समाचार - रामप्रसाद राई राष्ट्रिय विभूति योग्य व्यक्ति हुन् : उपराष्ट्रपति


कान्तिपुर संवाददाता , काठमाडौं
श्रावण २२, २०७३- उपराष्ट्रपति नन्दबहादुर पुनले रामप्रसाद राई नेपालको राष्ट्रिय विभूतिका लागि योग्य व्यक्ति भएको बताएका छन् । किरात राई यायोक्खा २९औ स्थापना दिवसको उद्घाटन समारोहमा शनिबार उक्त विचार व्यक्त गरेका हुन् ।

उपराष्ट्रपति पुनले देश विविध जातजाति, भाषा, संस्कृति, धर्म र भूगोलका समुदायका आआफ्नै मौलिक पहिचान रहेको उल्लेख गर्दै मुलुकमा जहानिया राणाशासन ढाल्नमा रामप्रसाद राईको योगदान अतुलनीय रहेको बताए ।
‘किरात सभ्यता होस या नेपालको परिवर्तनकारी आन्दोलनमा किरात राई समुदायले  खेलेको भूमिका होस या जननायक रामप्रसाद राईले नेतृत्व गरेको संघर्ष होस या विश्वलाई देखाउने नेपालको मौलिक संस्कृति सम्पदा, मुन्दुम होस यी किरातहरुको मात्रै नभएर नेपालको पहिचान हुन्,’ राणा शासन ढाल्ने र चौबिस घन्टा सिंहदरबार नियन्त्रण गर्ने रामप्रसाद राई जननायकका रुपमा स्थापित रहेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले भने, ‘तर रामप्रसाद राई नेपालको राष्ट्रिय विभूतिका लागि योग्य व्यक्ति हुनुहुन्छ भन्ने मलाई लागेको छ । म यस अवसरमा तपाई किरात राई समुदायको संघर्षशील इतिहास र गौरव गर्न लायक वर्तमानको उच्च सम्मान गर्न चाहन्छु ।’ साथै, हजारौ वर्षदेखि किरात राई जातिले पालना गर्दै आएका मुन्दुमलाई नेपालको सांस्कृतिक सम्पदामा राख्नु पर्ने बताए ।

त्यस अवसरमा निवर्तमान मन्त्री शेरधन राईले नौ महिना अवधिमा सरकारको प्रवक्ताको हैसियत प्राप्त गरे र समुदायको निम्ति शिर उठाउने काम गरेका दावी गरे । ‘कम्तिमा एउटा किरातीको छोरोले मैले एक इन्च भए पनि हाम्रो समुदायको शिर उठाउने काम गरेको छु,’ उनले भने, ‘मैले हाम्रो समुदाय, मुलुक र जनताको निधारमा कलंक राख्ने कुनै काम गरिन ।’
यायोक्खाले ‘संघीय गणतन्त्र नेपालमा पुख्यौली भूमिको पहिचान, किरात स्वायत्त राज्य निर्माण हाम्रा अभियान’ मुल नारा अघि बढाएको छ । यायोक्खाका अध्यक्ष तिलक राईले समाजको प्रतिष्ठालाई बढावा दिने सबैलाई धन्यवाद दिएका थिए ।

त्यस अवसरमा सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राईलाई सम्मान गरिएको थियो । विभिन्न विषयमा विद्यावारिधिप्राप्त जनक राई, नेत्रमणि दुमी राई, कैलाश राई र दोभान राई लगायतलाई सम्मान गरिएको थियो ।

त्यसैगरी पत्रकार गजुरधन राईलाई २५ हजार रुपैयाँ राशिको ‘किराया धनकेशर–अतमहरि राई स्मृति पत्रकारिता पुरस्कार’ दिइने भएको छ । साथै, प्राध्यापक डा. विष्णु एस राईलाई १५ हजार रुपैयाँ राशिको ‘किराया, छत्र–बिष्णु राइ कृित सम्मान’, डा. भक्तकुमार राईको ‘साम्पाङ पहिचानमा लोकगीत’ कृति र गायिका पार्वती राईलाइ ‘किरात सङगीत पुरास्कार’ प्रदान गरिएको थियो । त्यस्तै, ८ हजार रुपैयाँ राशिको ‘किराया, मोहनसिं–दुर्गादेबी राई भाषिक पत्रकारिता पुरस्कार’ तिलक चाम्लिङलाई प्रदान गरिएको छ ।

प्रकाशित: श्रावण २२, २०७३
http://kantipur.ekantipur.com/news/2016-08-06/20160806201441.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal