काठमाडौँ — २२ असार २०७३ को कुरा, मार्टिन चौतारीका लागि म्यागेजिन जम्मा गर्न शिव रेग्मीको कुटीमा गएको थिएँ । तल्लो तलाभरि पत्रिकैपत्रिका पुस्तकैपुस्तक थिए ।
जीवनभर संकलन गरेका केही पुस्तक र पत्रपत्रिका एकएक गरी अन्माउनुपर्ने थियो, जीवनको उत्तरार्द्धमा । एक पटक दिने भनेर ठिक्क पारेका पत्रिका पल्टाउँदै हेरिरहन्थे र भन्थे, ‘भो यो नलैजानुस्, मलाई चाहिन सक्छ ।’ कुनै फेरि ‘ह्या लैजानुस्’ भन्दै दिन्थे । दोधार थियो । भुइँचालोले दिएको दुःख र बुढेस लागेपछि सम्हाल्न नसक्दा पत्रैपत्र गरी बटुलिएका पत्रिका राखीसाध्य थिएन । उत्तराधिकारीको अभावमा पुस्तकालयलाई दिनु बेस ठानेका थिए ।
त्यसपछि म शिवको घरमा नियमित गएँ । कहिले छतमै बोलाउँथे, गफ गर्थे । कहिले पुस्तकालयमा भुलाउँथे । सुगर रोगले गलाएर आँखाको तेज कम गरे पनि आइग्लास लिएर पढ्थे । स्मरण शक्ति ज्यादै तेज थियो । सोधेको कुरा, ‘फलानो पत्रिकाको फलानो पृष्ठमा छ’ भनेर बताउन सक्थे । बिनाप्रमाण बोल्दैनथे ।भेटकै सिलसिलामा मलाई उनको जीवन कहानी जान्ने रुचि लाग्यो । यस्तो रुचि राखेकाले रेग्मीले उनीबारे लेखिएको एउटा थेसिस पढ्न दिए । उनले भन्थे, ‘यो कसैका लागि कसैले लेखिदिएको थेसिस हो ।’ नामचाहिँ खोलेनन् । को होलान् ती ‘सेरोगेट’ लेखक ? नाउँ थाहा नभए पनि नलेखिएको रेग्मीको जीवनीभन्दा त्यो थेसिस नै राम्रो लाग्यो । तीन–चार भेटघाट र ‘भाडाको थेसिस’ लाई मैले उनको सिलसिलेवार जिन्दगी बुझ्ने बाटो बनाएँ ।
उनीहरूका पुर्खा बझाङको कुनै एक नदी किनारको फाँट रेगमबाट आएका हुन् रे । त्यस्तो फाँटलाई जिउला भनिँदोरहेछ । रेगम जिउलाबाट ज्योतिषीको काम गर्दै पुर्खाहरू नुवाकोट जिल्लाको बेलकोट आइबसे । पछि नैकाप भञ्ज्याङ हुँदै ठमेलमा आइबसेका थिए ।१९९८ सालमा ठमेलमा जन्मे शिव रेग्मी । यो नाम धेरैसँग जुध्छ । कुनै सन्दर्भमा मैले शिव रेग्मीको नाम सुनाउँदा, ‘उनी त बिते हैन र ?’ भन्थे कसैकसैले । चलचित्रका निर्देशक शिव रेग्मीलाई सम्झेर । के म बितेको मान्छेलाई भेट्न जान्थें र । यस्तो हैरानी शिव रेग्मीले नखेप्ने कुरै थिएन । नाम जुधेर हैरानै हुन्थ्यो । शंकर लामिछानेको ‘नाममा छ के ?’ शीर्षकको निबन्ध पढेपछि शिव रेग्मीलाई फन्का छुट्यो । एउटै नाम धेरैको हुँदा पाएको दुःख विसाउन ‘नाममा के छैन’ भन्ने निबन्ध पनि लेखे । रेग्मीले २०१५ सालमा एसएलसी दिएका थिए । एसएलसीपछि आफूले सानैमा पढेकै बाल विकास स्कुलमा २०१९ सालसम्म पढाए । त्यही बेला ठमेलका युवाहरू मिलेर खोलेको ‘नवीन विकास मण्डल’ मा स्वयंसेवक भई २०१७ सालसम्म काम गरे । उमेरमा तलमाथि भए पनि उनका सखीजन त्रिरत्न मानन्धर, जनक प्याकुरेल, मोहन लालले पनि स्वयंसेवक काम गर्थे ।
नवीन विकास मण्डलमा हुँदा ठमेलका युवा कृष्णभक्त श्रेष्ठ, तीर्थराज वन्त, मोहनहिमांशु थापा, बालमुकुन्ददेव पाण्डे, विष्णुप्रताप शाहसँगसँगै हिँड्दा हस्तलिखित पत्रिका पनि निकाले । जुन पत्रिका नवीन विकास मण्डल, राष्ट्रिय पुस्तकालयको टेबुलमा राखिन्थ्यो । यस्तो पत्रिका बुट्टा भरेर, ड्रइङ गरी, राम्रो अक्षरमा लेखेर एकै वा दुई कपी निकालिन्थ्यो । रेग्मी भन्थे, ‘यस्तो हस्तलिखित पत्रिकाबारे आमोद भट्टराईले केही लेखेका छन् ।’ठमेलको नेवारी संस्कृतिमा हुर्केका शिव २०२४ सालमा ज्याठाकी ज्वालादेवी बज्राचार्यसँग जोरिए । विजातीय बिहे भएकाले, डरले घरै नगई बसे । उ जमानामा गरेको विजातीय बिहे भए पनि सामाजिक समस्या भोग्नुपरेन । २०२२ सालमा तत्कालीन कानुन आयोगमा खरदार भए । डेराको जिन्दगी गुजारेका उनले २०३० सालमा टुक्रो जमिन पनि किने । २०४३ देखि २०६१ सालसम्म प्रेस इन्स्टिच्युटमा पढाए । २०५८ सालमा उपसचिवमा जागिरे जिन्दगी बिसाए । विजातीय बिहेपछि ठमेलको छालबाट परपर सर्दै पछिल्लो समय उनी कात्यानी पुगेका थिए ।
शिष्ट, नम्र, भद्र र पातलो बान्कीका रेग्मीलाई शारीरिक बल लाग्ने कुरामा रुचि थिएन रे । उनले भन्थे, ‘ज्यानले दिए पो कुस्ती खेल्नु । खिनौरो ज्यान पढ्न लेख्न लागेँ ।’ ‘जन्मथान नै राजधानी भएपछि भेटघाट र गफै प्यारा’ उनी भन्थे । २०१७ सालतिरको कुरा हो, रेग्मीले पुस्तकालयमा स्वयंसेवक हुँदा पढ्ने धेरै मौका पाए । लेखक हुने रहर पनि थियो होला क्यार २०२० सालमा एउटा कविता लेखे, ‘कुनै दिनको स्मृति’ । कविता मात्र होइन लेखनीका धेरै विधा चहारे । साढे ५ फुटे पातलो ज्यानका रेग्मीले कविता, कथा, निबन्ध, समालोचना लेखे । बीस–बाइस सालतिर गद्य नलेख्नेलाई लेखक भनिँदैनथ्यो रे । फेरि बीए, एमए नपढेकाले गद्य लेखे पनि नपत्याइने । गद्य लेख्न डिग्री पनि चाहिने, अघोषित नियम रहेछ । त्यसैले रातोदिन पढेर रेग्मीले एमए सकाए २०३२ सालमा । गद्य लेखक हुने रहरले । हुन त रेग्मीे एमए सक्नुअघि २०२७ सालबाट गद्य क्षेत्रमा लागेका थिए । गोरखापत्र, गरिमा, मिर्मिरे, मधुपर्क, समकालीन साहित्य, प्रज्ञा, पारिजात, विमोचन आदिमा छपाउँदै गए । साढे २ सय जति समालोचना लेखे । पछि समालोचना लेख्नै छाडे ।
समालोचनाबारे उनको किस्सा, उनको घरको छतमा बसेर सुनेको थिएँ । रेग्मीले प्रायः मलाई घरको छतमा बोलाउँथे । टेबुलमा कुइना टेकेर कुरा गर्थे । कुनै बेलाको प्रसंग निकाले । लेख्ने–पढ्नेहरू न्युरोडको पीपलबोटमा भेला हुन्थे । कुनै एक सज्जनले आफ्नो ठाउँबाट कतै नसरी ‘ए शिव यता आऊ’ शैलीमा रेग्मीलाई बोलाए । उनमा पनि लेखकी बान्की थियो । ‘म किन आउने तिमी नै आऊ’ भनेछन् । पछि ती सज्जन नजिकै आएर, ‘तिमीले लेखेको समालोचनामा यो मिलेन उ मिलेन’ भन्न थालेछन् । शिव भन्थे, ‘समालोचनामा प्रशंसा खोज्ने प्रवृत्ति थियो ।’ यो देखेर उनलाई यो विधा त्यति मन रमेन । २०३४ सालतिर कथा पनि लेखे । २०३५ सालसम्म ३ वटा कथा लेखेर बिट मारे । किन हो कुन्नि त्यसमा पनि मन रमेन । २०३४ सालदेखि नै निबन्ध विधामा पसे ।
उनले १५० निबन्धात्मक लेखहरू गोरखापत्र, हुलाक, नेपाल, प्रज्ञा, मधुपर्क, युवामञ्चमा फुटकर रूपमा प्रकाशित गरे । यिनै निबन्धात्मक विषयवस्तुबाट उनी खोजीमेलीतिर लागे । २०३६ सालमा ‘हुलाक’ पत्रिकाको सम्पादक हुनेताका यसमा छापिने अंकित चिह्नको बारेमा शोधखोज गरी ठिक्कका लेखहरू लेखे । उनको खोजीमेलीको सुरुआत त्यसै समयतिर भएको थियो । ‘शारदा’ पत्रिकाका सम्पादकीयहरू संकलन गरेर पुस्तक नै तयार पारे २०५८ सालमा । कुराकानीको क्रममा मलाई भनेका थिए ‘यो किताब एकेडेमीमा पाइन्छ, किनेर पढ्नुहोला, २० वर्ष लाएर संकलन गरेको हुँ ।’ मैले ‘हुन्छ पढौँला’ भने । किनेर सरसर्ती पढेँ पनि । यही पुस्तकको २५ पृष्ठमा उनले, ‘निरन्तर रूपमा ‘शारदा’ का सम्पादकीयहरू बुझेर पढ्ने र त्यहीअनुसार लेख्दै जाने हो भने बिस्तारै ऊ पनि एउटा सफल साहित्यकार बन्न सक्छ’ भनी लेखेका छन् ।
खोजी र संकलनको रुचिले रेग्मीका सम्पादन, संयुक्त सम्पादन तथा लेखनमा अन्य किताबहरू पनि निकाल्न सके । खोजीमेली २०७३, राजीनामा (भैरव अर्यालका विविध रचना २०७१), गोरखापत्रको इतिहास २०६७, महाकविका भूमिका २०६६, गोरखापत्रका एक सय एक निबन्ध २०६०, शंकर लामिछानेका निवन्ध २०५९, भूपी सेरचनका कविता २०५७ आदि छन् । २०५० देखि २०५१ सालसम्मसमीक्षा शोध मर्म पत्रिकाको पनि सम्पादन गरे । संकलनका त उनी धुरन्धार नै हुन् । उनी भन्थे, ‘सातै वर्षको हुँदो हुँ, घरमा बाले उदय, शारदा, प्रगति पत्रिका ल्याउनुहुन्थ्यो । तिनै पत्रिका पढ्दै हुर्केको हुँ । पढ्दापढ्दै संकलन पनि गरें ।’ उनले जीवनमा १५ सय शीर्षकका पत्रिका संकलन गरे रे । यी पत्रिकाका अंकहरू रिठ्ठो नबिराई बटुलेका थिए, छापिएजति । यी १५ सय शीर्षकमा पूरा अंक नभएका पत्रिकाको कुनै लेखो थिएन । गोविन्दराज भट्टराईले ‘अतीतको पानामा’ लेख्छन्, ‘फलाना पत्रिकाको फलानो अंक चाहियो भने काठमाडौँमा उनैकहाँ धाउनुपर्थ्यो ।’
२००९ सालमा छापिएको ‘प्रगति’ पत्रिकाको अंक ६ दुर्लभ भएकाले त्यसलाई खोज्न थाले । २०३४ सालतिर रत्न पुस्तक भण्डारमा त्यति बेलाका सदस्य शिवराम श्रेष्ठसँग परिचय भयो । श्रेष्ठले त्यो अंकमा शंकर लामिछानेले मातृकाप्रसाद कोइरालाको अन्तर्वार्ता भएको बताएका थिए । यो अंक हात नपरुन्जेल चञ्चल भए । मदन पुरस्कार पुस्तकालय गए, पाएनन् । ईश्वर बरालकहाँ गए त्यहाँ पनि रहेनछ । माड्साव वासुदेव लुइँटेलले ‘भेटियो’ भनेर बोलाउँदा पनि वर्ष २ अंक १ परेछ । पछि ईश्वर बराललाई फकाएर त्यति बेला एकेडेमीका कुलपति जनकलाल शर्माकहाँबाट फोटोकपी गरी ल्याए । ‘बराल नभएको भए शर्माले पत्याउँदैनथे होला,’ उनी सम्झन्थे । तर पनि बरालले फोटोकपी ल्याइदिँदा ‘कभरपेज’ फोटोकपी नगरेकाले उनको चाहना फिस्सै रह्यो । उनी भन्थे, ‘प्रकाश ए राज, शान्तदेव भट्टराई आदिको संकलनमा भएको सामग्रीको आधारमा मैले पत्रपत्रिकाको प्रारम्भिक अध्ययन गरेका हुँ ।’ ईश्वर बरालको झ्यालबाट २०२९, राममणि आदिको पुराना सम्झना २०२९, रामलाल अधिकारीको निबन्ध यात्रा सन् १९७५, गृष्मबहादुर देवकोटाको ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’ २०२४ आदि पुस्तक उनको लेखनीका आधार भएको बताउँथे ।
खोजीमेली गर्ने उनको बानीबारे चासो राखिरहेको थिएँ । उनी भन्थे, ‘२०३१/३२ सालतिर मैले पाएसम्मका सबै पत्रिका पढ्न थालें । घरैमा केही किताब थिए, ति पनि पढें ।’ यसले खोजी विधातिर जान प्रेरित भयो । कमलमणि दीक्षितले लेखेका यस्तो पनि,२०१६ र कालो अक्षर, २०१७ पढेपछि उनलाई कति खोज्न सकेको, कस्तो राम्रो लेखेको भन्ने लाग्थ्यो । उति बेलै । यी किताब पनि उनको खोजी र लेखनीका प्रेरणा थिए । मोतीराम भट्टको खोजबारे उनले यस्तो कथा सुनाएका थिए । ठमेलको बाल विकास स्कुलमा एक सज्जनलाई उनले पढाएका थिए । ती जलकृष्ण श्रेष्ठ थिए । पछि पुरातत्त्वमा काम गर्न गए । जलकृष्णले २०४०/४२ सालमा गोरखापत्रमा एक विज्ञापन निकाले । संस्कृतिसम्बन्धी पुराना पत्रिका पुस्तक संकलनका लागि । जलकृष्णले रेग्मीलाई ‘माड्साब’ भन्थे । पढाएको हुनाले । रेग्मी माडसाबले गोरखापत्रमा छापिएको विज्ञापन देखेपछि शिष्यलाई, ‘काम नलाग्ने साहित्यको किताब तथा पत्रपत्रिका आयो भने मलाई दिनू’ भनेका थिए । हृदयचन्द्र सिंह प्रधानको सम्बन्धी पर्ने डा. भवानीभक्त सिंहकहाँबाट जलकृष्णले बटुलेका सामग्री रेग्मीले उनको घर क्षेत्रपाटीमा गएर ल्याए । त्यहाँ उनले मोतीरामको डायरी फेला पारे ।
यही स्रोतको आधारमा उनले मोतीराम भट्टसम्बन्धी अझ खोजबिन र लेखनी गरे । मोतीरामबारे लेखिएका रचना माथि टिप्पणी गर्नसक्ने पकड राखे । १९९१ सालमा नेपाली साहित्य सम्मेलन पत्रिकामा धरणीधर कोइरालाले मोतीराम भट्टले इलाहवादबाट ‘इन्ट्रेन्स’ (आईएसरह) पास गरेको लेखेका थिए । अध्ययनको क्रममा शिव रेग्मीले मोतीरामले आईए पास नभएको थाहा पाए । यसबारे कमलमणिलाई सोध्न लगाए, मानेनन् । प्रकाश ए राजले ‘थाहा भएन’ भने । त्रिरत्न मानन्धरले इलाहवाद विश्वविद्यालय खुलेको मिति बताइदिए । उनले आफूसँग भएको डायरीको आधारमा निष्कर्ष निकाले, ‘मोतीरामले इलाहवादबाट मिलिटरी तालिम लिएका मात्र रहेछन् ।’ मोतीराम भट्टको जीवनी मृगेन्द्रशमशेरको हुकुमबमोजिम सुनेको आधारमा नरेन्द्रराज पाण्डेले लेखेका थिए । मोतीरामबारे त रेग्मीले डायरी पढेकै आधारमा विभिन्न लेख लेखे ।
एउटा पुरानो कागजातको महत्त्व कति हुँदो रहेछ र त्यसले मै हुँ भन्नेलाई समेत थैथै पार्न सकिने उनले यति बेला बुझे । ‘पुराना पुस्तक तथा पत्रपत्रिकाको संकलन भएमा त्यो लेखकको बलियो आधार हुने’ रेग्मी बताउँथे । कसैले गल्ती गरेको ठाउँमा सामग्री बनाउन सकिन्छ । उनले यस्ता धेरै पक्षहरू भेटाए । तर पनि चोरी र नाम उल्लेख नगरिदिने समस्याबाट भने आजित थिए । जस्तो सिद्धिचरणको पहिलो कविता ‘भुइँचालो’ को प्रसंग । त्रिभुवन विश्वविद्यालय नेपाली विभागका मास्टरहरूले केही नयाँ भेटे आफूले भेटाएको भनी हतारिएर लेख्थे । तर, त्यो उनीहरूले नभई उनका विद्यार्थीले भेटाएका हुन्थे । शोध गर्न आउने विद्यार्थीलाई शिव रेग्मीले भेटाएर नयाँनयाँ विषयवस्तु दिन्थे । यसरी दिएका चीज विद्यार्थीका शोध निर्देशकले आफूले भेटाएको भन्थे । त्यो चाहिँ चित्त बुझ्ने कुरै भएन । शिव रेग्मीको सल्लाहमा सिद्धिचरणको ‘भुइँचालो’ कविता त्यसैगरी एक विद्यार्थीलाई दिए, एक मास्टरले आफूले भेटाएको लेखिदिए । उनी भन्थे, ‘पछि गोरखापत्रले समेत त्यो कविता छाप्दा कहाँबाट कसरी आयो भन्ने नखुलाई नै छाप्यो ।’संकलनको कथा यत्तिकैमा सकिएको थिएन । दार्जिलिङबाट काठमाडौँ आएका पत्रिका न्युरोडको पीपलबोटबाट किनेर ल्याउँथे रेग्मीले । नेपालमा पाइने पत्रिका त किन्न छुटाउँदैनथे । कतिपय व्यक्तिका जीवनी पढेर पनि विषयवस्तुको खोजीमा लाग्थे । यसरी २०१५ सालदेखि संकलनमा लागेका रेग्मी मैले भेट्दा बाहिरफेर उति घुम्न सक्दैनथे । ज्वालादेवीको शेषपछि उनको सहारा पत्रिका र पुस्तक प्रति नै थियो । उनले विभिन्न व्यक्तिबाट आफ्नो संकलन बलियो पारेका थिए । तीमध्ये अच्युतरमण अधिकारी पत्रिका संकलनका धुरन्धर थिए । रेग्मी भन्थे, ‘मेरोभन्दा ठूलो संकलन थियो उनको । उनले यति धेरै पत्रिका नदिएको भए म त्यति धनी हुने थिइनँ । पछि उनी घरै बेचेर अस्ट्रेलियातिर लागे ।’
त्यसपछि अधिकारीको संकलन तितरबितर भयो । ईश्वर बराल उदार थिए र विश्वास पनि गर्थे । बरालले रेग्मीलाई ‘फोटोकपी गर्नुस् ल्याउनुस्’ भनेर थुप्रै पत्रिका कपी गर्न दिएका थिए । बराल सम्पादक रहेका धरती, इन्द्रेणी आदि पत्रिका उनको संकलनबाट अध्ययनका लागि प्रयोग गरे । शारदाको सम्पादकीय बटुल्न उनले धेरै सहयोग पनि गरे । रेग्मीले भनेका थिए, ‘डेरामा बसेर पत्रिका संकलन गर्ने एक नामूद साहित्यकारकी पत्नीले हैरान भएर संकलित सबै पत्रिका मलाई बेचिदिएकी थिइन् ।’ panthijee@gmail.com
प्रकाशित : फाल्गुन ११, २०७५ १२:००https://www.kantipurdaily.com/koseli/2019/02/23/1550902500181673.html
ऐतिहासिक गढीहरु अतिक्रमण तत्काल हटाउँछौं : पुरातत्व विभाग् - गणेश राई , अाेखलढुंगा असार ११, २०७३- हाल संघीय प्रदेश–१ मा परेको ओखलढुंगा जिल्ला सन् १७५६ तिर काठमाडौं उपत्यकाका राज्यहरुमाथि कब्जा गर्नु अगाडि नै पृथ्वीनारायण शाहको अधिनमा आएको ‘मेचीदेखि महाकाली भाग–१’ पुस्तकमा उल्लेख छ । उक्त पुस्तकमा ओखलढुंगाको आठवटा थुमहरु बुङनाम, तलुवा, च्यानाम, सोलु, तिल्पुङ, चिसंखु, चुप्लु र चौरास उल्लेख गरिएका छन् । गोरखाली फौजको आक्रमण र पराजयपछि छाडिएका ती थुम, गढी, दुर्गहरुमा देवीस्थापना गरी सामूहिक पूजास्थलका रुपमा विकास गरिएका पाइएका छन् । ०७ सालअघिसम्म यी कोटघरहरुमा दशैको बेला मौलो लगाउने चलन थियो । अहिले पनि स्थानीयले दशैको बेला पूजा गर्ने गरेका छन् । इतिहासविद् ज्ञानमणि नेपालका अनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि काठमाडौं उपत्यकापूर्वतर्फ किराती शासकहरुको ससाना राज्यहरु थिए । ऐकीकरणपछि प्रमुख ऐतिहासिक गढीहरुमध्ये केहीको अध्ययन, अनुसन्धान भएको तर सबैको हुन नसकेको बताए । ‘त्यस बेलाका राजाले सैनिक पाल्दैनथे,’ इतिहासविद् नेपालले भने, ‘लडाइँका न...
स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट नेपालको भाषा आधिकारिक भाषा हरु नेपाली (गोर्खाली) [१] क्षेत्रीय भाषा हरु सम्मिलित मैथिली , नेपाल भाषा (नेवारी), थारु , गुरूङ , तामाङ , मगर , शेर्पा , किराँती , भोजपुरी तथा अन्य भाषाहरु सांकेतिक भाषा हरु नेपाली सांकेतिक भाषा झानकोट सांकेतिक भाषा , जुम्ला सांकेतिक भाषा , घान्द्रुक सांकेतिक भाषा बि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १२३ भाषाहरु मातृभाषा (पहिलो भाषा)को रुपमा बोल्ने गरिन्छ । [२] अधिकांशरुपमा नेपालमा भारोपेली तथा चीनीया-तिब्बती भाषा परिवारका भाषा बोल्ने गरिन्छ । नेपालको सरकारी कामकाजको भाषालाई नेपाली हो जसलाई विगतमा गोर्खाली वा खसकुरा भन्ने गरिन्थ्यो । बि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार, मातृभाषाका रूपमा नेपाली भाषा बोल्ने भाषीको प्रतिशत ३४.३६% रहेको छ भने बैतडेली भासा बोल्ने संख्या ४९.५६ छ।। [३] नेपाल सानो देश भए पनि यहाँ धेरै विविधता छ । यहाँ धेरै जात-जाती, समुदाय, धर्मका मानिषहरू बसोबास गर्छन । सबै सम...
Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal The basic principle of census is to ensure that no one is left and no one is repeated Kamal Dev Bhattarai published on 2020-09-23 19:09:00 Nepal has been carrying out decennial population census since 1911, with the next one, the country’s 12 th , due in June 2021. The body mandated to conduct it is the Central Bureau of Statistics (CBS), a government agency under the National Planning Commission. Bureau officials say they are working on war-footing to make the census possible, yet it’s a tough task in the middle of a pandemic. And will the census also include Kalapani? Kamal Dev Bhattarai spoke to Rudra Suwal, senior economist and former CBS Deputy Director General. What is the importance of census? There are multiple dimensions to and benefits of census. First, census is a constitutional obligation as it is on the basis of population that electoral cons...
Comments
Post a Comment