साहित्य - यलम्बर स्मृतिमा कविता

कान्तिपुर संवाददाता, ओखलढुंगा
मंसिर २३, २०७१-वाम्बुले राई भाषाको १६ औँ यलम्बर स्मृति कविगोष्ठीमा खोटाङकी संगीता राई पहिलो भएकी छन्। थाक्लेमा शनिबार आयोजित गोष्ठीमा २४ प्रतिस्पर्धी थिए। संगीताको 'वाम्बुले राडु' (वाम्बुले राई) कविता उत्कृष्ट दरियो।

उदयपुरका अज्ञात ऋषि राई दोस्रो र लोकेन्द्र राई तेस्रो भए भने मंगलदर्शन राई र कपिन्द्र राईले सान्त्वना पुरस्कार पाए। विजेताहरूलाई नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारुङले पुरस्कार हस्तान्तरण गरे।

वाम्बुले राई समाज, लिब्जु-भुम्जु पत्रिका, नयाँ नेपाल सरोकारको संयुक्त आयोजना र प्रज्ञा प्रतिष्ठानको सह-आयोजनामा कविगोष्ठी भएको हो।

गोष्ठीमा कवि व्याकुल माइला, दीपेन्द्र चाम्लिङ, सचित राई, विद्रोही साइँला, दार्जिलिङबाट आएका कविता प्रणय खम्बुका साथै मुकारुङले समेत नेपालीमा कविता वाचन गरेका थिए।

यलम्बर स्मृति कविगोष्ठीलाई वाम्बुले समुदायको राष्ट्रिय कविता महोत्सवका रूपमा लिने गरिएको वाम्बुले राई समाजका कार्यवाहक अध्यक्ष गजुरधन राईले बताए। प्रतियोगितामा वाचित सबै कविता मातृभाषामा प्रकाशन हुने 'लिब्जु-भुम्जु' मा प्रकाशित हुने वाम्रासका महासचिव तथा लिब्जु-भुम्जु सम्पादक गणेश राईले जानकारी दिए।

प्रकाशित: मंसिर २३, २०७१
http://kantipur.ekantipur.com/news/2014-12-09/399990.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal