दुई साहित्यिक अभियन्ताको निधन

रमेशचन्द्र अधिकारी, धनकुटा


असार २९, २०७४- जिल्लाका दुई अग्रणी समाजसेवी तथा लेखकको मंगलबार निधन भएको छ । लेखक/शिक्षाविद् शिवकुमार श्रेष्ठको ८२ वर्षको उमेरमा राजधानीमा निधन भएको हो । यसै गरी समाजसेवी तथा साहित्यिक अभियन्ता ओमकार श्रेष्ठको ६८ वर्षको उमेरमा विराटनगरमा निधन भएको हो ।
धनकुटा–६, सिरानबजार घर भएका श्रेष्ठ क्यान्सरपीडित थिए । परिवारका अनुसार, उनी राजधानीमा उपचाररत थिए । ६ दशकसम्म निरन्तर लेखन साहित्य सृजनामा समेत सक्रिय श्रेष्ठले लोक साहित्यमा कमल चलाउँदै आएका थिए ।


धनकुटा बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख उनका ‘लिम्बूवान्को पहिलो ऐतिहासिक अध्ययन,’ ‘किराती लोककथाहरू,’ ‘किराती कथा’, ‘प्राचीन मानव सभ्यताको अध्ययन,’ ‘विश्वको इतिहास,’ ‘आठपहरिया जातिको ऐतिहासिक आर्थिक, सामाजिक अवस्था’ सहित आठ पुस्तक प्रकाशित छन् । ‘किराती लोककथाहरू’ ले लोक साहित्य पुरस्कार, लोक साहित्य परिषदबाट करुणाकर सिरपालगायतका पुरस्कार प्राप्त गरेको थियो । श्रेष्ठले किरात शिरिजंगा, धनकुटा प्रतिभा पुरस्कार, किरात धर्म संरक्षण समितिको अभिनन्दन, क्षेत्रीय प्रतिभा पुरस्कार पनि पाएका थिए । उनका २ छोरा र १ छोरी तथा पत्नी छन् ।


यसैगरी, ओमकार श्रेष्ठ इन्द्रमोहन स्मृति गुठीका संस्थापक अध्यक्ष थिए । उनले नवकलाकार, परिवार नियोजन संघ, नगर विकास समितिलगायतमा रहेर सेवा गरेका थिए । धनकुटा–६ स्थायी घर भएका श्रेष्ठ पछिल्लो समय विराटनगरमा समेत बसोबास गर्दै आएका थिए । गत आइतबार विराटनगरस्थित निवासमा मस्तिष्कमा रक्तस्राव भएर लडेपछि अस्पतालमा शल्यक्रिया गरिए पनि उनको मंगलबार निधन भएको छिमेकी सुवास जोशीले जानकारी दिए ।


श्रेष्ठका १ छोरा, १ छोरी र पत्नी छन् । उनको धनकुटाको मुलघाटमा बुधबार दाहसंस्कार गरिएको छ ।

प्रकाशित: असार २९, २०७४
http://kantipur.ekantipur.com/news/2017-07-13/20170713085030.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal