लोक संस्कृतिको संरक्षण तथा प्रवद्धन गरिने -महाप्रवन्धक अशोक प्यासी राई

लोक संस्कृतिको संरक्षण तथा प्रवद्धन गरिने

कला |


2020-02-05-8249
गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २२ गते । सांस्कृतिक संस्थानले वार्षिक कार्ययोजना र रणनीति सार्वजनिक गरेको छ । संस्थानले बुधबार पत्रकार सम्मेलन गरी आगामी दिनमा गरिने कार्यक्रम सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, संस्थानले आयोजना गर्दै आएका नियमित कार्यक्रमहरु ‘राष्ट्रिय लोक नाटक महोत्सव’, ‘शास्त्रीय संगीत उत्सव तथा स्रष्टा सम्मान’, ‘अन्तरमावि नाटक प्रतियोगिता’, ‘अन्तरमावि नृत्य प्रतियोगिता’ लगायत कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
संस्थानका नवनियुक्त महाप्रवन्धक अशोक प्यासी राईले भावी कार्यक्रमबारे जानकारी दिदै भन्नुभयो, “सार्कस्तरीय सांस्कृतिक महोत्सव, लोपोन्मुख लोक संस्कृतीको खोज अनुसन्धान तथा प्रशिक्षण, नयाँ तथा पुराना नाटक नियमित मञ्चन गरिने छ ।”
उहाँका अनुसार, प्रदेशस्तरीय लोक सांस्कृतिक महोत्सव आयोजना गरिने, सांस्कृतिक संस्थानले दिदै आएको नृत्य, अभिनय, गायन तथा वादन विधाका प्रशिक्षणलाई समय सापेक्ष बनाउँदै सीटीईभीटीबाट मान्यता प्राप्त गर्न पहल गरिने भएको छ ।
महाप्रवन्धक राईले सांस्कृतिक संस्थान संगीन अवस्थाबाट गुज्रिरहेको चर्चा गर्दै भन्नुभयो,“अथाह सम्भावना र अवसर भए पनि त्यसको सदुपयोग र व्यवस्थापन हुन नसक्दा संस्थान यो अवस्थामा पुगेको हो ।” उहाँले संस्थानको भविष्य उज्ज्वल रहेको भन्दै मौलिकता झल्काउँदै आधुनिकतालाई समेत आत्मसात् गरेर संस्थानलाई समृद्ध बनाउन नयाँ सोच र योजना अगाडि बढाइएको बताउनुभयो ।
उहाँले नेपालसँग कूटनीतिकसम्बन्ध स्थापना भएका मुलुकमा नेपाली लोक संस्कृतिको प्रचार एवं प्रवद्र्धनका लागि सांस्कृतिक सहचारी नियुक्त गर्न सम्बन्धित निकायसँग पहल थालिने समेत बताउनुभयो । का
र्यक्रममा संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीले लोक संस्कृतिको संरक्षण प्रवद्र्धन गर्ने निकाय भएकाले सरकारले सांस्कृतिक संस्थानलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal