गढी वा किल्ला

 

प्राचीनकालमा शत्रु पक्षबाट सुरक्षाको लागि बनाइने वास्तुको नाम गढी वा किल्ला हो। यसलाई गढ, कोटदुर्ग पनि भनिन्छ। गढी मुख्यतया ढुङ्गा आदिको चौडा पर्खालले घेरिएको त्यो स्थान हो जसभित्र राजा, सरदार (दुर्गपति) र सेनाको सिपाही (दुर्गपाल) आदि बस्ने गर्छन्। नगर, सैनिक छाउनी र राजप्रासादहरूको सुरक्षाको लागि गढीको निर्माण परम्परा अति प्राचीन कालदेखि चलिआएको छ। मानवविकासको क्रममा राज्यको अवधारणाको जन्म भएपछि राजाहरूले दरबारलाई आन्तरिक सुरक्षा र बाह्य आक्रमणबाट सुरक्षाको लागि गढीहरूको निर्माण गर्न थालेको देखिन्छ।[१] आधुनिक युगमा युद्धको साधनहरू र रण-कौशलमा वृद्धि तथा परिवर्तन भइसकेको कारण गढीको महत्त्व समाप्त भइसकेको छ।

परिचय र इतिहास

विश्वका प्राचीन सभ्यताहरूमा किल्लाबन्दी गरी सहरहरू बसाउने परम्परा थियो।[२]सिन्धु घाटीको सभ्यतालाई नै हेर्दा त्यस समयको नगर संरचना पूर्ण रूपमै किल्लाअनुरुप बनेको प्रमाण भेटिन्छ। वैदिककालक ग्रन्थहरूमा किल्लाको अभिलेख भेटिन्छ। रामायणमा चार प्रकारको किल्लाको वर्णन गरिएको छ[३] भने महाभारतको शान्तिपर्वको ८५औँ अध्यायमा दुर्गबारे वर्णन गरिएको छ। त्यस बखतको हस्तिनापुर ठुलो दुर्ग रहेको थियो। मनुस्मृतिमा ६ प्रकारको दुर्गहरूको वर्णन गरिएको छ-

धन्वदुर्गं महीदुर्गम् अब्दुर्गं वार्क्षम् एव वा।
नृदुर्गं गिरिदुर्गं वा समाश्रित्य वसेत् पुरम् ॥
सर्वेण तु प्रयत्नेन गिरिदुर्गं समाश्रयेत्।
एषां हि बाहुगुण्येन गिरिदुर्गं विशिष्यते ॥

— (मनुस्मृति ७.७०–७१)


  1. धनुदुर्ग — जसको चारैतिर निर्जल प्रदेश होस्,
  2. महीदुर्ग — जसको चारैतिर टेढोमेढो जमीन होस्,
  3. जलदुर्ग (अब्दुर्ग) — जसको चारैतिर जल होस्,
  4. वृक्षदुर्ग — जसको चारैतिर घना वृक्ष होस्,
  5. नरदुर्ग — जसको चारैतिर सेना होस्, र
  6. गिरिदुर्ग — जसको चारैतिर पहाड होस् वा पहाडमाथि बनेको होस्।
  7. https://ne.wikipedia.org/wiki/%E0%A4%97%E0%A4%A2%E0%A5%80

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal