विदेश जाने विद्यार्थी वर्षेनि बढेको बढ्यै


‘नेपालका विश्वविद्यालय काम नलाग्ने भए त ?’
गणेश राई
काठमाडौँ — विदेश पढ्न जाने विद्यार्थीको संख्या हरेक वर्ष बढेको तथ्यांकले देखाएको छ । शिक्षा मन्त्रालयले विदेश अध्ययनका निम्ति दिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनेको संख्याले पुष्टि गरेको हो । विगत आठ आर्थिक वर्षमा एनओसी लिनेको संख्या दोब्बरले बढेको छ । 

आर्थिक वर्ष २०७५/७६ मा ६३ हजार २ सय ५९ जनाले एनओसी लिएका छन् भने २०६८/६९ मा १० हजार ३ सय २४ जनाले लिएका थिए। ‘उच्च शिक्षाका निम्त यो किसिमले विदेश जाने हो भने, ‘नेपालका विश्वविद्यालय काम नलाग्ने भए त?,’ शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटाले परामर्शदातामाझ भने, ‘तपाईहरूले पनि जस्तोसुकै कलेज र युनिभर्सिटीमा विषय अमिल्दो किसिमले परामर्श दिनुहुन्छ भन्ने छ। त्यसैले अबको बाटो तय हुनुपर्छ।’

मन्त्रालयअन्तर्गत वैदेशिक अध्ययन शाखाले बुधबार केशरमहलमा सरोकार पक्षसहित गरेको अन्तरक्रियामा उक्त विचार व्यक्त गरेका हुन्। मन्त्रालयले सहसचिव सापकोटाको संयोजकत्वमा विदेश अध्ययन समस्यालाई सहज, सरल बनाउन कार्यदल निर्माण गरेको छ। शिक्षा ऐनअनुसार कक्षा १२ सम्म विद्यालय तह कायम छ। मन्त्रालयले कक्षा १२ पछिमात्र विदेश अध्ययनका निम्ति एनओसी दिन मिल्ने नीति अघि बढाएपछि मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। वैदेशिक अध्ययन शाखाका उपसचिव महेश्वर शर्माका अनुसार यसअघि विद्यालय तह अध्ययनका निम्तिसमेत एनओसी लिने गरेका थिए।
आर्थिक वर्ष र एनओसी लिएका विद्यार्थी संख्या
०६७/६८११९८२
०६८/६९ १०३२४
०६९/७० १६५०४
०७०/७१२८१२६
०७१/७२३०६९६
०७२/७३३२४८९
०७३/७४५०६५९
०७४/७५५८७५८
०७५/७६६३२५९

नक्कली प्रमाणपत्र धारी फरार
नेपालबाट एउटा विषयमा अध्ययन गर्न एनओसी लिएर विदेश जानेहरू फर्किंदा अर्कै विषयका डिग्री लिने गरेको पाइएको छ। समकक्षताका निम्ति आवेदन दिने कतिपयले नक्कली प्रमाणपत्र पेस गर्ने गरेको अधिकारीले बताएका छन्।

नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. दिलिप शर्माले एउटा विषयको एनओसी लिएर अर्कै विषयमा डिग्री लिने समस्या बढेको बताए। ‘काउन्सिल पास गर्न कम्तीमा हजार पूर्णाङ्कमा ५ प्रतिशत हुनुपर्छ,’ पाठ्यक्रम समकक्षता टड्कारो समस्या रहेको उल्लेख गर्दै अन्तर्क्रियामा शर्माले भने, ‘एक विद्यार्थीले काउन्सिलको परीक्षामा सामेल हुन पुतलीसडकमा बनेको नक्कली सर्टिफिकेट पेस गर्‍यो। परीक्षा पास गर्‍यो। तर, अन्तिममा ५ सयभन्दा कम अंकको सर्टिफिकेट बुझायो। काउन्सिलले उसलाई कारबाही प्रक्रिया अघि बढाएपछि फरार भयो। यसरी युवाको भविष्य अन्धकारतर्फ धकेलिने गरेको छ।’

त्रिभुवन विश्वविद्यालयले बंगलादेश, फिलिपिन्सका केही कलेजलाई कालोसूचीमा राखेको जनाइएको छ। त्यसैगरी चीनमा एमबीबीएस पढेकाहरूको क्रेडिट आवर नपुग्ने समस्या जटिल बनेको बताए। ‘चीन विकसित मुलुक हो तर मेडिकल शिक्षा नेपालको भन्दा कमजोर छ,’ रजिस्ट्रार शर्माले भने, ‘चीनको डिग्री विश्वमा राम्रो मानिएला तर नेपालसँग मिलेको छैन।’

विद्यार्थीले विदेश पढ्न जानुअघि नै गम्भीर ढंगले सम्बन्धित मुलुक र नेपालबीच समन्वय तथा समकक्षताको व्यवस्था रहे/नरहेको, पढ्न चाहेको विषय, पाठ्यक्रम समकक्षताबारे बुझ्न जरुरी रहेको सुझाइएको छ। नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का उपाध्यक्ष राजेन्द्र रिजालले २१औं शताब्दीको सूचना तथा प्रविधि अनुकूल सरकार स्पष्ट नीति लिनु पर्ने बताए। ‘सरकारबाट अनुमति लिएर हामीले व्यवसाय गरेका हौं,’ उनले भने, ‘नक्कली काममा संलग्नलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ।’प्रकाशित : श्रावण ८, २०७६ १६:३५https://www.kantipurdaily.com/news/2019/07/24/156396540710363922.htm
l

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal