कैलास जाने अन्तर्राष्ट्रिय बाटोलाई नेपालले प्राथमिकतामा राख्ने हो भने दक्षिण एसिया, पूर्वी एसिया र दक्षिणपूर्वी एसियाका हिन्दू र बौद्ध धर्मावलम्बीको कल्याण हुने थियो।
कैलास पर्वत र मानसरोवर हिन्दु, बौद्ध र बोन धर्म मान्नेहरूको तीर्थस्थल हो। घनश्याम आचार्य (२०६७) को सूचनाअनुसार वाल्मीकि रामायण, विष्णुपुराण, वायुपुराण, श्रीमद्भागवत, देवीभागवत, भविष्यपुराण अनि स्कन्दपुराणका केदारखण्ड, मानसखण्ड र हिमवत्खण्डमा कैलास मानसरोवर क्षेत्रलाई उच्चतम महत्त्व दिइएको छ।
सातौं शताब्दीका चिनियाँ यात्री स्वेन चाङले कैलास पर्वतलाई नै पुराणहरूमा ‘मेरु पर्वत’ भनिएको कुरो ठहर गरेका छन्। महाकवि कालिदासले पनि उनको ‘मेघदूत’ खण्डकाव्यमा राजहाँसहरू जाडो र गर्मीमा मानसरोवरसम्म ओहोरदोहोर गर्छन् भन्ने कुरा लेखेका छन्। साँच्चै नै, आज पनि कालिकोट र अछाम छेउछाउका मानिसहरूले राजहाँसहरू मानसरोवर ओहोरदोहोर गरेको देख्छन्। र राजहाँसको बहुमूल्य दिसा (पुलिक) सिलो गर्ने सांस्कृतिक कुरा सुनाउँछन्।
भारतीय उपमहाद्वीपका सबै प्राग्वैदिक र अवैदिक जातिहरूले अत्यन्त श्रद्धा गरेर मान्ने भगवान् शिव कैलास पर्वतमै बस्छन् भन्ने कुरा पुराणहरूमा लेखिएको छ। काश्मीरदेखि पूर्व नेपालको ‘गण्डकीसम्म’को भूभागलाई महाभारत र पुराणहरूमा ‘खसमण्डल’ (केदारखण्ड र मानसखण्ड) भनिएको पाइन्छ (योगी नरहरिनाथ)। खसहरूलाई पहिले ‘यक्ष’ भनिन्थ्यो भन्ने कुरा एट्किन्सनले ‘हिमालयन गजेटियर’मा लेखेका छन्। शिवजीलाई नै ‘यक्षस्वरूप’ (यक्षस्वरूपाय) भनिएको पनि पाइन्छ। नेपालदेखि काश्मीरसम्म शिवजी र नागको पूजा धूमधामसित हुन्छ। किनभने नागहरूका राजा वासुकीलाई शिवजीले गलामा गहना लगाउँछन् भन्ने उल्लेख पाइन्छ।
कैलास मानसरोवर क्षेत्रको आर्थिक व्यापारिक महत्त्व पनि छ। महाभारत (इपू नवौं शताब्दी) सभापर्वमा खसहरू युधिष्ठिरको राजसूय यज्ञमा कैलास मानसरोवर क्षेत्रबाट राजालाई बुकी सुन (पिपीलिका सुवर्ण) चढाउन लाम लागेका थिए। इपू पाँचौं शताब्दीका युनानी इतिहासकार हेरोडोटसले कैलास मानसरोवरको कमिलाले उत्पादन गरेको बुकी सुनको चर्चा गरेका छन्। ह्यामिल्टन (१८१९ इ) ले मानसरोवरको उत्तरतिर करिब २० दिनको बाटो हिँड्दा थोक्लाजुङ, मुनाकथोक, रुङमार आदि ठुल्ठूला सुनखानी क्षेत्र भएको सूचना दिएका छन्।
