प्रवास - फोनिज युकेमा प्रमिला लाबुङ राई, गणेश राईको ‘बीस किराती लेखक’ सार्वजनिक


कान्तिपुर संवाददाता, बेलायत
भाद्र १३, २०७४-नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको दोस्रो अधिवेशनले प्रमिला लाबुङ राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको  छ ।

कार्यसमितिको उपाध्यक्ष नगेन्द्र नेम्बाङ, महासचिव खुशी लिम्बू, सचिव जमुना पुन, कोषाध्यक्ष गोमा राना छन् । तीन वर्षे कार्यकालका निम्ति चयन भएका फोनिज युकेका सदस्यहरु मिलन तमु, सबिन्द्रकुमार गुरुङ, होम सुनुवार, पुष्पा गुरुङ, सुमिरा सुनुवार, कर्म पहाडी शेर्पा, सुरेन्द्र इङनाम, विषण गुरुङ, मुकेश राई र बम थापा सूर्यवंशी मगर छन् । सम्मेलनले केन्द्रीय प्रतिनिधिमा विश्वासदीप तिगेला, नरेश खपाङ्गी, भावना परिस्कृत सुनुवार र लिलामान सेरपुन्जा चयन गरेको छ ।


सम्मेलन उद्घाटन सत्रमा फोनिज केन्द्रका अध्यक्ष डण्डबहादुर गुरुङ, आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष जंग गुरुङ र फोनिज युकेका अध्यक्ष विश्वासदीप तिगेलाले ‘दि जर्नालिस्ट’ स्मारिकाको विमोचन गरेका थिए । सम्मेलनमा नेपालबाट फोनिजका सचिव मनोज घर्तीमगर, पत्रकारहरु गणेश राई, हुम गुरुङ, देबेन्द्र खापुङ र रोशनी गुरुङको आतिथ्य रहेको थियो । नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, वातावरणविद् तथा साहित्यकार विजय हितान, जनजाति महासंघ युकेका पूर्वअध्यक्ष श्रीप्रसाद लिम्बू, मगरसंघ युकेका अध्यक्ष नेम थापालगायतले शुभकामना व्यक्त गरेका थिए । 

सन् २०१३ मा गठन भएको फोनिज युकेमा करिब ४० सदस्य छन् । फोनिज युकेले जनजाति समुदायका क्रियाशील पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्दैआएको छ । यो वर्ष सगरमाथा टेलिभिजनमा कार्यरत पत्रकार गणेशमान गुरुङलाई ‘फोनिज युके पत्रकारिता सम्मान’ र एबीसी टेलिभिजनमा कार्यरत मिलन लिम्बुलाई ‘फोनिज युके पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ । सम्मान र पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ रहेको छ । गत वर्ष उक्त सम्मान गोपाल छाङ्छा राई र पुरस्कार रामविकास चौधरीलाई प्रदान गरिएको थियो ।

कान्तिपुरकर्मी राईको कृति सार्वजनिक

फोनिज युकेको सम्मेलनको दोस्रो सत्रमा कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक गणेश राईद्वारा लिखित ‘बीस किराती लेखक’ पुस्तक सार्वजनिक गरिएको छ । फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङ, आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष जंग गुरुङ, महासचिव कर्म शेर्पा, किरात राई यायोक्खा युकेका अध्यक्ष पदम राई, साहित्यकार सुमलकुमार गुरुङले संयुक्त रुपमा विमोचन गरेका हुन् ।










पत्रकार राईको यो पाँचौं कृति हो । विमोचित कृतिमा बीसजना किराती लेखकको परिचय तथा कृतिकर्मबारे चर्चा गरिएको छ । यसभित्र थुलुङ भाषी लेखक अगमसिंह देउसा राई, मुन्धुम अध्यता अतीत मुखिया, कोशकार अविनाथ राई, ज्योषाचार्य डा. चन्द्रकुमार सेर्मा, कोशकार डिक बान्तावा, भाषाविद् तेजमान आङदेम्बे, इतिविद् दुर्गाहाङ याखाराई, पहिलो रेडियो उद्घोषक तथा राजनेता नारदमुनि थुलुङ, प्राध्यापक डा. नोवलकिशोर राई, गायक पाण्डव सुनुवार, किरात संवत्का प्रवद्र्धक पुष्प थाम्सुहाङलाई समेटिएका छन् ।










त्यस्तै, लेखक भुईदल राई, इतिहासविद् मञ्जुल याक्थुम्बा, लिपिअभियन्ता येहाङ लाओती, भाषाअभियन्ता रामजी कोङरेन, पत्रकारका गुरु लाल देउसा राई, मुन्धुमकाव्यकार विक्रम सुब्बा, मुन्धुमविद् बैरागी काइाला, राष्ट्रगानका रचनाकार व्याकुल माइला र वेदान्तार्चा डा. स्वामी प्रपन्नाचार्यको जीवनी रहेका छन् । पुस्कतबारेमा विश्वासदीप तिगेलाले चर्चा गरेका थिए ।  
प्रकाशित: भाद्र १३, २०७४

http://kantipur.ekantipur.com/news/2017-08-29/20170829195455.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal