Posts

लोक संस्कृतिको संरक्षण तथा प्रवद्धन गरिने -महाप्रवन्धक अशोक प्यासी राई

Image
लोक संस्कृतिको संरक्षण तथा प्रवद्धन गरिने कला | गोरखापत्र अनलाइन       माघ २२, २०७६ बुधबार        गोरखापत्र समाचारदाता काठमाडौँ, माघ २२ गते । सांस्कृतिक संस्थानले वार्षिक कार्ययोजना र रणनीति सार्वजनिक गरेको छ । संस्थानले बुधबार पत्रकार सम्मेलन गरी आगामी दिनमा गरिने कार्यक्रम सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, संस्थानले आयोजना गर्दै आएका नियमित कार्यक्रमहरु ‘राष्ट्रिय लोक नाटक महोत्सव’, ‘शास्त्रीय संगीत उत्सव तथा स्रष्टा सम्मान’, ‘अन्तरमावि नाटक प्रतियोगिता’, ‘अन्तरमावि नृत्य प्रतियोगिता’ लगायत कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । संस्थानका नवनियुक्त महाप्रवन्धक अशोक प्यासी राईले भावी कार्यक्रमबारे जानकारी दिदै भन्नुभयो, “सार्कस्तरीय सांस्कृतिक महोत्सव, लोपोन्मुख लोक संस्कृतीको खोज अनुसन्धान तथा प्रशिक्षण, नयाँ तथा पुराना नाटक नियमित मञ्चन गरिने छ ।” उहाँका अनुसार, प्रदेशस्तरीय लोक सांस्कृतिक महोत्सव आयोजना गरिने, सांस्कृतिक संस्थानले दिदै आएको नृत्य, अभिनय, गायन तथा वादन विधाका प्रशिक्षणल...

‘मेरो प्यारो ओखलढुङ्गा’मा भएनन् पर्यटक आकर्षित

Image
पर्यटन | रासस       फाल्गुन १, २०७६ बिहीबार      ओखलढुङ्गा, फागुन १ गते ।   पर्यटनको प्रचुर सम्भावना रहेको सिद्धिचरण नगरले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्न सकिरहेको छैन । युगकवि सिद्धिचरण श्रेष्ठको नाममा रहेको सिद्धिचरण नगर घुम्न आउने पर्यटक अहिले मन खिन्न पारेर फर्किने गरेका छन् । ‘मेरो प्यारो ओखलढुङ्गा’ कविता पढेका सिन्धुपाल्चोकका विपिन न्यौपाने साथीहरुसहित माघ पहिलो साता यहाँ आउनुभयो । उहाँले कवितामा कल्पना गरेजस्तो मन भुलाई हाल्ने ठाउँ सदरमुकाम आसपासमा भेट्नुभएन । “प्राकृतिक रूपले कवितामा जतिकै सुन्दर लाग्यो ।” उहाँले भन्नुभयो, “तर आकर्षक पूर्वाधार बनाएर हामी जस्तो बाहिरबाट घुम्न आउनेलाई अडिन मन लाग्ने ठाउँ बनाएको पाइँन । क्या मज्जा लिउँला भनेर आइयो खास स्वाद आएन ।” साँघुरो सडक र अव्यवस्थित पार्किङजस्ता कुराले झन दुःख हेर्न आएको महसुस भएको उहाँले बताउनुभयो । उहाँलेजस्तै यहाँ आउने अधिकांशले कविता पढेर परिकल्पना गरेजस्तो ओखलढुङ्गा नपाउँदा खिन्न हुन्छन् । पर्यटन वर्ष चलिरहँदासमेत जिल्लाका कुनै स्थानीयतहले पर्यटक भित...

२८ भाषाको डिजिटल 'भाषाकोश'

- कान्तिपुर संवाददाता काठमाडौं (कास)– ज्ञानीमैयाँ कुसुन्डाको दुई साताअघि निधन भएयता अब कुसुन्डा भाषा कसरी बाँच्ला भन्ने चिन्ता बढेका बेला भाषा आयोगले डिजिटल भाषाकोशमा समेटेको छ । आयोगले ज्ञानमैयाँ जीवित छँदै तिनै दिनचर्याको अवशेषलाई लिएर वृत्तचित्रसमेत निर्माण गरेको छ । ‘जंगली जीवन कस्तो थियो, बा–आमाले कस्तो व्यवहार गर्थे,’ वृत्तचित्र निर्माणमा संलग्न पत्रकार प्रकृति अधिकारी भन्छन्, ‘कुसुन्डा समुदायले जन्मदेखि मृत्युपर्यन्तसम्म केके गर्थे । के गर्न हुन्थ्यो र के हुँदैनथ्यो भनेर नेपालीमा सोधिएको प्रश्न ज्ञानीमैयाँले आफ्नै भाषामा बोलेकी छन् ।’ आयोगले दाङको घोराहीमा ज्ञानीमैयाँलाई लिएर कुसुन्डा भाषा प्रशिक्षण कक्षासमेत सञ्चालन गरेको थियो । त्यो कक्षामा ज्ञानमैयाँले बोलेको शब्दहरूलाई लिपिबद्ध गरिएको छ । आयोगले कुसुन्डासहित २८ भाषाको बहुभाषिक डिजिटल ‘भाषाकोश’ निर्माण गरेको छ । ती भाषामा आठपहरे, उराँव, किसान, कुसुन्डा, चाम्लिङ, छन्त्याल, जुम्ली, जेरुङ, डोने, तिलुङ छन् । त्यसैगरी दराई, दुरा, बज्जिका, बेलहारे, बोटे, ब्यासी, मेचे, याक्खा, राउटे, राजवंशी, राजी, लाप्चा, लुङखिम, सन्थाली, स...

६२ जिल्लाका विद्यार्थी एउटै विद्यालयमा

Image
माघ २७, २०७६ गणेश राई ललितपुर — ललितपुरमा १८६ सामुदायिक विद्यालय छन् । तीमध्ये विद्यार्थी अभावमा आधा दर्जन प्राथमिक तहका विद्यालय अर्कामा गाभिसकिएको छ । सबैभन्दा धेरै विद्यार्थी र उत्कृष्ट नतिजा ल्याउने आदर्श सौल युवक माविले भने आइतबार ५० औं वार्षिकोत्सव मनाएको छ ।  शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख योगेन्द्र बरालका अनुसार जिल्लामा विद्यालय संख्या घटेसँगै शिक्षक दरबन्दी मिलान हुँदैछ । ललितपुरको प्राथमिक तहका १९७ जनाको दरबन्दी अन्यत्र पठाउने तयारी गरिएको छ । ‘८२ वटा सामुदायिक माविमध्ये सबैभन्दा धेरै विद्यार्थी र उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय आदर्श सौल नै हो,’ प्रमुख बरालले भने, ‘जहाँ विद्यार्थी धेरै छन्, त्यहाँ शैक्षिक गुणस्तर छ भन्ने बुझिन्छ ।’ यो विद्यालय ललितपुर महानगरपालिका–२२ बुङमतीमा छ । यहाँ पूर्वप्राथमिकदेखि कक्षा ५ सम्म र वडा नं. २५ छ्यासिकोटमा माध्यमिक तह पठनपाठन हुन्छ । विद्यालयमा कक्षा १२ सम्म ६२ जिल्लाका १ हजार ८३५ विद्यार्थी अध्ययनरत छन् । महाविद्यालयको अवधारणाअनुसार व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी संकायमा स्नातक तहको पठनपाठन भइरहेको छ । ...

किराँत राईहरुको तेस्रो अन्तरराष्ट्रिय सम्मेलन बेलायतमा हुने

Image
नेपाल संसार संवाददाता   २०७६, २५ माघ शनिबार १९:०९ Share 671 Shares फोटो   सौजन्यः   शिव   भण्डारी खुशी   लिम्बु   , लण्डन । किराँत राईहरुको साझा संस्था किराँत राई यायोक्खा (किराया) ले बेलायतमा तेश्रो अन्तरराष्ट्रिय सम्मेलन गर्ने भएको छ । पश्चिम लण्डनको ह्यारोमा एक पत्रकार सम्मेलन गर्दै किरायाको बेलायत शाखाले उक्त कार्यक्रम बारे सार्वजनिक गरेको हो । जसअनुसार निर्धारित तेस्रो अन्तरराष्ट्रिय किराँत राई सम्मेलन आगामी मे महिनाको २४, २५ र २६ तारिख साउथ ह्यारोको फूटबल क्लब हलमा हुने भएको छ । तेस्रो सम्मेलनमा उत्तरपूर्वी भारतीय राज्य सुक्खिमका पूर्व मूख्यमन्त्री तथा वर्तमान विधायक डा. पवन चाम्लिङ प्रमुख अतिथि रहनेछन् । त्यस्तै भिसाको समस्या भएमा बाहेक किराँत राई समुदायका कलाकारहरु दयाहाङ राई, एलिसा राई, विल्सनबिक्रम राई (तक्मे बुढा) र उमेश राई (फुलन्देको आमा) पनि सम्मेलनको अन्य आकर्षण रहने कुरा कार्यक्रम संयोजक नरेश काङमाङ राईले बताए । नेपाल सहित विश्वका १७ देशहरुमा रहेको किरायाले यसअघि प्रथम अन्तरराष्ट्रिय सम्मेलन सन् २...

को हुन्– ब्राह्मण ?

Image
माघ २५, २०७६ बिनु पोखरेल झापाको माथिल्लो भाग चुरे क्षेत्रमा त्यसबेला पूर्वी पहाडबाट बसाइँ सरेर आएकाहरूले झोडा फाँडेर बसालेको बाक्लो बस्ती थियो । त्यो मलिलो भूभागमा राई, लिम्बु, दमाई, सार्की, बाहुन, क्षत्री सबै जात छ्यासमिस थिए । पहिल्यै आएकाहरूले जग्गा ओगटिसकेका थिए । पछि आएकाहरू पहिले आउनेका जग्गा कमाएर जीविकोपार्जन गर्थे । पहिल्यै आएर दसौँ बिघा जमिन ओगटेर बसेका एकजना सार्की बाको अढाई बिघा जग्गा अधियाँ गर्नुहुथ्यो, मेरो बा पनि । सार्की बाको जग्गामा फलेको कुरा लिएर उहाँका घरमा पुर्‍याउन आमाले प्रायः मलाई पठाउनुहुन्थ्यो । एक पटक नौरथा लागेको बेला बिहानै आमाले मलाई फलेका सब्जी बोकाएर पठाउनुभो । उनीहरूले म पुग्नासाथ देवी पुज्ने दिन बिहानै बाहुनी आइपुगिन् भनेर अग्लो ठाउँमा राखेर टीका लगाए, पूजा गरे, अनि उनीहरूकोमा फलेका कुरा दिएर पठाए । मैले सार्की बासँग हजुरकी नातिनीलाई पूजा नगरी मलाई किन गरेको भनेर सोधेँ । उनले तिमी बाहुनकी छोरी हौ, त्यसैले भने । मैले सोधेँ– तपाईँ किन बाहुन नभएको त ? उनले लामो जुँगा मुसार्दै मुसुमुसु हाँस्दै भने ब्राह्मण हुन धेरै कुरा पूरा गर्नुपर्छ । धेरै...

ठडियो दरबार हाइस्कूल, हरायो मजलिस घर

Image
राताे घेरामा मजलिस घर मिलन दाहाल काठमाडाैं २०७६ माघ २५ शनिबार १७:४५:०० 1.3k SHARES ठडियो दरबार हाइस्कूल, हरायो मजलिस घर  रानीपोखरीको छेवैमा राणा प्रधानमन्त्री वीर शमशेरले बिसं १९४८ मा जब संस्कृत पाठशाला (दरबार हाइस्कूलका लागि पनि) नयाँ भवन निर्माण गरे, त्यो भवनसँगै जोडेर दक्षिण कुनामा अर्को भवन पनि निर्माण गर्न लगाए । दुई स्कूलका लागि निर्माण गरिएको भवनको छेउमै त्यो अर्को भवनको नाम राखियो, मजलिस घर । वीर शमशेरको पालासम्म कतिपय सरकारी कामकाजमा उर्दु र फारसी भाषा प्रचलनमा रहेकाले सम्भवतः त्यसैको पठनपाठनका लागि मजलिस घरको निर्माण गरिएको थियो ।   १२ बैशाख ०७२ को भूकम्पले क्षतिग्रस्त नेपालको जेठो विद्यालयको रुपमा रहेको दरवार हाइस्कूल (भानु मावि)को भव्य भवन त निर्माण भइसकेको छ । तर, दरवार हाइस्कूल जत्तिकै पुरानो इतिहास रहेको ‘मजलिस घर’ को अस्तित्व भने नामेट हुन पुगेको छ ।   राताे घेरामा पहिला मजलिस घर भएकाे स्थान, हाल खाली छ । गौरवपूर्ण इतिहास  जंगबहादुरको पालामा बि सं १९१० मा थापाथली दरवारमा स...