सत्यमोहन जोशी (२०२८, कर्णाली लोक संस्कृति, ५५–५६) ले मानसरोवर क्षेत्रको आर्थिक महत्त्व बढाउने वस्तुमा नुनखानी, कस्तूरी, जडिबुटी, असल जातका घोडा, चौँरी, झोपा, भेडा, च्यांग्रा, आदिको उल्लेख गरेका छन्। स्नेल्ग्रोभले पनि तिब्बतको इतिहासमा मानसरोवर उत्तर तिरको जंगलमै पाइने वनचौंरी, वनगधा, वनकुकुर र मृगहरूलाई पनि प्रागितिहासिक आकर्षणका आधार मानेका छन्। प्रागितिहासिक कालदेखि नै कमिलाले धुल्याएर उत्पादन गरेको बुकी सुन (पिपीलिका सुवर्ण) पाइने क्षेत्र भएकैले होला, इतिहास र पुराणमा पनि यस क्षेत्रलाई ‘सुवर्णभूमि’ र ‘सुवर्णगोत्र’ भनिएको पाइन्छ। कर्णाली प्रदेशका खसहरू प्राचीनकालदेखि घोडा पाल्थे। घोडा व्यापार कर्णाली प्रदेशका खसहरूको एउटा मुख्य व्यवसाय नै थियो। मानसरोवर जाने प्रागितिहासिक बाटाले त्यस व्यवसायलाई पनि सघाएको थियो।
बुकी सुन पाइने हुनाले नै विकट प्रदेश भए पनि खसहरूले त्यो क्षेत्र ओगटेका होलान्। मध्य एसियाको पुरातात्त्िवक अन्वेषणले के देखाएको छ भने, प्रागितिहासमा सबभन्दा पहिले सुन चलाउने जाति नै शक हो। मैले ‘खस जातिका खास कुरा’ (अन्नपूर्ण, २०७५ फागुन ११ गते शनिबार) भन्ने लेखमा के लेखेको छु भने खसहरू पनि पामिरको वरिपरि हिमाच्छादित क्षेत्रमा बसोवास गर्ने शकहरूकै एउटा बगाल हो। त्यसैले मानसरोवर क्षेत्रको बुकी सुनको सुइँको पाउने जाति पनि मानव इतिहासमा यही हो। ताक्लाकोटका सुनखानीले नै ताक्लामकान उपत्यकाका शक (खस, कुषाण, तोखार)हरू खुनलुन खोलाको गड्तिरै गड्तिर मध्य एसियाबाट पश्चिम तिब्बतको पाखापाखै मानसरोवर क्षेत्रमा आइपुगे होलान्। यस क्षेत्रको त्यसै व्यापारिक महत्त्वले पुराणहरूमा यक्षराज कुवेरले पनि यसलाई आफ्नो राजधानी बनाएका थिए होलान्। खसहरूको कब्जामा भएको यसै क्षेत्रको बुकी सुन युधिष्ठिरको राजसूय यज्ञमा मात्र चाहिएन, सम्भवतः भारत सरकारले इरानका इसापूर्व छैटौं शताब्दीका सम्राट् दारिउसलाई पनि थैलामा हालेर यसै क्षेत्रको सुन सिर्तो बुझाउने गरेको होला।
इपू छैटौं शताब्दीको इरानले र इपू पाँचौं शताब्दीको युनानले समेत सुइँको पाएको बुकी सुनकै कारणले इपू तेस्रो शताब्दीदेखि पन्ध्रौं शताब्दीसम्म चीनको सिआनदेखि मध्य एसिया, लघु एसिया, पश्चिम एसिया र युरोपसम्म रेसमको संगठित व्यापार गर्न चीनले बनाएको रेसममार्गको एउटा हाँगो ताक्लामकानमा कासगरको काशीदेखि खोतान हुँदै पश्चिम तिब्बतको ङरीसम्म र ङरीबाट सम्भवतः नेपाल हुँदै भारत जाने रेसममार्गको पहाडी हाँगो भेटिएको छ। ङरीमा हालसालै भेटिएको १८ सय वर्षअगाडिको एउटा भव्य चिहानमा फेला परेका चिनियाँ व्यापारिक सर्दाम (चिनियाँ अक्षरमा ‘वाङ होउ’ ‘राजा र राजकुमार’ लेखेर बुट्टा काढेको एउटा रेसमी लुगा, सुनको मुखुन्डो, चिनियाँ माटाका भाँडा र काँसका सर्दाम, चियाका मुना आदि)ले यो कुरो संकेत गरेका छन्। यो मात्र तिब्बतको पहाडलाई रेसममार्गले जोड्ने पहिलो दसी हो (जेन छिउ, २०१६ ई, साइन्टिफिक अमेरिकन)।
