सन् १९५१ को अप्रिल महिना । कलकत्ताबाट म ‘प्रभात’ नामको मासिक पत्रिका निकाल्ने तयारीमा थिएँ । ‘प्रभात’मा प्रकाशन गर्न एउटा कविता पठाउन मैले कवि सिद्धिचरण श्रेष्ठलाई चिठी लेखेको थिएँ । उनले मेरो अनुरोध सहृदयताका साथ स्विकारे र ‘प्रभात’ शीर्षकमै एउटा कविता पठाए । उनले आफ्नो शुभकामना र आशीर्वादसहित त्यो कविता पठाएका थिए । उनको त्यो कविताले मलाई निकै खुसी र उत्साहित बनाएको थियो, किनभने उनी मेरा प्रिय कवि थिए । ‘प्रभात’का निम्ति उनको आशीर्वाद समयमै प्राप्त भयो र कवितामा उनले यसप्रकार आफ्नो भावना व्यक्त गरेका थिएः ‘प्रभात रे, प्रभात रे, नवीन ज्योति खुल्छ रे,शताब्दीदेखि मुर्छित, अचेतन प्राण उठ्छ रे ।’
उनी निकै प्रतिभाशाली कवि भएको कुरा मलाई थाहा थियो । तर, उनको बहुमुखी प्रतिभाबारे मलाई सूर्यविक्रम ज्ञवालीको लेख ‘नेपालका दुई तारा’ पढेपछि अझ बढी थाहा भयो । त्यो लेखमा ज्ञवालीले नेपालका दुई कवि लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरणलाई ‘नेपालका दुई तारा’ भनेका थिए । वास्तवमा दार्जिलिङमा बस्ने कसैले यस्तो विषयमा लेखेको त्यो नै पहिलो लेख थियो । त्यतिवेला नेपाली कवि र तिनका साहित्यिक कृतिबारे समालोचना लेख्नु बिरलाकोटी थियो । त्यसो हुनुको कारण अज्ञानता पनि हुन सक्थ्यो । अथवा तानाशाही राणा शासनको डरले पनि हुन सक्थ्यो ।
किनभने त्यतिवेला राणा अथवा तिनका परिवारको उल्लेख र प्रशंसा नगरी केही लेख्नुलाई निको मानिन्नथ्यो । त्यस्तो परिस्थितिमा हामीले ती दुईजना कविका प्रतिभाको प्रशंसा गरेर लेखिएको लेख पहिलोपटक पढेका थियौँ । नेपालजस्तो सानो देशमा पनि केही प्रतिभाशाली र ज्यादै बहुमुखी मानिस बस्दा रहेछन् भन्ने हामीलाई लागेको थियो ।
यो लेख सिद्धिचरण श्रेष्ठका कृतिमा मात्र केन्द्रित भएकाले यसमा म उनकै बारेमा मात्र चर्चा गर्नेछु । मैले माथि नै भनिसकेको छु, सूर्यविक्रम ज्ञवालीको लेख पढेपछि मात्र हामीले सिद्धिचरणको प्रतिभाबारे थाहा पाएका थियौँ । उनले आफ्नो जन्मथलो ओखलढुंगाबारे लेखेको कविता पनि हामीले ज्ञवालीबाटै थाहा पाएका थियौँ । अलि उमेर भएपछि त्यो कविता पढ्दा छुट्टै मज्जा आएको थियो । अघिभन्दा त्यसले गहिरो गरी संवेदित बनाएको थियो । कविज्यूले हामीलाई छाडेको यो नै दीर्घजीवी हर्ष हो । यो सीमाहीन छ ।
सूर्यविक्रम ज्ञवालीले ‘ओखलढुंगा’ कवितामा कविको दिमागमा कसरी बाल्यकालीन सम्झना सवार भएको छ भनी लेखेका छन् । बालक सिद्धिचरण आफू खेलेको, हिँडेको, नाचेको र वन–जंगल घुमेको ओखलढुंगालाई प्रेम व्यक्त गरेका छन् । हुर्केर काठमाडौं आएपछि उनका ती सबै बाल्यकालीन समयको सम्झना मनमा खेलिरह्यो : ‘तिम्रै सुन्दर हरियालीमा तिम्रै शीतल वक्षस्थलमा, यो कविको शैशवकाल बित्यो, हा“स्यो खेल्यो वनकुञ्ज घुम्यो मेरो प्यारो ओखलढुंगा ।’
कवि सिद्धिचरणजीले यो कविता सन् १९३५ मा लेखेका थिए । त्यतिवेला उनी २२ वर्षका मात्र थिए । म त सानो केटो थिएँ । समयक्रममा म दार्जिलिङको एउटा सरकारी माध्यमिक विद्यालयमा पढ्न गएँ । सन् १९३९ मा म कलकत्तामा छवर्षे कोर्स पढ्न सरकारी कला र शिल्प कलेजमा भर्ना भएँ । उच्च विशिष्टतासहित मैले सन् १९४४ मा कलेजको पढाइसकेँ । त्यसपछि सन् १९४७ मा म कलकत्तास्थित ब्रिटिस एडभरटाइजिङ एजेन्सी, डिजी केमरमा भर्ना भएँ । सन् १९४८–१९५१ बीच मैले तीनवटा उपन्यास लेखे । सन् १९५१ बाट मैले ‘प्रभात’ नामको नेपाली मासिक पत्रिका प्रकाशन थालेँ । त्यो पत्रिकाबारे मैले लेखको सुरुमै चर्चा गरिसकेको छु ।
सन् १९५२ मा उच्च शिक्षाका लागि पेरिसको इकोल डेस ब्युक्स आर्टस्मा गएँ । त्यहाँ मेरो भेट मेरी भावी पत्नी मानुसँग भेट भयो । पेरिसमै हाम्रो विवाह भयो । पेरिसमा मेरो पढाइ सकाएर म सन् १९५८ मा लन्डन गएँ । सन् १९६० मा त्यहाँ मेरो भेट श्री ५ महेन्द्रसँग भयो । भेटमा उनले मलाई नेपालमा आई देशको सेवा गर्न हार्दिकतापूर्वक आग्रह गरे । सन् १९६१ को मार्चमा म नेपाल आएँ । नेपालमा म मेरा मित्र नारायणप्रसाद बाँस्कोटासँग बस्थेँ । उनै बाँस्कोटाले मेरो आग्रहमा मलाई सिद्धिचरणजीको घरमा लिएर गएका थिए ।
कविज्यू लिखुरे र दुब्ला थिए, तर निकै रमाइला र असल थिए । उनले मलाई मेरो हात समातेर बस्न लगाए । अनि आफ्नी श्रीमती र परिवारसँग परिचय गराए । त्यसपछि हामीबीच सामान्य कुराकानी भयो । यिनै कवि हुन् जो मलाई सधैँ प्यारो लाग्छ र म जसको निकट हुन चाहिरहेँ, यसप्रकार म सिद्धिचरणजी र उनको परिवारसँग नजिक भएँ । सन् १९६१ को मे महिनामा मलाई राजा महेन्द्रले शाह नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य पदमा मनोनीत गरे । दिवंगत बालचन्द्र शर्मा उपकुलपति र श्री ५ स्वयं कुलपति थिए । प्रज्ञा प्रतिष्ठानमा हामी नौजना सदस्य थियौँ । म सबभन्दा कान्छो थिएँ । प्रज्ञा प्रतिष्ठानको सदस्य बन्नु मेरो अहोभाग्य भएको मैले महसुस गरेँ ।
लक्ष्मीप्रसाद देवकोटाको अघिल्लो वर्ष मात्र निधन भएको थियो र म उनकै ठाउँमा मनोनीत भएको थिएँ । बालचन्द्र शर्मालाई मैले कलकत्तामै चिनेको थिएँ । त्यतिवेला उनी ‘नेपालको ऐतिहासिक रूपरेखा’ नामको पुस्तक लेख्दै थिए । उनको पुस्तकका लागि केही चित्रको खाँचो परेको थियो । त्यसका निम्ति उनले बनारसबाट मलाई अनुरोध पठाएका थिए । त्यही नाताले हामी एक–अर्कासँग मैत्रीपूर्ण बनेका थियौँ । बालकृष्ण समलाई पनि म कलकत्ता बस्दैदेखि चिन्थेँ ।
कलकत्तामै समलाई मैले तीनपटक भेटेको थिएँ । उनी मलाई निकै रुचाउँथे । उनले ममा के देखेका थिए कुन्नि ? म पेरिस हिँड्ने तरखरमा लाग्दै गर्दा सन् १९५२ को जनवरी महिनामा पनि मैले उनलाई दार्जिलिङमा भेटेको थिएँ । चन्द्रमान मास्के, केशव दुवाडी र अमर चित्रकार(सबैजनाको निधन भइसकेको छ) लगायत नेपाली कलाकारको समूहसहित उनी दार्जिलिङ भ्रमणमा आएका थिए ।
गोर्खा दुःख निवारणको हलमा सूर्यविक्रम ज्ञवालीले उनीहरूको सम्मानमा कार्यक्रम आयोजना गरेका थिए । बंगालका गभर्नर डा. काट्जूले स्वागत गरेका थिए । हल पूरै भरिभराउ थियो । नेपाली कलाकारको सम्मानमा आयोजित कार्यक्रममा त्यसअघि कहिले पनि मैले त्यति धेरै मानिस देखेको थिइनँ । समयान्तरमा मैले ‘कविज्यू’ भनेर सम्बोधन गर्ने सिद्धिचरणजीले मलाई आफ्नै भाइले नयाँ ठाउँ र नयाँ पदमा जिम्मेवारी पाएजस्तो गरी विभिन्न तरिकाले सल्लाह–सुझाब दिइरहे ।
त्यो बिहान सिद्धिचरणजी सखारै उठे र पहाडको तल–माथि कविताका श्लोक गाउँदै हिँडे । कठ्याग्रिँदो चिसो भएकाले उनले न्यानो ओभरकोट लगाएका थिए । मैले पनि मेरो पुरानो ओभरकोट लगाएँ र उनकै पछि लागेँ ।
त्यही वर्ष अर्थात् सन् १९६१ को नोभेम्बरमा सिद्धिचरणजी र मैले राजा महेन्द्रलाई एउटा सानो बिन्तीपत्र लेख्ने निर्णय ग-यौँ । नेपालका हामी दुई कवि र कलाकार देशकै केही सुन्दर ठाउँजस्तै ककनीको भ्रमण गरी केही कविता लेख्न र चित्रकारीमा केही समय बिताउन चाहेको र सरकारबाट सानो रकमको बन्दोबस्त गरे ज्यादै आभारी हुने कुरा सो बिन्तीपत्रमा लेख्यौँ । हाम्रो बिन्तीपत्रको सुनुवाइ भयो । हामी सन् १९६१ को नोभेम्बर २७ मा भ्रमणका लागि निस्कने निधो भयो । सहयोगका लागि मैले मेरा सिकर्मी बेखारत्न र सिद्धिचरणजीले गेहेन्द्रमान अमात्यलाई साथै लग्यौँ ।
हामीले एउटा जिप भाडामा लियौँ र ककनीका लागि हाम्रो यात्रा आरम्भ भयो । ककनी काठमाडौं उपत्यकाबाट झन्डै ३० किलोमिटर उत्तरतिर पर्दछ । ‘ककनी डाँडाको टुप्पोबाट गणेश हिमाल र हिमालचुली निकै मनमोहक देखिन्छ ।’, त्यहाँ पुगेका मानिसले हामीलाई सुनाएका थिए । जब हामी काबुलीस्थान भन्ने ठाउँमा पुग्यौँ, त्यहाँबाट गणेश हिमालको एक छेउदेखि अर्को छेउसम्मको पूरै दृश्य देख्यौँ । त्यो दृश्य वास्तवमै मनमोहक थियो ।
काठमाडाैं उपत्यकाभन्दा पर हामी त्यो ठाउँमा उभिएर केही समय त्यो दृश्य हेरी बस्यौँ । कसरी गहिरो लाङटाङ उपत्यका विस्तारै उठेको थियो, त्रिशूली नदी तलतलतिर बगेको थियो र गणेश हिमालको उचाइ नछुँदासम्म उपत्यकाका धेरै पहाडका तरेली बनेका थिए ।
हामी चढेको जिपलाई काबुलीस्थानबाट फर्कायौँ किनभने, त्यहाँबाट बाटो कच्ची थियो । कच्ची बाटो बिस्तारै हिँड्दै–हिँड्दै हामीलाई ककनी पुग्नु थियो । आजभोलिजस्तो ती दिनमा त्यहाँको बाटोमा गाडी चल्दैथ्यो । ककनीमा हामी झन्डै दिउँसो २ः०० बजेतिर पुग्यौँ । त्यहाँ हामीले धेरै वर्षअघि बेलायतले बनाएको सेतो बंगला देख्यौँ । बंगला वरपरका अग्ला–अग्ला सल्लाका रूखले छोपिएको थियो । ती सल्लाका रूख पनि बेलायतीले नै रोपेको हुनुपर्छ ।
नजिकै अर्को एउटा सानो घर पनि थियो । हामीलाई लाग्यो– त्यो घर बंगलामा काम गर्नेहरूका निम्ति बनाइएको हुनुपर्छ । सेतो बंगला बन्द भएकाले हामीले त्यही घरमा बस्ने निधो ग-यौँ । हामीले आफूलाई चाहिने सबै बन्दोबस्तीका सामान आफैँले बोकेका थियौँ । खाना पकाउन अथवा राति आगो बाल्न वरपर मनग्ये दाउरा थियो । पानीको पनि कुनै समस्या थिएन । नजिकैको सानो खोल्साबाट आएको ककनीको पानीले नै हामीले पकाएको खाना ज्यादै स्वादिलो र मीठो बनाएको थियो । ककनीमा खाएजस्तो त्यस्तो मीठो खाना त आजसम्म मैले जीवनमा कहिल्यै खाएको थिइनँ ।
त्यो साँझ हामी सूर्यास्त हेरिबसेका थियौँ । सूर्यास्त सधैँ सुन्दर, मोहक र अझ केही मात्रामा सुरम्य पनि हुने गर्छ । सिद्धिचरणजी र म पहाडको टुप्पोमा उभिएर बिस्तारै डुब्दै गरेको सूर्य हेरिरहेका थियौँ । डुब्दो सूर्यको अन्तिम तेज ज्यादै सुन्दर थियो । हामी एकटक हेरिरह्यौँ । डुब्दो सूर्यको अन्तिम सुनौलो किरण अन्ततः बिलिन नभएसम्म हामी हेरिबस्यौँ । तत्पश्चात् सबै कुराको अन्त्य भयो, जीवनहीन बने ।
हामी दुवैजना त्यहीँ उभिएर प्रकृतिको नाट्य हेरिरह्यौँ । एक–अर्कालाई एक शब्द पनि बोलेनौँ । अर्को बिहान सिद्धिचरणजी सखारै उठे र पहाडको तल–माथि कविताका श्लोक गाउँदै हिँडे । कठ्यांग्रिँदो चिसो र जाडो भएकाले उनले न्यानो ओभरकोट लगाएका थिए । मैले पनि मेरो पुरानो ओभरकोट लगाएँ र उनकै पछि लागेँ ।
अझै अँध्यारो नै थियो, तर चाँडै पूर्वी आकाशमा लालिमा र पहेँलो प्रकाश फिँजारिएको देखियो । शिखरको चुचुरोमा घामको सुनौलो प्रकाशको पहिलो किरणको स्पर्श हिमाललाई पहिलो चुम्बनजस्तै थियो । त्यो दृश्य यति सुन्दर र यति नाटकीय थियो– चाँडै नै सूर्यको प्रकाश उज्यालो बन्दै गयो, र त्यो तेज हामीले हेरिरहन सकेनौँ । सूर्योदय सूर्यास्तजस्तै लामो हुने रहेनछ ।
हामी हरेक दिन सूर्योदय र सूर्यास्तको दृश्य हेथ्र्यौँ । दिउँसोतिर सिद्धिचरणजी वरपरका गाउँ पस्थे, गाउँलेहरूसँग कुराकानी गर्थे, गाउँलेलाई तिनका परिवारबारे सोधपुछ गर्थे, कसरी उनीहरूले खेतीपाती गर्छन् आदिबारे गफगाफ गर्थे । कहिलेकाहीँ भने उनी लगभग पूरै दिन वा हिउँदे न्यानो घाममा घाम ताप्दै कविता लेखेरै दिन बिताउँथे ।
म भने सूर्योदय र सूर्यास्त हेर्थेँ र रङको विविधताबारे अध्ययन गरिरहन्थेँ । सूर्योदयको रङ गाढा, प्रस्ट र छोटो अवधिका लागि मात्र हुने गर्छ । सूर्यास्तको रङ मधुरो र धिमा हुने गर्छ । साँझपख सूर्यको चमक नरम हुने गर्छ । तर, छोटो समयमा ती सबै रङबाट चित्रकारिता गर्न कसरी सम्भव हुन सक्छ ? समस्या त्यही थियो । उदाहरणका लागि, बिहान म रङ र क्यानभाससहित तयारी अवस्थामा हुन्थेँ । जब सूर्यको सुनौलो र पहेँलो रङ पूर्वी आकाशमा पूरै फिँजारिन्छ, म रङ मिसाउन सुरु गर्छु । तर, जब मेरो रङ क्यानभासमा पोतिन तयारी हुन्छ, आकाशको रङ बदलिसकेको हुन्छ ।
फेरि म हतार–हतार अर्को रङ मिसाउनतिर लाग्छु, रङ तयार हुन्जेलसम्म आकाशको रङ अर्को भइसक्छ । त्यही भएर प्रकृतिका ती रङ पोत्न निकै कठिन भएको थियो । सूर्यास्तको रङ पोत्न पनि यस्तै समस्या भएको थियो । हरेक दिनको मेरो प्रयास व्यर्थ जान्थ्यो । त्यसकारण, केही दिनपछि म भूमिचित्र कोर्नतिर तल्लिन भएँ । सूर्योदयको बिहानी र सूर्यास्तको सन्ध्याकालमा जस्तो दिउँसोको समयमा कुनै समस्या हुँदैनथ्यो । त्यसैवेला मैले सिद्धिचरणजीको व्यक्तिचित्र पनि कोर्न थालेँ ।
ककनी बसाइको पाँचौँ र छैटौँ दिन हामीलाई भेट्न मेरी श्रीमती मनु र कविज्यूकी जेठी छोरी मधुकारी त्यहाँ आइपुगे । आफ्नो परिवार देख्दा हामी दुवैजना दंग थियौँ । उनीहरू त्यहाँ बसिराखेनन् । अर्कोपल्ट राति पनि बस्ने गरी आउने वाचासहित उनीहरू त्यहाँबाट फर्के । ककनी बसाइको अन्तिमतिर उनीहरू फेरि हामीलाई भेट्न आए । मेरी श्रीमती मनु कविज्यूका छोरीहरू मधुकारी र किरणसँग त्यहाँ आए ।
उनीहरूसँग फेरि भेट्न पाउँदा हामी खुसी भयौँ । उनीहरूलाई हामीले नयाँ ठाउँमा घुमाउन लग्यौँ । कृषि विभागले त्यो ठाउँमा स्याउ र आरुको परीक्षण गर्न बगैँचा बनाएको थियो । उनीहरूलाई हामीले वरपर गाईबस्तु पालेर पुरानै शैलीको जीवनयापन गर्ने गाउँ घुमाउन लग्यौँ । गाउँलेहरू सेता मूला उमार्थे । कुनै–कुनै मूला त तीन–चार फिट लामा मूला थिए । देख्दा हामी चकित परेका थियौँ ।
अर्को दिन उनीहरू काठमाडाैंका लागि ककनीबाट फर्किए । काबुलीस्थानसम्म उनीहरूलाई पु¥याउन हामी पनि झ-यौँ । उनीहरू त्रिशूलीबाट अन्तिम गाडीमा काठमाडौ फर्के । उनीहरू फर्कँदा कुन्नि किन हो, मेरो मन उदास भयो । ककनीमा हाम्रो बसाइ छोटिँदै थियो । सूर्योदय र सूर्यास्तको कसरी चित्र बनाउने समस्या भने ज्यूँका त्यूँ रह्यो । त्यति छोटो समयमा कसरी त्यो क्षणको चित्र उतार्ने होला । त्यत्तिकैमा मेरो दिमागमा एउटा नयाँ जुक्ति फु-यो । दिनभरि लगाएर मैले गणेश हिमालको चित्र विस्तृत रूपमा बनाएँ ।
अनि सूर्य अस्ताउने समयमा सूर्यास्त हेर्दै मैले दिउँसो बनाएको चित्रमा कुन ठाउँमा कस्तो रङ पोत्ने हो, सिसाकलमले लेखेँ । सूर्य डुब्नुअघि नै मैले यो काम छिटछिटो सकाएँ । पछि रङको स्मरण र सिसाकमलको संकेतअनुसार मैले चित्रको हरेक कुना बिस्तारै रंगाएँ । अनि अन्ततः यसप्रकार मैले सूर्यास्तको चित्र बनाएँ । सूर्योदयको चित्र बनाउँदा पनि मैले यही तरिका अपनाएँ । पछि सूर्याेदय वा सूर्यास्तको कुनै चित्र बनाउँदा मैले यही तरिका प्रयोग गर्न थालेँ । त्यसमा म सफल भएँ ।
