इतिहास - पृथ्वीनारायणलाई माझकिरातको माटोको डल्लो
सन्दर्भः पृथ्वी जयन्ती राजकुमार दिक्पाल सोमबार, २७ पुस, २०७७ आफ्नो मुलुकलाई धोका दिएर माझकिरातमा गोरखाली आक्रमणलाई साथ दिनेमा विजयपुरका स्वरुपसिंह कार्की र चौदण्डीका हरिनन्द उपाध्याय थिए। तीमध्ये उपाध्याय त पृथ्वीनारायण शाहसमक्ष चौदण्डीकै माटोको डल्लो नै बोकेर पुगेको थिए। गोरखालीहरुले चौदण्डी र विजयपुरमाथि आधिपत्य गर्नुअघि यी राज्यमा सेन राजा थिए । तर चौदण्डीमा खम्बु (राई) र विजयपुरमा लिम्बू पुस्तौनी हिसाबले दिवान वा मुख्यमन्त्रीका रुपमा राज्यशक्तिमा थिए । गोरखाली आक्रमण हुँदा चौदण्डी र विजयपुरका थपना राजाका रुपमा रहेका कर्ण सेन सपरिवार भागेर पूर्णिया पुगे। राजधानी राजाविहीन भएका बेला राज्य जोगाउन माझकिरातमा चतिम राय तथा अटल रायजस्ता खम्बु र लिम्बूवानमा काङ्सोरे जस्ता लिम्बुहरुले सैन्यनायकत्व लिएर गोरखालीविरुद्ध वीरतापूर्वक लडेका थिए । किरात खम्बुको बाहुल्य रहेको माझकिरातमा बसोबास गर्ने क्रममा बाहुन बाहुनहरुले विर्ता र क्षेत्रीहरुले राजदरबारमा जागिर पाए । तीमध्ये खार्पाली पोखरेल हरिनन्द उपाध्याय धनाढ्य भइरहेका थिए । क्षेत्रीमा स्वरुपसिंह कार्कीले राजदरबारको उच्च कर्मचारीका र...