दक्षिण एसियाबाट मानसरोवर जाने प्राचीन राजमार्गको पनि तीर्थयात्राबाहेक चिनियाँ रेसममार्गसित जोडिनु प्राथमिकता हुन सक्छ, जसबाट यसको धार्मिक महत्त्व मात्र नभएर अन्तर्राष्ट्रिय व्यापार तथा रणनीतिमा समेत उल्लेखनीय उपयोग भएको हुन सक्छ। चीनको सिआनबाट पेइचिङ हुँदै रेसममार्गको अर्को एउटा हाँगो म्यानमारतिर पनि लागेको थियो भने, त्यसको भारतीय हाँगो विक्रमशिला (विहार), वैशाली, कुशीनगर, श्रावस्ती, अहिच्छत्र (उ.प्र.)सम्म पनि जोडिन्थ्यो (जेन छिउ)। त्येन सान र अल्ताई पहाडका सुनखानी अनि सिन्च्याङ क्षेत्रको फलामखानीका साथै मानसरोवर क्षेत्रको बुकी सुनको समृद्धिले गर्दा नै सातौँ शताब्दीमा स्रङ चन गम्पोले मानसरोवर क्षेत्र (चाङचुङ््साङसुङ)का (खस) राजालाई आफ्नी बहिनी बिहे गरेर पनि दिए। र विश्वासघात गरेर बहिनीद्वारै मराए (स्नेल्ग्रोभ)। तर आठौं शताब्दी लाग्दा नलाग्दा पश्चिम तिब्बतको त्यो क्षेत्रमा आधिपत्य जमाउन चीन, तिब्बत र तुर्कहरूको लडाइँ चलिरह्यो र त्यो क्षेत्र अस्थिर भयो भन्ने सूचना ताक्लाकोटदेखि ताक्लामकानसम्मको इतिहास लेख्ने बेक्विथ (१९८६ इ)ले लेखेका छन्।
मानसरोवर क्षेत्रको समृद्धिले गर्दा नै खसहरूले भारत ( श्रावस्ती, नैमिषारण्य र कान्यकुब्ज)बाट कैलास मानसरोवर तीर्थयात्रा गर्न जाने बाटामा पर्ने दुल्लु, सिँजा र पश्चिम तिब्बतको ताक्लाकोटको ङरी (कैलासको पश्चिमतिरको गुगे र कैलासको दक्षिणतिरको पुराङ) कब्जा गरेको देखिन्छ। कन्नौजमा हर्षवर्धनले शासन गर्दा (६४७ इ) त्यहाँबाट नेपाल हुँदै तिब्बत पुगेर मध्य एसिया पुग्ने चल्तीको बाटो थियो भनेर राहुल सांकृत्यायन (‘तिब्बत में बौद्ध धर्म’) र स्नेल्ग्रोभ (इन्डो–टिबेटन बुद्धिज्म)ले पनि लेखेका छन्।
आज कर्णाली प्रदेशको डोल्पा र अरू ठाउँमा तिब्बती मूलकै भक्तहरूले मानी आएको ‘बोनधर्म’ आधारभूत रूपमा ताजकिस्तानबाट आएका खस्शक जातिको धर्म हो भनेर स्नेल्ग्रोभ (‘इन्डो–टिबेटन बुद्धिज्म’, १९८७ इ, ‘नाइन वेइज अफ बोन’, २००२ इ)ले लेखेका छन्। स्नेल्ग्रोभको भनाइअनुसार बोनधर्म कैलास मानसरोवर क्षेत्रमा बुद्धधर्म पुग्नुअगाडिको धर्म हो। तिब्बतबाहेक आज यो धर्म नेपालको डोल्पो र सम्भवतः कर्णाली प्रदेशको हिमाली भेगमा मानिन्छ। यो धर्म पश्चिम तिब्बतको कैलास मानसरोवर क्षेत्र, ताजकिस्तान, अफगानिस्तान, तुर्कमेनिस्तान, इरान र मध्य एसियामा पालन गरिन्थ्यो। बोनहरूको तिब्बती परम्पराले पनि यसलाई ताजकिस्तान (अर्थात््, काश्मीर पश्चिमका देश)बाटै आएको मान्दछ। टुची (१९५६ इ) ले कैलास मानसरोवरको उत्तरतिर बोनधर्मका मन्दिरहरूका चित्र पनि दिएका छन् भने स्नेल्ग्रोभले डोल्पोमा यसको व्यापकता भएको देखाएका छन्।
स्नेल्ग्रोभले के लेखेका छन् भने, ‘चाङ्चुङ’ (राहुल, ‘शाङशुङ’) अर्थात्, कैलास मानसरोवर क्षेत्रमा दसौं शताब्दीसम्म बोनधर्म मान्ने शक, कुषाण र तोखारहरू नै बस्थे। टुचीको भनाइअनुसार चाङ्चुङ भन्नाले कैलास मानसरोवर क्षेत्र मात्र नभएर मध्य एसियाको ताक्लामकान उपत्यकामा पर्ने खोतानसम्मको व्यापक क्षेत्र थियो, जसको सिमाना पूर्वमा तिब्बत, पश्चिममा उत्तर प्रदेश, उत्तरमा ताक्लामकान उपत्यकाको खोतान र दक्षिणमा कुमाउँको बैजनाथधाम नजिकको ब्रह्मपुर थियो। ताक्लामकान उपत्यकालाई नै राहुल सांकृत्यायन (मध्य एसिया का इतिहास, पहिलो भाग)ले खसहरूको मूल थलो घोषित गरेका छन्।
शक, कुषाण र तोखारहरूको भाषा (बेइली, १९७९ इ) बेग्लै भारोपेली थियो। जुन बेला चाङचुङमा बोन धर्म मान्ने शक, कुषाण र तोखारहरूको आधिपत्य थियो, त्यति बेला तिब्बती जातिको मानसरोवर क्षेत्रमा प्रवेश नै भएको थिएन भन्ने कुरो स्नेल्ग्रोभले नै लेखेका छन्। वाटर्स (१९०४–१९०५ इ)ले लेखेका छन्— जुन बेला चिनियाँ यात्री स्वेन चाङ कन्नौजको स्थानेश्वरमा हर्षवर्धनको दरबारमा पुगेका थिए, त्यति बेलासम्म पश्चिम तिब्बतको कैलास मानसरोवर क्षेत्रमा स्रोङ चन गम्पोको तिब्बती आधिपत्य भएकै थिएन। स्नेल्ग्रोभको भनाइअनुसार बोनधर्म मान्नेहरू सूर्यको प्रतीक ‘स्वस्तिक’को प्रयोग गर्थे। शकहरू सूर्यका उपासक थिए। जनकलाल शर्मा (‘शक सूर्य’, २०१२) ले शकहरूका बुट लगाएका सूर्य मूर्तिहरू शक, शुंग, कुषाण कालीन (इपू.पहिलोदेखि तेस्रो शताब्दी) भारतका विभिन्न भागमा पाइन्छन् भन्ने लेखेका छन्।
पुराणहरूमा उच्च महत्त्व दिएर वर्णन गरिएको कैलास मानसरोवर क्षेत्र जाने चल्तीको बाटो सातौं शताब्दीदेखि भारतका कन्नौज र श्रावस्तीबाट सुरु भएर सुर्खेतमा जोडिँदै दुल्लु, सिजा, सिमकोट र हिल्सा हुँदै मानसरोवर जान्थ्यो। योगी नरहरिनाथले पनि त्यस तीर्थमार्गका पुरातात्त्िवक चिनो धेरै ठाउँमा देखाएका छन्। हिन्दू, बौद्ध र बोनधर्म मान्नेहरूको साझा तीर्थस्थल कैलास जाने अन्तर्राष्ट्रिय बाटोलाई नेपालले प्राथमिकतामा राख्यो भने दक्षिण एसिया, पूर्वी एसिया र दक्षिणपूर्वी एसियाका धेरै हिन्दू र बौद्ध धर्मावलम्बीको कल्याण हुन्थ्यो। चीनको रेसममार्गको पनि एउटा हाँगो भएकाले त्यो बाटाको पुनर्निर्माण चीन सरकारको प्राथमिकतामा पनि पर्छ। कर्णाली प्रदेशको समृद्धिको सबभन्दा ठूलो फड्को यसै अन्तर्राष्ट्रिय तीर्थमार्गले गर्न सक्छ।
पेइचिङको अल्पसंख्यक विश्वविद्यालयका तिब्बत विशेषज्ञ प्राध्यापक वाङ याउसित लिएको अन्तर्वार्ताअनुसार रेसममार्ग चीनको सिआनबाट पश्चिमतिर सिलिङ पुगेपछि त्यसको हाँगो फाट्छ र एउटा हाँगो ह्लासातिर लाग्छ। ह्लासा पुगेपछि त्यो सिगाचेतिर लाग्छ। सिगाचेमा फेरि दुइटा हाँगा फाट्छन्। एउटा हाँगो केरुङ हुँदै काठमाडौँतिर लाग्छ भने अर्को हाँगोचाहिँ न्यालुमतिर लाग्छ। चीनमा छिङवंशले शासन गरेका बेलामा (सातौं शताब्दी) खुनलुन नदीको गड्तिरै गड्तिर मन्चुहरू खोतानबाट तिब्बत छिरेको सूचना पनि प्राध्यापक वाङ याउले दिएका छन्।
सत्यमोहन जोशी (२४)ले ताक्लाकोटदेखि सुर्खेतसम्म ओहोरदोहोर गर्ने कैलास मानसरोवर क्षेत्रको बाटामा निम्नलिखित ठाउँ पर्ने उल्लेख गरेका छन्—
ताक्लाकोट, खोचरनाथ, मुचु, सिमकोट, छिब्रा, दोर्पा, कुटिकलाँस, राहदेउ फुचा, भुवाभैला, रिमी, गुम, चहट्टा, हाटसिँजा, नाग्म, जुफिथा, हाउडी, दुल्लु हुँदै सुर्खेत। जोशी के भन्छन् भने त्यो बाटाको डोब र दसी आज पनि विद्यमान छ। अझै त्यस राजमार्ग छेउछाउमा रोपिएका विशाल देवदारुका रूखहरू तथा अनेक धार्मिक सूत्र, कलाकृति र ऐतिहासिक अभिलेख भएका शिलास्तम्भहरू तथा चैत्य, देवल, ढुंगेधाराहरू पनि घामपानी पचाएर आजसम्म भग्नावशेषका रूपमा ठडिएकै छन्।
हुम्ला राहदेउमा जन्मेका र आफैं अनेक पल्ट पैदलयात्रा गरेका डा. दीपेन्द्र रोकायाले दिएको सूचनाअनुसार नेपाल–भारतको सिमानाबाट कैलास मानसरोवर क्षेत्रसम्म पुग्ने प्रागितिहासिक बाटामा पर्ने मुख्य ठाउँ यी हुन्—
– बाँकेको रुपेडियाबाट चिसापानी
– सुर्खेत
– दैलेखको घोडावासबाट दुल्लु हुँदै राकम
– कालिकोटको मान्म हुँदै नाग्म
– जुम्लाको सिजा
– मुगुको गमगढीबाट वाम
– हुम्लाका दार्मदेउली हुँदै क्रमशः ह्याप्सा (पुमा), पंखा (राहदेउ), दुर्पा (घट्टया), सिमकोट, यौवनफया, केर्मी (सल्लिसल्लायालबाङ), यारी, हिल्सा
– तिब्बतको ताक्लाकोट हुँदै मानसरोवर र कैलास पर्वत।
डा. रोकायाले कालिकोटको जितेगाडबाट रास्कोट हुँदै बाजुराको पिलु हुँदै हुम्लाको सल्लिसल्ला जोडिने वैकल्पिक बाटाको पनि सूचना दिएका छन्।
