मातृभाषा तथा साहित्यिक पत्रकारिताको अवस्था विषयक अन्तरक्रिया सम्पन्न

सन्तबहादुर तामाङ

संवाददाता
 । काठमाडौं
नेपालका मातृभाषा तथा साहित्यिक पत्रकारिताको अवस्था विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।
बुधबार प्रेस काउन्सिल नेपालको विधागत पत्रकारिता विकास उपसमितिद्घारा आयोजित अन्तरक्रियामा कान्तिपुर दैनिकका उपसम्पादक एवं वाम्बुले भाषा लिब्जु–भुम्जु त्रैमासिकका सम्पादक गणेश वाम्बुले राईले कार्यपत्र प्रस्तुत गरेका थिए ।
राईले ‘नेपालका मातृभाषाका साहित्यिक पत्रपत्रिकाको वर्तमान अवस्था’ शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा मातृभाषाका पत्रपत्रिकाहरु पछिल्लो अवस्थामा राज्यको बागडोर सम्हालेका निकायहरु मौन रहनाले सम्बन्धित मातृभाषा, साहित्य, कला, संस्कृति, लिपि, गौरवमय इतिहासप्रति गर्व गर्नको साटो हीनताबोध गर्दै पहिचानको शिर निहुरिदै गएको स्थिति आएको बताएका छन् ।
नेपालमा बोलिने सबै भाषा नेपाली भाषा हुन् । खस नेपालीमात्र नेपाली हो भनेर बुझ्नाले विभेदको पर्खाल सधै चुलिरहेको छ । संविधानले नेपालमा आदिकालदेखि बोलिएका सबै भाषा राष्ट्रभाषा भनिसकेपछि राष्ट्रभाषाको श्रीबृद्विमा आवशयक पहलकदमी सरकारले गर्न जरुरी रहेको वाम्बुले राईले कार्यपत्रमा भनिएको छ ।

यसैगरी संघ, प्रदेश र स्थानीय सरकारले मातृभाषा संरक्षणका निम्ति भाषाको वक्ता संख्या, क्षेत्र, भाषाको स्थितिअनुसार बर्गीकरण गरेर जीवित राख्नको निम्ति उत्तम नीति र व्यवहार लागु गर्न जरुरी छ, राईले भने ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली पत्रकारिताले ठुलै फड्को मारेको छ । मातृभाषा पत्रपत्रिकामा पनि बाढी नै आयो तर थिग्रिदा शुन्य रहेको छ, राईले भने, ‘मातृभाषाका निम्ति भनेर प्रकाशन भएका कुनै पनि पत्रपत्रिका निरन्तरता छैन । खुल्ने, बन्द हुुने यस्तै छ ।’
उनले छारगोङ्मा मासिक पत्रिकाको उदाहरण दिदै १४ बर्षपछि बन्द गर्न परेको प्रकाशकको भनाई उदृत गरेका छन् । यस्तै निरन्तर १९ वर्षसम्म तामाङ डाजाङले फड्को मारेको उदाहरण पनि कार्यपत्रमा पेश गरेका छन् ।
कार्यपत्रमाथि बरिष्ठ पत्रकार कुमार यात्रु र बरिष्ठ कवि भूपाल राईले टिप्पणी गरेका थिए । टिप्पणीको क्रममा मातृभाषा लोप हुनु राज्यको नीति कमजोरी रहेको उल्लेख गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालले स्वागत गर्दै विगतमा एउटै डालोमा हालेर संपरीक्षण गरिने प्रवृत्तिको अन्त्य गरेर अहिले मातृभाषा तथा नेपाली साहित्यिक पत्रिकालाई सहजता बनाएको उल्लेख गरे ।
कार्यक्रममा काउन्सिलका सदस्य एवं समितिका संयोजक चेतनाथ धमलाले काउन्सिलले मातृभाषा तथा साहित्यिक पत्रपत्रिकालाई सबैको सल्लाह सुझाव अनुसार सहजता बनाउदै अगाडि बढ्ने बताए ।
कार्यक्रमको सहजीकरण काउन्सिलका अधिकृत रहमतुल्ला मियाँले गरेका थिए ।

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal