Skip to main content

‘पछि बनाएको भन्दा चलिआएको पुरानै लिपि प्रयोग गर्नु राम्रो’ : किरात लिपि अभियान्ता

 

392Shares
facebook sharing button Share
twitter sharing button Tweet
sharethis sharing button Share

२०३० सालदेखि किरात लिपि लेख्न थालेका तीर्थराज मुकारुङले पछि बनाएको लिपि भन्दा चलिआएको पुरानै लिपि प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

किरात समुदायले नवौँ शताब्दीमा थेबे थरका सिरिजङ्गा हाङले पुनरुत्थान तथा प्रचार गरेको भनिएकाे किरात लिपिलाई नै परिमार्जन गरी प्रयोग गर्दा राम्राे हुने उनको भनाइ छ ।

साल्पा अनलाइनसँग आफ्नाे किरात लिपि लेखनको सुरुवात तथा अनुभव सेयर गर्दै मुकारुङले सो कुरा बताएका हुन् ।

उनले भने, ‘पछि बनाएको लिपिहरु र चलिआएको लिपिमा धेरै अन्तर आउँछ । मूल रुप त्यसैलाई मान्ने, जुनजुन भाषालाई किरात लिपिले समेट्दैन, त्यसलाई भाषिक समुदायले छलफल गरेर, त्यसको स्वर व्यञ्जनहरुलाई मिलाएर प्रयोग गर्दा हुन्छ भन्ने मलाई लाग्छ ।’

लिम्बुहरुको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले २०४९ सालमा ‘किरात सिरिजङ्गा लिपि’ नामकरण गरेको किरात लिपिलाई नै नेपालको करिब तीन दर्जन किरात भाषाहरुको साझा लिपि बनाउने गरी हाल प्राज्ञिक छलफल सुरु गरिएको बेला मुकारुङले सो कुरा बताएका हुन् ।

उनले २०३० सालपछि किरात लिपि सिकेर अरुलाई पनि सिकाउने र प्रचार गर्ने काम गर्दै आएका छन् ।

https://salpaonline.com/news/4705/

https://www.youtube.com/watch?v=VSUHSYYzgJw&t=71s

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal