दाङ — सोजाक (नमस्कार) । नु गिजी नटी (हजुरको नाम के हो) ? बिहीबार लमहीमा बालबालिकादेखि वयस्कसम्म नयाँ शब्द सिक्न उत्सुक थिए ।
कुसुन्डा भाषाको औपचारिक कक्षा देशमै पहिलोपल्ट बिहीबार दाङको लमहीमा सुरु गरिँदै । कुसुन्डा भाषा बोल्न सक्ने ८१ वर्षीया ज्ञानीमैया र ४३ वर्षीया कमला (बायाँतर्फ कुर्सीमा बसेका) को सहयोगमा भाषा आयोगले भाषा जोगाउन कक्षा थालेको हो । तस्बिर : दुर्गालाल/कान्तिपुर
८१ वर्षीया ज्ञानीमैया र ४३ वर्षीया कमला कुसुन्डा कहिले बेस्सरी हाँस्थे त कहिले मुस्कुराउँथे । केही अप्ठ्यारा शब्द आइपरे शिक्षकले उनीहरूसँग सोध्थे र विद्यार्थीलाई भन्दिन्थे ।
लोपोन्मुख कुसुन्डा भाषा बचाउन देशमै पहिलोपटक देउखुरीमा औपचारिक कक्षा सुरु हुँदै थियो । ज्ञानीमैया भन्दै थिइन्, ‘हामी दुईले मात्रै बोल्दै आएका शब्द स्कुलसम्म आइपुग्यो ।’ज्ञानीमैया र कमला नातालेदिदीबहिनी हुन् । उनीहरूले फिरन्ते जीवन भोगेका छन् । जंगलमै बाआमाबाट सिकेको भाषा अहिलेसम्म याद छ । कुसुन्डा विकास समाजका अनुसारदाङमा ९८ र देशभर २ सय ७३ जना कुसुन्डा छन् । कुसुन्डा भाषा जान्ने भने यी दुई मात्रै हुन् ।
यी दिदीबहिनी लमहीमै भएकाले नजिकैको आदर्श मावि देउपुरमा भाषा आयोगको पहलमा पढाइ थालिएको हो । आयोगका अध्यक्ष लवदेव अवस्थीका अनुसार लमही नगरपालिका ६ कुलमोडमा बस्ने ज्ञानीमैया र कमलालाई भाषाका स्रोत व्यक्तिका रूपमा मासिक ३ हजार रुपैयाँका दरले भाषिक वृत्ति व्यवस्था गरिएको छ ।
कुसुन्डा भाषाका जानकार दाङका ज्ञानीमैया र कमला कुसुन्डा ।
अवस्थीका अनुसार चार चरणमा गरी ३ सय ६० घण्टा पढाइ हुनेछ । पहिलो चरणमा खानपान, सरसफाइ, नातागोता, घरायसी व्यवहारका भाषा सिकाइनेछ । दोस्रो चरणमा सामाजिक सम्बन्धसम्बन्धी, तेस्रोमा पाठ्यक्रममा आधारित र चौथोमा शब्दावली, व्याकरणसहितको शिक्षा दिइनेछ । अहिले भाषा सिक्न दाङ र प्यूठानका २० जना कुसुन्डा जातिकै मानिस सहभागी छन् ।
उनीहरूलाई कुसुन्डा भाषाका अध्येता उदय आलेले सहजकर्ता बनेर पढाउन थालेका हुन् ।‘हामी मरेपछि कसले भाषा बचाइदेला भन्ने लागेको थियो,’ ज्ञानीमैयाले भनिन् । त्यसैगरी कमलाले ‘हामी हुँदै नयाँले सिकेनन् भनेभाषा पनि मरेर जान्छ’ भनिन् । जातिको चिनारी नहराओस् भन्दै उनले थपिन्, ‘भाषा बाँचे संस्कृति पनि बाँच्छ ।’
भाषा हराउँदै जानुको एउटा कारण एकीकृत बस्ती नहुनु हो । ‘देशभरमा कुनै पनि कुसुन्डाको आफ्नो जग्गा छैन,’ कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुरले भने । उनका अनुसार जंगलमा रमाएको जाति गाउँ पस्दा जीवन निर्वाह गर्न गाह्रो भयो । विभिन्न ठाउँमा छरिएर बसेकाले कुराकानी गर्ने कोही भएन । बोल्ने कोही नभएपछि भाषा हराउँदै गयो ।
भाषाबिना संस्कृति बचाउन कठिन भएकाले सिक्न आएको राजपुर गाउँपालिका ७, डगमारा नाकाकी २६ वर्षीया देवकला कुसुन्डाले बताइन् । घोराहीका ११ वर्षीय रमेश कुसुन्डा पनि भाषा सिक्न उत्साहित छन् । आफ्नो भाषा सिक्ने रहर भए पनि यसअघि अवसर नपाएको उनले बताए ।
दाङको लमहीमा कुसुन्डा भाषाको कक्षा लिँदै बालबालिका ।
अध्यक्ष धनबहादुरका अनुसार कुसुन्डा विगतमा समूह बनाएर वनमा तरुल खन्ने, धनुकाँड बोकेर सिकार खेल्ने र गाउँबाट भिक्षा संकलन गरेर खाने गर्थे । उनीहरू ‘वनराजा’, ‘कुसुन्डा’, ‘वनकरिया’ जस्ता नामले चिनिन्छन् । जंगलमा घुम्ने, बस्ने वातावरण नभएपछि र अग्रजको मृत्यु भएपछि पछिल्लो पुस्ता गाउँ पसेर तितरबितर छन् ।
लमही नगरपालिका प्रमुख कुलबहादुर केसीले भाषा बचाउन सक्दो सहयोग गर्ने वचन दिए ।
‘जति धेरैले बोले, उति धेरै भाषा बाँच्छ । नियमित पठनपाठन हुनसके कुसुन्डाभाषी बढ्छन्,’ जिल्ला शिक्षा समन्वय एकाइ प्रमुख सूर्यराज घिमिरेले भने । उनका अनुसार पठनपाठन नियमित र प्रभावकारी बनाउन ‘आवासीय कक्षाको व्यवस्था’ मिलाउन सकिन्छ ।प्रकाशित : पुस २०, २०७५ ०७:२७https://www.kantipurdaily.com/news/2019/01/04/154656612874031346.html
ऐतिहासिक गढीहरु अतिक्रमण तत्काल हटाउँछौं : पुरातत्व विभाग् - गणेश राई , अाेखलढुंगा असार ११, २०७३- हाल संघीय प्रदेश–१ मा परेको ओखलढुंगा जिल्ला सन् १७५६ तिर काठमाडौं उपत्यकाका राज्यहरुमाथि कब्जा गर्नु अगाडि नै पृथ्वीनारायण शाहको अधिनमा आएको ‘मेचीदेखि महाकाली भाग–१’ पुस्तकमा उल्लेख छ । उक्त पुस्तकमा ओखलढुंगाको आठवटा थुमहरु बुङनाम, तलुवा, च्यानाम, सोलु, तिल्पुङ, चिसंखु, चुप्लु र चौरास उल्लेख गरिएका छन् । गोरखाली फौजको आक्रमण र पराजयपछि छाडिएका ती थुम, गढी, दुर्गहरुमा देवीस्थापना गरी सामूहिक पूजास्थलका रुपमा विकास गरिएका पाइएका छन् । ०७ सालअघिसम्म यी कोटघरहरुमा दशैको बेला मौलो लगाउने चलन थियो । अहिले पनि स्थानीयले दशैको बेला पूजा गर्ने गरेका छन् । इतिहासविद् ज्ञानमणि नेपालका अनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि काठमाडौं उपत्यकापूर्वतर्फ किराती शासकहरुको ससाना राज्यहरु थिए । ऐकीकरणपछि प्रमुख ऐतिहासिक गढीहरुमध्ये केहीको अध्ययन, अनुसन्धान भएको तर सबैको हुन नसकेको बताए । ‘त्यस बेलाका राजाले सैनिक पाल्दैनथे,’ इतिहासविद् नेपालले भने, ‘लडाइँका न...
स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट नेपालको भाषा आधिकारिक भाषा हरु नेपाली (गोर्खाली) [१] क्षेत्रीय भाषा हरु सम्मिलित मैथिली , नेपाल भाषा (नेवारी), थारु , गुरूङ , तामाङ , मगर , शेर्पा , किराँती , भोजपुरी तथा अन्य भाषाहरु सांकेतिक भाषा हरु नेपाली सांकेतिक भाषा झानकोट सांकेतिक भाषा , जुम्ला सांकेतिक भाषा , घान्द्रुक सांकेतिक भाषा बि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १२३ भाषाहरु मातृभाषा (पहिलो भाषा)को रुपमा बोल्ने गरिन्छ । [२] अधिकांशरुपमा नेपालमा भारोपेली तथा चीनीया-तिब्बती भाषा परिवारका भाषा बोल्ने गरिन्छ । नेपालको सरकारी कामकाजको भाषालाई नेपाली हो जसलाई विगतमा गोर्खाली वा खसकुरा भन्ने गरिन्थ्यो । बि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार, मातृभाषाका रूपमा नेपाली भाषा बोल्ने भाषीको प्रतिशत ३४.३६% रहेको छ भने बैतडेली भासा बोल्ने संख्या ४९.५६ छ।। [३] नेपाल सानो देश भए पनि यहाँ धेरै विविधता छ । यहाँ धेरै जात-जाती, समुदाय, धर्मका मानिषहरू बसोबास गर्छन । सबै सम...
Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal The basic principle of census is to ensure that no one is left and no one is repeated Kamal Dev Bhattarai published on 2020-09-23 19:09:00 Nepal has been carrying out decennial population census since 1911, with the next one, the country’s 12 th , due in June 2021. The body mandated to conduct it is the Central Bureau of Statistics (CBS), a government agency under the National Planning Commission. Bureau officials say they are working on war-footing to make the census possible, yet it’s a tough task in the middle of a pandemic. And will the census also include Kalapani? Kamal Dev Bhattarai spoke to Rudra Suwal, senior economist and former CBS Deputy Director General. What is the importance of census? There are multiple dimensions to and benefits of census. First, census is a constitutional obligation as it is on the basis of population that electoral cons...
Comments
Post a Comment