टेकनाथ गौतम (२०५०) लेख्छन्— सातौँ शताब्दीदेखि १३औँ शताब्दीसम्म (सम्भवतः कर्णाली प्रदेशका खस राजाहरूका पालासम्म) वर्तमान भारतको उत्तर प्रदेशको फर्रुखावाद जिल्लामा पर्ने कन्नौज (कान्यकुब्ज)को प्रभाव उत्तर भारतमा रहँदा पाँच सय वर्षसम्म तिब्बतबाट गुगे, मानसरोवर, सिजा, दुल्लु, सुर्खेत र श्रावस्ती हुँदै एउटा चल्तीको बाटो साकेत (अयोध्या) भएर जान्थ्यो, अर्को नैमिषारण्य (हालको सीतापुर जिल्लाभित्र पर्ने नेमसर) भएर कन्नौजमा जोडिन्थ्यो।
भारतका तीर्थयात्रीको मानसरोवर जाने सबभन्दा छोटो र सजिलो बाटै त्यही थियो। तर पृथ्वी मल्लको पाला (१४औं शताब्दी)पछि खसराज्य टुक्रिनाले अथवा अलाउद्दिनको आक्रमणले कन्नौज ढलेपछि त्यस बाटाको प्रयोग किन कम हुँदै गएछ, त्यो कुरो बुझ्न सकिएन।
नेपाल सरकारले अहिल्यै उच्च प्राथमिकता दिएर त्यो बाटो बनाउन सके हिन्दू, बौद्ध र बोनधर्मीहरूको तीर्थ कैलास मानसरोवर ओहोरदोहोर गर्न त्यो नै चीन र भारत जोड्ने सबभन्दा सजिलो र छोटो अन्तर्राष्ट्रिय मूल बाटो हुन्थ्यो। त्यो बाटाको पुनर्निर्माण नेपालले नगरेकाले भारतको पिथौरागढबाट ठूलो कष्ट सहेर तीर्थयात्रीहरू अहिले कैलास मानसरोवरको तीर्थयात्रा गरिरहेका छन्। यसमा नेपाल सरकारले भारत र चीनको (अथवा नेपालकै कर्मचारी सञ्चय कोषको) संयुक्त लगानी निम्त्याउन पनि सक्छ। नेपाली तीर्थयात्रीलाई पनि त्यहाँ पुग्न मन छ। तर सस्तो र सजिलो बाटै छैन। मानसरोवर जाने त्यो प्रागितिहासिक बाटो फेरि जीवन्त बनाउन सके, त्यस बाटाले पनि नेपालको आन्तरिक पर्यटन र त्यस क्षेत्रको आर्थिक विकासमा ठूलो टेवा दिने थियो।
पहिले मानसरोवर क्षेत्र नेपालकै थियो, २०१८ तिर मात्र नेपालले सम्हाल्न नसकेर चीनको भयो भन्ने कुरो सत्यमोहन जोशी (२०२८)ले लेखेका छन्।
मानसरोवर क्षेत्रसित भौगोलिक रूपमा नेपाल जोड्ने कर्णाली नदीले हो। मानसरोवरबाट ब्रह्मपुत्र, कर्णाली, गंगा र सिन्धु नदीहरू बग्छन्। ब्रह्मपुत्र नदी मात्र राक्षस तालमा नमिसिईकन पूर्वतिर बग्छ। तर गंगा, सिन्धु र कर्णालीको पानी त राक्षस तालमा मिसिएर मात्र बग्छ। किनभने राक्षस तालमा पानीको सतह मानसरोवरको सतहभन्दा ५० फिट तल छ। भारतले चाहिँ राक्षस तालमै मिसिएर पानी बग्ने ती सबै नदीलाई मानसरोवरबाट बगेको पवित्र पानी मानेर तीर्थको विकास गरेको छ र आफ्ना तीर्थवासीहरूको आयआर्जनको स्रोत बनाएको छ,। तर कर्णाली (जस्तै, हुम्ला)का मानिसचाहिँ कर्णाली नदीचाहिँ राक्षस तालबाट निस्केकाले त्यसका किनारका मान्छे दुख्याहा भएका हुन् भन्ने अन्धविश्वास मानेर बसेका छन् र कर्णालीको पानी अपवित्र मान्छन्।
कर्णाली नदीको विस्तृत चिनारी सत्यमोहन जोशी (२०२८)ले दिएका छन्। मानसरोवरको दक्षिणतिर ‘माप्चा चुंगो’ (मुजुरको टाउको) नामक पानीको मूलबाट कर्णाली उम्रिन्छ। माप्चा चुंगोबाट हिमाल छेडेर मुख्य कर्णालीमा त्यो पानी मिसिँदा मुजुरको घाँटी जस्तो हरियो झ्याउ भएको पानी देखिन्छ। यसैले कर्णालीको नाउँ ‘मुजुरमुखे’ भएको हो। लाम्पिया घाटीबाट कर्णाली तिब्बतबाट निस्किन्छ (४–५)। कर्णालीले हिमालयलाई ‘यादांग्री’ र ‘सियार’बीचको घाटीबाट छिचोल्छ। त्यही कर्णाली नदीले हुम्ला पुगेपछि ‘हुम्ला कर्णाली’ नाउँ पाउँछ। त्यसैमा मुगुबाट आएको ‘मुगु कर्णाली’ मिसिन्छ। सिँजाखोलामा बग्ने हिमा नदी र जुम्ला उपत्यकाबाट बग्ने तिला नदी पनि यसैमा मिल्छन्। तल पुग्दा त्यसैमा व्यास हिमालबाट निस्केको सेती र कागमाराबाट निस्केको भेरी पनि मिसिन्छन्। (भारतको उत्तर प्रदेशमा भगवान रामको जन्मथलो अयोध्या पुग्दा यही नदी भगवान रामको थाङ्ना धुने) ‘सरयू’ नदीका नामले प्रसिद्ध भएर त्यस मनि गंगा नदीमा गएर मिल्छ (६–७)।
यसरी कर्णालीका बासिन्दाको कर्णाली नदी बारेको अन्धविश्वास हटाएर उनीहरूलाई कर्णाली पनि मानसरोवरबाटै बगेको र अझ भगवान् रामचन्द्रलाई समेत नुहाएर पवित्र बनाउने पानी हो भन्ने कुरो बुझाएर ‘मानसरोवरको पानी’ भनेर कर्णालीको पानी बोतलमा हालेर नेपालका तीर्थहरूमा बेच्यो भने पनि भक्तहरूले संग्रह गर्छन्। सबै नेपाली भक्तहरू मानसरोवरको एक÷एक बोतल पानी घरमा राख्न तयार छन्। मानसरोवरको पवित्र पानी हरेक धर्मप्राण नेपालीको सुलभ पहुँचसम्म पु¥याउन सचेत हुनुपर्छ।
मानसरोवर जाने नेपाली बाटो धेरैजसो त्यही पवित्र कर्णाली नदीको गड्तिर हुँदै उकालो लाग्छ।
ऐतिहासिक गढीहरु अतिक्रमण तत्काल हटाउँछौं : पुरातत्व विभाग् - गणेश राई , अाेखलढुंगा असार ११, २०७३- हाल संघीय प्रदेश–१ मा परेको ओखलढुंगा जिल्ला सन् १७५६ तिर काठमाडौं उपत्यकाका राज्यहरुमाथि कब्जा गर्नु अगाडि नै पृथ्वीनारायण शाहको अधिनमा आएको ‘मेचीदेखि महाकाली भाग–१’ पुस्तकमा उल्लेख छ । उक्त पुस्तकमा ओखलढुंगाको आठवटा थुमहरु बुङनाम, तलुवा, च्यानाम, सोलु, तिल्पुङ, चिसंखु, चुप्लु र चौरास उल्लेख गरिएका छन् । गोरखाली फौजको आक्रमण र पराजयपछि छाडिएका ती थुम, गढी, दुर्गहरुमा देवीस्थापना गरी सामूहिक पूजास्थलका रुपमा विकास गरिएका पाइएका छन् । ०७ सालअघिसम्म यी कोटघरहरुमा दशैको बेला मौलो लगाउने चलन थियो । अहिले पनि स्थानीयले दशैको बेला पूजा गर्ने गरेका छन् । इतिहासविद् ज्ञानमणि नेपालका अनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि काठमाडौं उपत्यकापूर्वतर्फ किराती शासकहरुको ससाना राज्यहरु थिए । ऐकीकरणपछि प्रमुख ऐतिहासिक गढीहरुमध्ये केहीको अध्ययन, अनुसन्धान भएको तर सबैको हुन नसकेको बताए । ‘त्यस बेलाका राजाले सैनिक पाल्दैनथे,’ इतिहासविद् नेपालले भने, ‘लडाइँका न...
स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट नेपालको भाषा आधिकारिक भाषा हरु नेपाली (गोर्खाली) [१] क्षेत्रीय भाषा हरु सम्मिलित मैथिली , नेपाल भाषा (नेवारी), थारु , गुरूङ , तामाङ , मगर , शेर्पा , किराँती , भोजपुरी तथा अन्य भाषाहरु सांकेतिक भाषा हरु नेपाली सांकेतिक भाषा झानकोट सांकेतिक भाषा , जुम्ला सांकेतिक भाषा , घान्द्रुक सांकेतिक भाषा बि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १२३ भाषाहरु मातृभाषा (पहिलो भाषा)को रुपमा बोल्ने गरिन्छ । [२] अधिकांशरुपमा नेपालमा भारोपेली तथा चीनीया-तिब्बती भाषा परिवारका भाषा बोल्ने गरिन्छ । नेपालको सरकारी कामकाजको भाषालाई नेपाली हो जसलाई विगतमा गोर्खाली वा खसकुरा भन्ने गरिन्थ्यो । बि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार, मातृभाषाका रूपमा नेपाली भाषा बोल्ने भाषीको प्रतिशत ३४.३६% रहेको छ भने बैतडेली भासा बोल्ने संख्या ४९.५६ छ।। [३] नेपाल सानो देश भए पनि यहाँ धेरै विविधता छ । यहाँ धेरै जात-जाती, समुदाय, धर्मका मानिषहरू बसोबास गर्छन । सबै सम...
Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal The basic principle of census is to ensure that no one is left and no one is repeated Kamal Dev Bhattarai published on 2020-09-23 19:09:00 Nepal has been carrying out decennial population census since 1911, with the next one, the country’s 12 th , due in June 2021. The body mandated to conduct it is the Central Bureau of Statistics (CBS), a government agency under the National Planning Commission. Bureau officials say they are working on war-footing to make the census possible, yet it’s a tough task in the middle of a pandemic. And will the census also include Kalapani? Kamal Dev Bhattarai spoke to Rudra Suwal, senior economist and former CBS Deputy Director General. What is the importance of census? There are multiple dimensions to and benefits of census. First, census is a constitutional obligation as it is on the basis of population that electoral cons...
Comments
Post a Comment