काठमाडौँ — जोगी हुनु त काले राईजस्तो । राईको छोरो उमेरले ३० वर्ष पुगेपछि मात्रै अक्षरको महत्त्व बुझे । त्यसपछि जोगीका साथ लागेर इन्डिया भासिए । अक्षरयात्रा आरम्भ गरे । त्यो पनि संस्कृत भाषा र शिक्षा । गन्तव्य सही ठाउँमा परेछ । जति हिस्सा निरक्षर बाँचे, उत्ति नै हिस्सा संस्कृतज्ञानको महासागरमा चुर्लुम्मै डुबे । वेदान्ताचार्य बने । अनि नेपाली समाजमा फुत्तै निस्किए, डा. स्वामी प्रपन्नाचार्य भएर । उनले जीवनदर्शनको प्रतिपादन गरे । भन्न थाले— ‘जीवन परिश्रमपूर्ण, धैर्यवान र साहसपूर्ण सर्वजनहिताय, सर्वजनसुखायका लागि होस् । सफल होइन असल हुनुपर्छ ।’
डा. स्वामी प्रपन्नाचार्य: स्मृतिग्रन्थ प्रधान सम्पादक एवं प्रकाशक : हरिप्रसाद सोडारीमूल्य : रू. २५०५/–
स्वामीको निधनपछि हालै ‘डा. स्वामी प्रपन्नाचार्य स्मृतिग्रन्थ’ पुस्तक प्रकाशनमा आएको छ । ग्रन्थको प्रधानसम्पादक तथा प्रकाशक हरिप्रसाद सोडारी र सम्पादक वासुदेव प्रपन्न छन् । ग्रन्थ साँच्चै गहन ढंगको छ, जति पृष्ठको आधारमा १०२० पाना छ । विषयसूची आधारमा यसमा समेटिएका सामग्री परिचयसहित १५ खण्डमा विभाजन गरिएको छ । स्मृतिपरक, जीवनी आधारित, संस्कृत भाषा सन्दर्भ र हिन्दी भाषाको संस्मरण लेखसहित नेपाली भाषाका कविताहरू, संस्कृत भाषाका कविता छन् । त्यसैगरी स्वामीद्वारा लिखित एवं सम्पादित कृतिहरू, स्वामीकृत पुस्तकको संस्कृत भाषामा कृतिसमीक्षा, केही अन्तर्वार्ताहरू आदि समेटिएका छन् । स्मृतिपरक लेख २ सय १९ जनाले लेखेका छन् ।
काले राईको जन्म विसं १९८० असोज ३ गते पिता धम्बे राई (धर्मदास) र माता दिलमाया राईको साहिंलो पुत्रका रूपमा नेपालको पाँचथर रविको लालीखर्क गाउँमा भएको थियो । उनको नक्षत्रको नाम गीतानन्द थियो । केही कालो वर्णको भएकाले आमाले काले भनेर बोलाउँथिन् । महागुरु फल्गुनन्दले सीतारामदिल राखिदिए । स्वामी दामोदर प्रपन्नाचार्यले दीक्षा दिंदा रामकृष्ण प्रपन्नाचार्य राखिदिए । वेदान्तदर्शनमा विद्यावारिधिको उपाधि हासिल गरे पनि डा. स्वामी प्रपन्नाचार्यको नामबाट प्रख्यात भए । उनको नागरिकतामा जन्म मिति भने १९९४ असोज उल्लेख भएको पाइन्छ । बलिष्ठ शरीर, हठी र रिसाहा स्वभावका काले राई, सीतारामदिल छँदै बिजुवा पनि थिए ।
२००९ सालतिर उनी दामोदर खतिवडाको भरिया भएर भारतको बनारसतिर लागेका थिए । किरातीपुत्र कालेले धेरै संघर्ष, हन्डर, ठक्करका बाबजुद बनारसमा अक्षराम्भ गरे । रुद्रप्रयागस्थित स्वामी सच्चिदानन्द आदर्श संंस्कृति महाविद्यालयमा आधारशिला पाए । शिक्षाआर्जनका क्रममा शास्त्रीय संगीत, चित्रकला, मूर्तिकलाको अभ्यास गरे । प्रथमा, पूर्वमध्यमा, उत्तरमध्यमा, शास्त्री, आचार्य उत्तीर्ण त गरे नै त्यसपछि सन् १९८० (२०३७ साल) मा विद्यावारिधि उपाधि हासिल गरेका थिए । त्यही वर्ष वीरगन्जमा भएको हिन्दु सम्मेलनपछि स्वदेश फर्किएका थिए ।
आजीवन अविवाहित सन्न्यासी जोगी स्वामी प्रपन्नाचार्यका बौद्धिक कृतिहरू नै उनका सन्तान हुन् । उनले संस्कृत भाषामा लेखेका १८ वटा तथा सम्पादन गरेका १० कृति छन् । त्यसैगरी नेपाली भाषामा १९ कृति छन् । जसमा, ‘वेदमा के छ ?’, प्राचीन हिन्दु विज्ञान, प्राचीन किरात इतिहास, किरातहरू मंगोलियाबाट आएका शरणार्थी होइनन्, काले राईका क्वाँटी कविता, मिल्केका झिल्का आदि चर्चित छन् । हिन्दी भाषामा ३ वटा कृति प्रकाशित छन् भने अंग्रेजीमा पनि तीनवटै कृति रहेका छन् । उनै स्वामी प्रपन्नाचार्यको ९२ वर्षको उमेरमा २०७२ भदौ ३ गते राति निधन भयो । ‘आफ्नी आमालाई ढोग, अर्काकी आमालाई नमस्कार गर । आफ्नो धर्म, संस्कृति, भाषाको श्रीवृद्धि आफैंले गर्नुपर्छ अरूले गर्दैन । गाईलाई जसरी भैंसी बनाउन सकिंदैन, त्यसरी नै धर्म परिवर्तन कुनै हालतमा सम्भव छैन । स्वार्थका लागि परिवर्तन भएँ भन्नु आफ्नै विनाश गर्नु हो,’ स्वामी मननीय वाणी हो ।