त्यसैक्रममा मैले सिद्धिचरणजीको व्यक्तिचित्र पनि बनाउन सकाएँ । त्यसमा मैले मेरो हस्ताक्षर गरेँ र मुन्तिर मिति लेखेँ, ४–१२–६१ । त्यो चित्र हाम्रो ककनी बसाइको सम्झनाको चिनो थियो । आजभोलि त्यो चित्र कविजीका सुपुत्र रविकिरण श्रेष्ठसँग छ । सन् १९६१ को डिसेम्बर ६ मा हामी ककनीबाट फर्कियौँ । त्रिशूलीमा एक घन्टाजति गाडी कुर्नुप-यो । अर्को कुनै विकल्प पनि थिएन । त्रिशूलीको गाडी ढिला मात्र आइपुग्यो । ककनीलाई हामीले बिदावारी ग-यौँ । काबुलीस्थानलाई साँझ बिदाको हात हल्लायौँ ।
ककनीमा यसप्रकार हामीले एकसाथ एघार दिन बितायौँ । हामीले हाम्रो समय र दिन निकै सुन्दर तरिकाले बितायौँ । आज यी महान् कवि हामीमाझ छैनन् । उनीसँगका मीठा सम्झना हामी सम्झिरहन्छौँ । उनी महान् मानवीय विशेषतासहितका मानिस थिए । उनका गरिब र विपन्नप्रति प्रेम, साहित्यप्रतिको समर्पण, स्वतन्त्रता र प्रजातन्त्रप्रतिको प्रेम सदासर्वदा महान् रहनेछन् । नेपालमा महान् जनताबीच उनी एकजना अग्ला मानिस थिए । म १५ वर्षको सानो केटो हुँदा उनका कविता मलाई निकै मनपरेका थिए ।
राणाशासनको विरोध गरेको भन्दै कवि सिद्धिचरण श्रेष्ठलाई १८ वर्ष जेलमा कोचियो । जेलमा उनको भेट गंगालाल, गणेशमान सिंह, केदारमान व्यथितजस्ता व्यक्तिसँग भयो । कविज्यूले उनीहरूलाई कविता लेख्न सिकाए, किनभने उनी न्याय र स्वतन्त्र भावनाका ज्ञाता थिए । यी भावना उनको जीवनकै अन्योन्याश्रित भावना रहे । हाम्रा पुस्ताका क्रान्तिकारी कविका रूपमा मात्र नभई यो शताब्दीकै महान् कविका रूपमा उनको निधन भयो ।
(नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्रकाशन जर्नल अफ नेपाली लिटरेचर, आर्ट एन्ड कल्चरको भोल्युम ४, नम्बर १, सन् २००१ मा प्रकाशित ‘द मेमोरी अफ लेट पोइट सिद्धिचरण श्रेष्ठ’को नेपाली अनुवाद । सो जर्नलको प्रधानसम्पादक चित्तरञ्जन नेपाली हुनुहुन्थ्यो । सम्पादकमण्डलमा रामदयाल राकेश, माधवलाल कर्माचार्य र सनत रेग्मी हुनुहुन्थ्यो भने तीर्थराज तुलाधर अतिथि सम्पादक हुनुहुन्थ्यो । लेखमा समावेश सिद्धिचरण श्रेष्ठका कविता नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले ०४५ सालमा पहिलोपटक प्रकाशित सिद्धिचरणका प्रतिनिधि कविताबाट लिइएको हो ।) नेपाली अनुवाद : नीरज लवजू
ऐतिहासिक गढीहरु अतिक्रमण तत्काल हटाउँछौं : पुरातत्व विभाग् - गणेश राई , अाेखलढुंगा असार ११, २०७३- हाल संघीय प्रदेश–१ मा परेको ओखलढुंगा जिल्ला सन् १७५६ तिर काठमाडौं उपत्यकाका राज्यहरुमाथि कब्जा गर्नु अगाडि नै पृथ्वीनारायण शाहको अधिनमा आएको ‘मेचीदेखि महाकाली भाग–१’ पुस्तकमा उल्लेख छ । उक्त पुस्तकमा ओखलढुंगाको आठवटा थुमहरु बुङनाम, तलुवा, च्यानाम, सोलु, तिल्पुङ, चिसंखु, चुप्लु र चौरास उल्लेख गरिएका छन् । गोरखाली फौजको आक्रमण र पराजयपछि छाडिएका ती थुम, गढी, दुर्गहरुमा देवीस्थापना गरी सामूहिक पूजास्थलका रुपमा विकास गरिएका पाइएका छन् । ०७ सालअघिसम्म यी कोटघरहरुमा दशैको बेला मौलो लगाउने चलन थियो । अहिले पनि स्थानीयले दशैको बेला पूजा गर्ने गरेका छन् । इतिहासविद् ज्ञानमणि नेपालका अनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि काठमाडौं उपत्यकापूर्वतर्फ किराती शासकहरुको ससाना राज्यहरु थिए । ऐकीकरणपछि प्रमुख ऐतिहासिक गढीहरुमध्ये केहीको अध्ययन, अनुसन्धान भएको तर सबैको हुन नसकेको बताए । ‘त्यस बेलाका राजाले सैनिक पाल्दैनथे,’ इतिहासविद् नेपालले भने, ‘लडाइँका न...
स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट नेपालको भाषा आधिकारिक भाषा हरु नेपाली (गोर्खाली) [१] क्षेत्रीय भाषा हरु सम्मिलित मैथिली , नेपाल भाषा (नेवारी), थारु , गुरूङ , तामाङ , मगर , शेर्पा , किराँती , भोजपुरी तथा अन्य भाषाहरु सांकेतिक भाषा हरु नेपाली सांकेतिक भाषा झानकोट सांकेतिक भाषा , जुम्ला सांकेतिक भाषा , घान्द्रुक सांकेतिक भाषा बि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १२३ भाषाहरु मातृभाषा (पहिलो भाषा)को रुपमा बोल्ने गरिन्छ । [२] अधिकांशरुपमा नेपालमा भारोपेली तथा चीनीया-तिब्बती भाषा परिवारका भाषा बोल्ने गरिन्छ । नेपालको सरकारी कामकाजको भाषालाई नेपाली हो जसलाई विगतमा गोर्खाली वा खसकुरा भन्ने गरिन्थ्यो । बि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार, मातृभाषाका रूपमा नेपाली भाषा बोल्ने भाषीको प्रतिशत ३४.३६% रहेको छ भने बैतडेली भासा बोल्ने संख्या ४९.५६ छ।। [३] नेपाल सानो देश भए पनि यहाँ धेरै विविधता छ । यहाँ धेरै जात-जाती, समुदाय, धर्मका मानिषहरू बसोबास गर्छन । सबै सम...
Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal The basic principle of census is to ensure that no one is left and no one is repeated Kamal Dev Bhattarai published on 2020-09-23 19:09:00 Nepal has been carrying out decennial population census since 1911, with the next one, the country’s 12 th , due in June 2021. The body mandated to conduct it is the Central Bureau of Statistics (CBS), a government agency under the National Planning Commission. Bureau officials say they are working on war-footing to make the census possible, yet it’s a tough task in the middle of a pandemic. And will the census also include Kalapani? Kamal Dev Bhattarai spoke to Rudra Suwal, senior economist and former CBS Deputy Director General. What is the importance of census? There are multiple dimensions to and benefits of census. First, census is a constitutional obligation as it is on the basis of population that electoral cons...
Comments
Post a Comment