कला र शैली - गायिका मुकारूङलगायत पुरस्कृत

कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण २४, २०७४- किरात राई यायोक्खाले ३० औं वार्षिकोत्सवमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई पुरस्कृत गरेको छ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ र यायोक्खाका अध्यक्ष तिलक राईले राजधानीमा आयोजित समारोहमा गायिक आभा मुकारुङलाई १५ हजार राशिको किरात संगीत पुरस्कार, पत्रकार पदम राईलाई २५ हजार रुपैयाँ रहेको किराया धनकेशरी अतम्बरी राई स्मृति पत्रकारिता पुरस्कार, लेखक एलएन ठुलेलाई १५ हजार रुपैयाँ रहेको किराया छत्रविष्णु राई कृति सम्मान प्रदान गरे ।  
त्यसै गरी अनुसन्धाता चन्द्रकुमार राई ‘हतुवाली’ लाई १५ हजार राशिसहितको किराया मदनेश्वरी राई स्मृति पुरस्कार, पत्रकार गणेश वाम्बुले राईलाई आठ हजार रुपैयाँ रहेको किराया दुर्गादेवी मोहनसिंह भाषिक पत्रकारिता पुरस्कार दिइयो ।
विद्यावारिधिप्राप्त डा. खगेन्द्र साम्पाङ राईलाई समेत सम्मान गरियो । त्यस्तै, एसईई, कक्षा १२ र स्नातक तहमा राई समुदायबाट उत्कृष्ट विद्यार्थीलाई विभिन्न छात्रवृत्ति प्रदान गरिएको थियो । 

प्रकाशित: श्रावण २४, २०७४


http://kantipur.ekantipur.com/printedition/news/2017-08-08/20170808085405.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal