Posts

Showing posts from February, 2026

मातृभाषा संरक्षण अभ्यास : जनचेतना अभिवृद्धिदेखि अध्यापनसम्म

Image
  नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ लगायत । तस्बिर : केशब गुरुङ  ९ फागुन २०८२, शनिबार काठमाडौँ, फागुन ९ गते ।  नेपालका आदिवासी जनजाति समुदायको मतृभाषा संरक्षण प्रयासमा सामान्य जनचेतना अभिवृद्धिदेखि विश्वविद्यालयसम्म अध्ययन, अध्यापनको अभ्यास भएको सरोकारवालाले बताएका छन् ।  अन्तर्राष्ट्रिय मातृभाषा दिवस – २०२६ को अवसरमा शनिबार नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा काठमाडौँमा आयोजित ‘मातृभाषा संरक्षणमा समुदायबाट भएका असल अभ्यासहरुको प्रस्तुती’ विषयक कार्यक्रममा सरोकारवालाले सो कुरा बताएका छन् ।  नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य त्रैलोक्यमान बनेपालीले नेपालमा एक सय २४ भाषाभाषी रहेको भन्दै यसको संरक्षणका लागि शब्दकोश निर्माण, शैक्षिक व्याकारण लेखन लगायतका विभिन्न काम भएको जानकारी दिनुभयो । मातृभाषा संरक्षणका लागि थप पहल आवश्यक रहेको उहाँको भनाइ छ । याङ्छेन भोटेका अनुसार हालसम्म भोटे भाषाको कुनै पनि लिखित दस्तावेज निर्माण तथा सामग्री प्रकाशन भएको छैन । भाषा संरक्षणका लागि मौखिक रुपमा गीतसंगीतको माध्यमबाट र...

आदिबासी ज्ञान सम्मेलन अनुभवको जीवित संगम

Image
  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ । २७ माघ २०८२, मङ्गलबार काठमाडौं, माघ २७ गते ।   आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले नेपाल आदिवासी ज्ञान सम्मेलन २०८२ केवल औपचारिक प्राज्ञिक कार्यक्रम मात्र नभइ आदिवासी ज्ञान, विज्ञान, दर्शन, अनुभव र अभ्यासको जीवित संगम बन्न पुगेको अनुभूति भएको बताउनुभएको छ ।  रजत जयन्तीको अवसरमा माघ २५ देखि २७ गतेसम्म सञ्चालन भएको सम्मेलनको उदघाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको थियो । सम्मेलनको समापन मन्तव्य राख्दै उपाध्यक्ष गुरुङले सो कुरा बताउनुभयो । “ज्ञानको आदान–प्रदान, धरोहरको संरक्षण र भविष्यको निर्माण” भन्ने मूल नाराका साथ आयोजना गरिएको ज्ञान सम्मेलनको सफलताले गौरव अनुभूति भएको उहाँले बताउनुभयो । “आज हामी8 यहाँ केवल एउटा सम्मेलन वा महोत्सवको औपचारिक समापन गर्न एकत्रित भएका  होइनौँ, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २५ वर्षे संस्थागत यात्राको समीक्षा, आदिवासी ज्ञान प्रणालीको पुनर्पुष्टि र भविष्यका लागि ज्ञानको माध्यमबाट दृष्टि र दिशा निर्माण गर्न पनि उभिएका छौ...

काठमाडौंमा आदिवासी ज्ञान सम्मेलन सुरु

Image
२६ माघ, काठमाडौं । आदिवासी जनजातिको मौलिक ज्ञान, संस्कृति, परम्परा र पहिचानलाई अन्तर्राष्ट्रियकरण गर्न आदिवासी ज्ञान सम्मेलन आयोजना गरिएको छ । राष्ट्रिय आदिवासी जनजाति विकास प्रतिष्ठान (एनएफडीन)ले काठमाडौँ महानगरपालिका, एफएओ नेपाल र डब्लुडब्लुएफ नेपालको सहकार्यमा राष्ट्रिय सभा गृहमा सम्मेलन आयोगना गरेको हो । आइतबारदेखि सुरु भएको सम्मेलन मंगलबारसम्म चल्नेछ । एनएफडीनले रजत जयन्तीको अवसरमा पारेर सम्मेलन आयोजना गरेको हो । ‘ज्ञानको साझा प्रदान, धरोहरको संरक्षण, भविष्यको निर्माण’ भन्ने मूल नारासहित सुरु भएको सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले शुभारम्भ गरेका हुन् । कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी भएका थिए । उनले समृद्ध नेपाल निर्माणमा सामाजिक सद्भाव र सहअस्तित्वको भूमिका महत्त्वपूर्ण हुने बताए । यस ज्ञान सम्मेलनमा सरकार संविधानको मर्मअनुरुप समावेशी सिद्धान्त कार्यान्वयन गराउन कटिबद्ध रहेको पनि उनको भनाइ छ । प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले आदिवासी जनजातिको पुर्ख्यौली ज्ञान, सीपको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले तीन दिने सम्मेलन आयोजना गरिएको जानकारी दिए । तीन दिने...

भाषाको भाषा - के गर्दै छ भाषा आयोग ? : सुरेश किरण

  फाल्गुन ९, २०८२ सुरेश किरण काठमाडौँ — एक पटक नेपाली मिडियामा कुसुन्डा भाषाका अन्तिम वक्ता राजामामाको खुब चर्चा चलेको थियो । एउटा मर्नै लागेको भाषाका अन्तिम वक्ता थिए उनी, जसको मृत्युपछि सिंगो भाषा मर्नेवाला थियो । जहाँसम्म कुसुन्डाको भाषिक परिवार पहिल्याउने प्रसंग छ, यो कुन भाषिक परिवारअन्तर्गत पर्छ भनेर खट्याउनै नसकिरहेको अवस्थामा ‘यदि कुसुन्डा मरे एउटा भाषा मात्रै होइन, भाषाको एउटा पूरा परिवारै मर्ने’ खतरा थियो । त्यसैले राजामामामाथि एउटा सिङ्गै भाषिक परिवार बचाउनुपर्ने दबाब थियो । वि.सं. २०७८ को जनगणनाअनुसार, नेपालमा १२४ भाषा बोल्नेहरू छन् । यीमध्ये ४६ वटा भारोपेली भाषा परिवारअन्तर्गत पर्छ, ७२ वटा भोट बर्मेली भाषा परिवारअन्तर्गत, तीन वटा आग्नेय परिवारअन्तर्गत र एउटा भाषा द्रविङ परिवारअन्तर्गत पर्छ । कसुन्डा चाहिँ कुन परिवारभित्र पर्छ ? अहिलेसम्मै ठम्याउन सकिएको छैन । त्यसैले भाषा वैज्ञानिकहरू यसलाई ‘एकल परिवार’ (चूडामणि बन्धु) वा ‘कुसुन्डा परिवार’ (माधवप्रसाद पोखरेल) पनि भन्ने गर्छन् । अर्थात् एउटै भाषाको एउटा परिवार । त्यसैले यो संसारकै लागि अनौठ...

भाषाको भाषा - जनजातिका भाषा प्रवर्द्धनमा उदासीन पालिका : गणेश राई

  फाल्गुन ९, २०८२ गणेश राई भाषा : संस्कृतिको धागो, पहिचानको आधार काठमाडौँ — चिनियाँ उखान छ– ‘एक वर्षका लागि हो भने धान रोप, एक दशकका लागि हो भने रुख लगाऊ, एक शताब्दीका लागि हो भने जनतालाई शिक्षित गर ।’ नेपालको सन्दर्भमा जनतालाई शिक्षित तुल्याउने माध्यम भाषा कुन अपनाउने भन्नेबारे सरकार नै अलमलमा पर्दै आएको छ । संस्कृत भाषामा शिक्षा दिने कि ? नेपालीमा दिने कि ? ‘अंग्रेजी नै पो ठीक जस्तो छ’ भन्दै समाज आफूखुसी दौडिरहेको छ । सरकार हेरेको हेर्‍यै छ । संविधानमा लेखिएको छ– ‘नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन् । देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ । नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ । भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरेबमोजिम हुनेछ ।’ संविधान जारी भएको एक दशकमा भाषा आयोगको सिफारिसअनुसार बागमती प्रदेशले तामाङ र नेपालभाषालाई सरकारी कामकाजको घोषणा गरेको...

भाषाको भाषा नेपाली राष्ट्रभाषा कसरी सुरु भयो? : लक्ष्मणप्रसाद गौतम

Image
  फागुन ९, २०८२ लक्ष्मणप्रसाद गौतम काठमाडौँ — के हो जनसम्पर्क भाषा ? उत्तर अनेक हुन सक्छन् । तर, तथ्यमा रहेर भाषाका दृष्टिले हेर्दा जुन भाषाले जनताबीच सम्प्रेषणका लागि पुलको काम गर्छ, सेतुको काम गर्छ वा दुई भिन्न भाषिक समुदायलाई जोड्ने वा एकै ठाउँमा ल्याउने काम गर्छ, त्यस्तो भाषालाई जनसम्पर्कको भाषा मानिन्छ । यस्तो भाषाले टुक्र्याउने होइन, जोड्ने काम गर्छ । नेपालका सन्दर्भमा नेपाली राष्ट्रभाषा यस्तै जनसम्पर्कको भाषा हो, त्यसैले यो सम्पूर्ण नेपालीहरूको साझा भाषा हो । नेपाली भाषा सरकारी कामकाजको भाषा भएकाले मात्रै राष्ट्रभाषा भएको होइन, यो त राष्ट्रको पहिचानको मूलभूत आधार भएकाले पनि राष्ट्रभाषा बनाइएको होइन, भएको हो । नेपाली भाषाको इतिहास अलिखित रूपमा अनादिकालदेखिको छ अर्थात् जहिलेदेखि नेपालीहरूको अभिव्यक्तिले वाणी पायो, त्यसै समयदेखि नेपाली भाषाको अस्तित्व छ, तर यसको अभिलिखित अस्तित्व भने एक हजार वर्षभन्दा बढीको छ । नेपाली भाषाको उत्पत्ति करिब एक हजार वर्षपूर्व भएको कुरा भाषाका इतिहासकारहरूले उल्लेख गरे पनि भाषिक इतिहासका अध्येता ‘नेपाली भाषाका हजार वर्ष’ पुस्तकक...

१ लाख ३५ हजार वर्षदेखि बोलिरहेको विश्व : अन्वेषण अधिकारी

  फागुन ९, २०८२ अन्वेषण अधिकारी काठमाडौँ — अहिले विश्वभर झन्डै ७ हजारभन्दा धेरै भाषा बोलिन्छन् । सांकेतिक भाषा नै ३ सयभन्दा धेरै छन् । समाजशास्त्रीय मान्यताअनुसार, भाषा केवल सञ्चारको साधन होइन, हाम्रो पहिचान पनि हो । यसरी मानव जीवनलाई हरेक पाइलामा परिभाषित गर्ने भाषाको उत्पत्ति कसरी भयो ? यस विषयमा अनेक सिद्धान्त र किंवदन्ती प्रख्यात छन् । धर्मशास्त्रहरूले भाषालाई ‘ईश्वरीय वरदान’ मान्छन् । वैज्ञानिक सिद्धान्तहरूले यसलाई निरन्तरको मानव विकास र खोजसँग जोडेका छन् । मानव विकासमाथि चार्ल्स डार्बिनले १९ औं शताब्दीको अन्त्यतिर एक सिद्धान्त अघि सारेका थिए । उनले सन् १८७१ मा प्रकाशित आफ्नो पुस्तक ‘द डिसेन्ट अफ म्यान’ मा मानव, चिम्पाञ्जी र गुरिल्लाबीचको शारीरिक समानतालाई औंल्याउँदै ‘कुनै युगमा मानिस र बाँदरका पुर्खा एउटै हुन सक्ने’ लेखेका थिए । उनले ‘तिनीहरू हाम्रा सबैभन्दा नजिकका जीवित आफन्त’ रहेको निष्कर्ष निकालेका छन् । तर, उक्त पुर्खा अहिले विलुप्त भइसकेको छ । स्यामुयल जर्ज मोर्टन, जोसिया नट, जर्ज गिल्ड्डन, चार्ल्स काल्डवेलजस्ता वैज्ञानिकले अघि सारेका ‘...

भाषाको भाषा - नेपालमा हजारभन्दा कम जनसंख्याले बोल्ने २३ भाषा : उपेन्द्रराज पाण्डेय

Image
  फागुन ९, २०८२  उपेन्द्रराज पाण्डेय काठमाडौँ — भाषाको मृत्यु ! भाषा मर्‍यो ! के जीवजन्तु र बोटविरुवाझैं भाषा पनि मर्छन् ? झट्ट सुन्दा यो विषय नौलो/नवीन लाग्न सक्छ । तर, संसारमा धेरै भाषा मरिरहेका छन् । बेलायती भाषाविद् डेभिड क्रिस्टलको तर्क छ– मान्छेजस्तै भाषा पनि मरिरहेको छ । तर, भाषा किन मरिरहेका छन् त ? आखिर भाषा मर्नु भनेको के हो ? यिनै विषयमाथि बहस गर्दै उनले एक पुस्तक लेखेका छन्– ‘ल्याङ्वेज डेथ’ । क्रिस्टल भन्छन्, ‘भाषा मर्‍यो भन्नु मानिसको मृत्यु भयो भन्नु जस्तै हो । अर्को कुरा हुनै सक्दैन– मान्छे छैन भने भाषाको पनि कुनै अस्तित्व छैन । जब कसैले कुनै भाषा बोल्न छाड्छन्, तब त्यो भाषा पनि मर्छ ।’ विश्वका अधिकांश भाषा बोल्नेको संख्या मात्रै घटिरहेको छैन, भाषा नै हराइरहेको छ । क्रिस्टलकै मत मान्ने हो भने विश्वमा बोलिनेमध्ये झन्डै आधा भाषा मृतप्रायः छन् । आखिर किन मरिरहेका छन् भाषाहरू ? ‘नेपालका मातृभाषा र मातृभाषामा शिक्षा’ का अभियन्ता अमृत योन्जन–तामाङको चाहिँ तर्क छ– राज्यको नीति, बसाइँसराइ, भाषिक प्रभुत्व र कल्चरल एसिमिलेसन (सांस्कृतिक सम्मि...