Posts

बीर नेम्वाङ : मुन्धुमी मूलुकको ज्यूँदो इतिहास

Image
  राजकुमार दिक्पाल १२ आश्विन २०८१, शनिबार  १० : ३७  बजे फक्ताङलुङ हिमाल उसैगरी अविचल उभिएको छ, युगौँदेखि । याक्थुङ (लिम्बू)हरुको आस्थाको यो यस्तो धरोहर हो, जसले मुन्धुममा बर्णित घटना वा स्थानको दिशा निर्धारण गर्छ । फक्ताङलुङदेखि तल, फक्ताङलुङदेखि माथि, फक्ताङलुङदेखि दायाँ तथा फक्ताङलुङदेखि बायाँ भनेर मुन्धुममा घटना वा स्थानको वर्णन गरिएको पाइन्छ । श्रुतिशास्त्रमा आधारित मुन्धुम लिम्बूहरुको मूल दार्शनिक आधार हो । ‘मुन्धुम’ शब्दकोे ब्यूत्पतिबारे मुन्धुमविद् वैरागी काइँला बाहेक कसैले पनि यसको निरुपण गर्न सकेका छैनन् । उनले मुन्धुम शब्दलाई फुटाएर यसको अर्थ पर्गेल्ने प्रयास गरेका छन् । यस लेखकसँगको संवादमा काइँलाले उल्लेख गरेअनुसार ‘मुन् थुम्’ शब्दको अप्रभंस नै मुन्धुम् हो । लिम्बू भाषामा मुन् (मुम्–मा) को अर्थ हल्लनु वा गतिशील हुनु भन्ने अर्थ लाग्छ । यस्तै थुम् (थुम्–मा)को अर्थ बलियो हुनु वा कठिन हुनु भन्ने अर्थ लाग्छ । यसरी हेर्दा लिम्बूहरुको सामाजिक, सांस्कृतिक तथा आध्यात्मिक जीवन गतिशील, बलियो तथा कठीन किसिमबाट अगाडी बढिरहेको भन्ने अर्थ खुलाउन सकिन्छ । त्यहीँ भएर आजसम्म लि...

सिर्जङ्गा लिपिको कथा : दिलेन्द्र कुरुम्बाङ

Image
दिलेन्द्र कुरुम्बाङ बुधबार, असोज २, २०८१ थोन्मी सम्भोटले सातौं शताब्दीमा विकास गरेको लिपिलाई सम्भोटा भनिए झैं अठारौं शताब्दीमा सिर्जङ्गा सिङथेबेले विकास र विस्तार गरेको लिपिलाई सिर्जङ्गा भनिनु तथ्यपरक र न्यायसंगत देखिन्छ। दिलेन्द्र कुरुम्बाङ भाषाशास्त्रीहरूका अनुसार संसारमा लगभग सात हजार भाषा र २९३ लिपि छन्। तीमध्ये १५६ लिपि मात्र अस्तित्वमा छन्। विश्वभरिमा लगभग ७० प्रतिशत रोमन वा ल्याटिन लिपिको प्रयोगले ओगटेको छ। त्यसपछि विश्वमा सर्वाधिक प्रयोग हुने लिपिमा चाइनिज, अरेबिक, देवनागरी आउँछन्। सात हजार भाषामध्ये करीब चार हजार भाषाको मात्र लेख्य परम्परा छ। याक्थुङ (लिम्बू) समुदायले प्रयोग गर्दै आएको सिर्जङ्गा (सिरिजङ्गा) लिपि अठारौं शताब्दीदेखि प्रचलनमा आएको हो। यस लिपिमा लेखिएका याक्थुङ (लिम्बू) भाषाका अभिलेख तथा पाण्डुलिपि बेलायतको इन्डिया अफिस लाइब्रेरीमा सुरक्षित छन्। याक्थुङ भाषा बाहेक यस लिपिमा अन्य भाषामा लेखिएको कुनै पनि सामग्री हालसम्म भेटिएको छैन। लेख्ने शैलीका हिसाबले यस लिपिले तिब्बती वा सम्भोटा लिपिसँग सामीप्य राख्छ। सम्भोटा र सिर्जङ्गा लिपि दुवैको जननी ब्राह्मी लिपिलाई मानिन्छ...

धेरै भाषा जान्यो, त्यति बढी बुद्धिमान् : प्रा. योगेन्द्रप्रसाद यादव

Image
 हिमाल सप्ताहान्त जति धेरै भाषा जान्यो, त्यति बढी बुद्धिमान् प्रा. योगेन्द्रप्रसाद यादव  शनिबार, भदौ १५, २०८१ बालबालिकाले विद्यालय छाड्नुको प्रमुख कारण भाषा पनि एक हो। एउटा भाषा जानेका हुन्छन्, अर्को भाषामा पढाइ हुन्छ, अनि बुझ्दैनन्। नबुझेपछि मनोविज्ञानमा असर पर्छ र पढाइ छोड्छन्। साधारण किसान परिवारको सदस्य हुँ। सिरहाको नवराजपुर गाउँपालिकास्थित नरहरनियामा सन् १९४६ मा जन्म भएको हो। बाजेबज्यै, आमाबुबा सबैको मुख्य पेशा खेती नै थियो। खेतीसँगै गाई र भैंसी पालिन्थ्यो। म सानो छँदा गाईभैंसी चराउन जान्थें। त्यो वेला मेरो गाउँ शिक्षामा निकैै पछाडि थियो। गाउँमा एउटा पनि सरकारी पाठशाला थिएन। भारतबाट आएका गुरुजीले गाउँमा बसेर पढाउँथे। मेरो शिक्षाको शुरूआत गुरुजीबाटै भयो। दुई वर्षसम्म गुरुजीबाट शिक्षा आर्जन गरें। त्यति वेला गाउँमा एक जनाले स्नातकोत्तर गर्नुभयो, उहाँ हुनुहुन्थ्यो- यमुनाप्रसाद यादव। भारतको पटना विश्वविद्यालयबाट पढेर आउनुभएको थियो। शिक्षाप्रति उहाँको अभिरुचि असाध्यै थियो। गाउँमा पाठशाला खोल्न लाग्नुभयो। गाउँका जमीनदारहरूले जग्गा दिएपछि प्राथमिक पाठशाला खुल्यो। म त्यो विद्यालयक...

विचार: अठोट गरौं– ‘शुद्ध लेख्छु’-शरच्चन्द्र वस्ती

Image
  भाद्र ४, २०८१ शरच्चन्द्र वस्ती ‘भाषामा हस्तक्षेप गर्ने अधिकार कसैलाई हुँदैन’ भन्ने निष्कर्ष निहित भएको सर्वोच्च अदालतको हालैको फैसलाले नेपाली भाषालाई ठूलो गुन लगाएको छ । यसले राज्यसत्ताको दुरुपयोग गरेर उर्दी र आदेशका भरमा लगातार गरिँदै आएका अनधिकृत हस्तक्षेपहरूको सकसबाट मुक्ति मात्रै दिलाएको छैन, नेपाली भाषामा नयाँ स्फूर्ति र ऊर्जाको समेत सञ्चार गरेको छ ।  भाषामाथि हस्तक्षेप गर्ने प्राधिकार कहीं त निहित हुनैपर्छ (नत्र भाषाको उद्धार कसले गर्छ ?) भन्ने विभ्रम नेपाली समाजमा ‘मान्यता’ कै आवरणमा विद्यमान रहिआएको छ । नेपाली भाषालाई आजको अन्योल, अराजकता र दिग्भ्रान्तिमा पुर्‍याउने काम यसैले गरेको हो । यही विभ्रमवश नेपाली भाषाका महागुरुहरू निकै वर्षअघि भाषामा हस्तक्षेपको बीउ रोप्न अग्रसर हुनुभएको थियो । त्यसका दुष्परिणाम भयावह रूपमा प्रकट हुँदै गएपछि उहाँहरू पछुताउन थाल्नुभयो र भाषा–प्रयोगकर्ताहरूले ‘यस्तो हस्तक्षेप स्वीकार्य हुन सक्तैन’ भनेपछि आत्मालोचना गर्दै हस्तक्षेप फिर्ता लिनुभयो । र, नेकशुले–२०६९ को व्यवस्था गरी नेपाली भाषालाई उसको स्वाभाविक गतिमा अघि बढ्ने मार्ग प्रशस्त गर्न...

बिग्रँदै थिति, एक सन्तान नीति

Image
  अच्युत पुरी, पुष्पराज चौलागाईं   २०८१ साउन ३२ गते ११:५२ ३२ साउन, काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का महापुरुष चौलागाईं र सरस्वती चौलागाईं एक मात्र सन्तान छिन्, खुशी । विवाह गरेको लामो अन्तरालपछि जन्मिएकी उनी अहिले तीन वर्षकी भइन् । ‘छोरा होस् वा छोरी, एउटा भए पुग्छ । हामीलाई अब छोराको अपेक्षा छैन’, महापुरुष भन्छन् । यद्यपि घरपरिवार, आफन्तको जोड छ– ‘एउटा छोरा त चाहिन्छ ।’ चाहेजति सुख–सुविधा दिन नसक्ने हुनाले महापुरुष दम्पतीले अर्को सन्तानको चाहना राखेका छैनन् । ‘अर्को सन्तान जन्माउँदा न शिक्षा राम्रो दिन सकिन्छ, न बिरामी पर्दा स्वास्थ्य उपचार नै गर्न सकिन्छ’ उनी भन्छन्, ‘एउटा जसोतसो हुर्काइरहेका छौं, अब पुग्यो ।’ चार दाजुभाइ र एक दिदीमध्ये महापुरुष आफैं चाहिं माइलो सन्तान हुन् । उनले बाल्यकाल बुबाआमालाई खेतीपातीमा सहयोग गर्दै अध्ययनमा बिताए । आर्थिक क्षमता मजबुत थिएन । जसोतसो काठमाडौंमा मजदुरी गर्दै एमए (स्नातकोत्तर) पूरा गरे । स्नातकोत्तर अध्ययन गर्दै गर्दा विवाह भयो । घरपरिवार चलाउन जागिर पाउन सकेनन् । अनि उनी दक्षिणकोरिया हान्निए । आफ्नै अनुभवबाट महापुरुष...