देश - पत्रकार राईलाई ‘किराया धनकेशर–अतमहरि राई स्मृति पत्रकारिता पुरस्कार’

कान्तिपुर संवाददाता , काठमाडौं
श्रावण २१, २०७३- पत्रकार गजुरधन राईलाई ‘किराया धनकेशर–अतमहरि राई स्मृति पत्रकारिता पुरस्कार’दिइने भएको छ । किरात राइ यायोक्खाले उक्त पुरस्कार दिने निर्णय गरेको हो । पत्रकार राई नेपाल टेलिभिजनमा कार्यरत छन् । 

पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । यायोक्खाको २९औं स्थापना दिवसको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनबाट पुरस्कार तथा विभिन्न व्यक्तित्वलाई सम्मान प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ । 
यायोक्खाका अध्यक्ष तिलक राईको अध्यक्षतामा सम्पन्न बैठकले अन्य विशिष्ट व्यक्तित्वलाई समेत सम्मान गर्ने निर्णय गरेको हो । सम्मान गरिनेमा सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राई, १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (फूटबलतर्फ स्वर्णपदक प्राप्त बिशाल राई, विभिन्न विषयमा विद्यावारिधिप्राप्त जनक राई, नेत्रमणि दुमी राई, कैलाश राई र दोभान राई छन् । 
त्यसैगरी १५ हजार रुपैयाँ राशिको पुरस्कारहरु प्राध्यापक डा. विष्णु एस राईकृत ‘खम्बुवानबाट हराएका सन्तानहरू’ नामक अनुशन्धान कृतिलाई १५ हजार रुपैयाँ राशिको ‘किराया, छत्र–बिष्णु राइ कृति सम्मान’, डा. भक्तकुमार राईको ‘साम्पाङ पहिचानमा लोकगीत’ कृति र गायिका पार्वती राईलाइ ‘किरात सङगीत पुरास्कार’ प्रदान गरिने भएको छ । त्यस्तै, ८ हजार रुपैयाँ राशिको ‘किराया, मोहनसिं–दुर्गादेबी राई भाषिक पत्रकारिता पुरस्कार’ तिलक चाम्लिङलाई दिने निर्णय भएको यायोक्खाका उपमहासचिव जनक राईले विज्ञप्तिमा जनाएका छन् । 
अन्य सम्मान पाउनेमा खेलाडीहरू दीपा राई (फूटबल),  जुनि राई (उसु), सबिता राई (उसु), अनु राई (ब्याडमिन्टन), सम्झना राई (कबड्डी), चण्डीका राई (खोखो), मन्जु राई (खोखो) र पार्वती राई (सहायक प्रशिक्षक) छन् । काठमाडौ उपत्यकाको सडकमा ट्राफिक व्यवस्थापन स्वयंसेवक शेखर राईलाई सम्मान गरिने भएको छ ।
प्रकाशित: श्रावण २१, २०७३
http://kantipur.ekantipur.com/news/2016-08-05/20160805144219.html
http://kantipur.ekantipur.com/news/2016-08-05/20160805144219.htmlhttp://kantipur.ekantipur.com/news/2016-08-05/20160805144219.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal