभागी युवादेखि ज्येष्ठ नागरिकसम्म सबैका लोकप्रिय ३५ वर्षीय बालेनलाई चुनावी प्रचारमै प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अगाडि सारेको थियो । बालेनलाई रास्वपाले प्रतिनिधि सभाको संसदीय दलका नेता चुनेपछि उहाँ नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुहुने छ । उहाँ रास्वपाका १८२ सांसदका मात्र होइनन्, २७५ जनाकै सारथि हुनुहुन्छ । नवनिर्वाचित सांसदहरूले शपथ लिन भने बाँकी नै छ । नवनिर्वाचित सांसदहरूले कुन–कुन भाषामा शपथ लिनुहोला ? कस्ता–कस्ता पोसाकमा सजिनु होला ? यतिखेरको जिज्ञासा हो यो ।  विगतमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि २०७९ जेठ १६ गते बालेनले नेपाली र नेपालभाषा (नेवारी) मा शपथ लिनुभएको थियो । उहाँ शपथग्रहण समारोहमा दौरा, सुरुवाल र भादगाउँले टोपी लगाएर सहभागी हुनुभएको थियो । उहाँको शपथको व्यहोरा यस्तो थियो : ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु । ईश्वर, जनताक...

झापा ५ : सयौँ अवसर झापामै खन्याउँदा पनि ओलीले बेहोरे लज्जास्पद हार !

अर्जुन आचार्य शनिबार, २३ फागुन २०८२, १८ : ३२ विराटनगर । नेपाली राजनीतिको एउटा अध्याय अन्त्य भएको छ भने नयाँ युगको सूत्रपात भएको छ । झापा निर्वाचन क्षेत्र नम्बर ५, जसलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभेद्य किल्ला मानिन्थ्यो । त्यसलाई परिवर्तनको लहर बोकेका बालेन्द्र (बालेन) शाहले ध्वस्त पारिदिए । एउटा निर्वाचनबाहेक २०४८ सालदेखि निरन्तर विजयी हुँदै आएका पूर्वप्रधानमन्त्री ओली यसपटक आफ्नै गढमा ४९ हजार ६१४ मतको फराकिलो मतान्तरले पराजित भएका छन् । हिजोसम्म विपक्षीलाई लज्जास्पद पराजयको स्वाद चखाउँदै आएका उनी यसपटक आफैँ अप्रत्याशित हार बेहोर्न विवश बने । निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतपरिणाम विवरण अनुसार बालेन्द्र शाहले ६८ हजार ३४८ मत ल्याउँदा एमाले अध्यक्ष ओलीले १८ हजार ७३४ मतमात्रै पाए । नयाँ पुस्तामा लोकप्रिय बनेका बालेन्द्र शाहले काठमाडौँ महानगरको प्रमुख पद छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घण्टी चुनाव चिह्न लिँदै झापा–५ मा पाइला टेक्दा धेरैले यसलाई ‘जोखिमपूर्ण कदम’ मानेका थिए । तर, नतिजाले सबैलाई चकित बनाएको छ । निर्वाचनको अन्तिम सँघारमा भने धेरैले बालेन्द्र शा...