धेरै मिहिनेतपूर्व मिहिन ढंगले ‘डा. स्वामी प्रपन्नाचार्य: स्मृतिग्रन्थ’ प्रकाशनमा आएको छ । राज्यले चिनेको व्यक्तित्व हो भने स्वामी प्रपन्नाचार्यको सम्पूर्ण बौद्धिक सम्पत्तिलाई स्वामित्वमा लिएर संरक्षण दिन सक्नुपथ्र्यो । प्रपन्नाचार्यकै नाममा स्मृति प्रतिष्ठान बन्न सक्छ । तर, यत्रो बृहत् ग्रन्थ प्रकाशन कार्य निश्चित शिष्यले मात्र आर्थिक भार ग्रहण गरेर व्यक्तिगत रूपमा प्रकाशन गरिनु मननीय पक्ष हो । हिन्दु धर्मका वेदान्ताचार्यले सिर्जना ज्ञान, दर्शनका कृतिहरूको पुन: प्रकाशन, व्यवस्थापन गर्ने निकायको अभाव खड्किएको महसुस हुन्छ ।
प्रकाशित : असार २३, २०७५ १०:२०https://www.kantipurdaily.com/koseli/2018/07/07/153093814817742879.html
ऐतिहासिक गढीहरु अतिक्रमण तत्काल हटाउँछौं : पुरातत्व विभाग् - गणेश राई , अाेखलढुंगा असार ११, २०७३- हाल संघीय प्रदेश–१ मा परेको ओखलढुंगा जिल्ला सन् १७५६ तिर काठमाडौं उपत्यकाका राज्यहरुमाथि कब्जा गर्नु अगाडि नै पृथ्वीनारायण शाहको अधिनमा आएको ‘मेचीदेखि महाकाली भाग–१’ पुस्तकमा उल्लेख छ । उक्त पुस्तकमा ओखलढुंगाको आठवटा थुमहरु बुङनाम, तलुवा, च्यानाम, सोलु, तिल्पुङ, चिसंखु, चुप्लु र चौरास उल्लेख गरिएका छन् । गोरखाली फौजको आक्रमण र पराजयपछि छाडिएका ती थुम, गढी, दुर्गहरुमा देवीस्थापना गरी सामूहिक पूजास्थलका रुपमा विकास गरिएका पाइएका छन् । ०७ सालअघिसम्म यी कोटघरहरुमा दशैको बेला मौलो लगाउने चलन थियो । अहिले पनि स्थानीयले दशैको बेला पूजा गर्ने गरेका छन् । इतिहासविद् ज्ञानमणि नेपालका अनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि काठमाडौं उपत्यकापूर्वतर्फ किराती शासकहरुको ससाना राज्यहरु थिए । ऐकीकरणपछि प्रमुख ऐतिहासिक गढीहरुमध्ये केहीको अध्ययन, अनुसन्धान भएको तर सबैको हुन नसकेको बताए । ‘त्यस बेलाका राजाले सैनिक पाल्दैनथे,’ इतिहासविद् नेपालले भने, ‘लडाइँका न...
स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट नेपालको भाषा आधिकारिक भाषा हरु नेपाली (गोर्खाली) [१] क्षेत्रीय भाषा हरु सम्मिलित मैथिली , नेपाल भाषा (नेवारी), थारु , गुरूङ , तामाङ , मगर , शेर्पा , किराँती , भोजपुरी तथा अन्य भाषाहरु सांकेतिक भाषा हरु नेपाली सांकेतिक भाषा झानकोट सांकेतिक भाषा , जुम्ला सांकेतिक भाषा , घान्द्रुक सांकेतिक भाषा बि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १२३ भाषाहरु मातृभाषा (पहिलो भाषा)को रुपमा बोल्ने गरिन्छ । [२] अधिकांशरुपमा नेपालमा भारोपेली तथा चीनीया-तिब्बती भाषा परिवारका भाषा बोल्ने गरिन्छ । नेपालको सरकारी कामकाजको भाषालाई नेपाली हो जसलाई विगतमा गोर्खाली वा खसकुरा भन्ने गरिन्थ्यो । बि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार, मातृभाषाका रूपमा नेपाली भाषा बोल्ने भाषीको प्रतिशत ३४.३६% रहेको छ भने बैतडेली भासा बोल्ने संख्या ४९.५६ छ।। [३] नेपाल सानो देश भए पनि यहाँ धेरै विविधता छ । यहाँ धेरै जात-जाती, समुदाय, धर्मका मानिषहरू बसोबास गर्छन । सबै सम...
Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal The basic principle of census is to ensure that no one is left and no one is repeated Kamal Dev Bhattarai published on 2020-09-23 19:09:00 Nepal has been carrying out decennial population census since 1911, with the next one, the country’s 12 th , due in June 2021. The body mandated to conduct it is the Central Bureau of Statistics (CBS), a government agency under the National Planning Commission. Bureau officials say they are working on war-footing to make the census possible, yet it’s a tough task in the middle of a pandemic. And will the census also include Kalapani? Kamal Dev Bhattarai spoke to Rudra Suwal, senior economist and former CBS Deputy Director General. What is the importance of census? There are multiple dimensions to and benefits of census. First, census is a constitutional obligation as it is on the basis of population that electoral cons...
Comments
Post a Comment