गोरखापत्रको बहुभाषिक यात्रा १९ वर्ष पूरा
कुमार विवेकानन्द मिश्र १ असोज २०८३, बिहीबार १ दिन पहिले जब राज्यले सबै भाषालाई सम्मान, संरक्षण र सार्वजनिक जीवनमा समान अवसर प्रदान गर्छ; तब भाषिक विविधता नै समावेशीकरण, अपनत्व र राष्ट्रिय एकताको आधार बन्न पुग्छ । विविध भाषाले राष्ट्रलाई समृद्ध बनाउँछ । भाषिक समानताले ती विविधतालाई एकताको सूत्रमा बाँध्छ । नेपालको भाषिक विविधता राष्ट्रिय एकताको बलियो आधार हो । हरेक भाषाको आफ्नो छुट्टै पहिचान र अस्तित्व छ । आफ्नै भाषामा बोल्न, लेख्न र पढ्न पाउनु हरेक भाषाभाषीको अधिकार हो । नेपालको भाषिक विविधतालाई अङ्गीकार गरी गोरखापत्र दैनिकले भाषिक समावेशीकरणतर्फ पाइला चालेको आज १९ वर्ष पूरा भएको छ । विसं १९५८ वैशाख २४ गते प्रकाशन प्रारम्भ भएको १०६ वर्षपछि २०६४ असोज १ देखि गोरखापत्र दैनिकमा ‘नयाँ नेपाल पृष्ठ’ अन्तर्गत बहुभाषिक सामग्री प्रकाशन सुरु भयो । समावेशीकरणतर्फको यात्रा २० औँ वर्षमा प्रवेश गरेको छ । अहिले नेपालीबाहेक विभिन्न ४९ भाषाका पाठ्यसामग्री गोरखापत्रले प्रकाशन गर्दै आएको छ । विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलनको सफलता र विस्तृत शान्ति सम्झौतापछि मुलुकमा लोकतन्त्र पुनर्स्थाप...