नेपाली बाहेकका १८ भाषामा ६७ जना सांसदले लिए शपथ (सूचीसहित)

 १५ चैत, काठमाडौं । नेपाली बाहेकका १८ भाषामा ६७ जना प्रतिनिधिसभा सदस्यले शपथ लिएका छन् । त्यसमध्ये सबैभन्दा बढी २१ जनाले मैथिली भाषामा शपथ लिएका छन् ।

गत फागुन २१ गते निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले यही चैत १२ गते शपथ लिएका हुन् ।

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सिटसहित सबैभनदा ठूलो दलको रुपमा रहेको छ ।

प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसका ३८, तेस्रो दल नेकपा एमालेका २५ र चौथो दल नेपाली कम्युनिस्ट पार्टीका १७ जना सांसद रहेका छन् । यसपटकको निर्वाचनबाट उदाएको श्रम संस्कृति पार्टी पाचौं दलको रुपमा रहेको छ ।

श्रम संस्कृति पार्टीका ७ जना सांसद छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पाँच जना सांसद छन् । यसबाहेक एक जना स्वतन्त्र सांसद रहेका छन् । निर्वाचित सबै प्रतिनिधिसभा सदस्यहरूले यही चैत १२ गते शपथ ग्रहण गरेका हुन् ।




https://www.onlinekhabar.com/2026/03/1900839/67-mps-take-oath-in-18-languages-other-than-nepali-with-list?fbclid


Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal