आदिवासी भाषा दशक र गायक राजेश पायल राईहरू

 

कुब्जोङ किरात

कुब्जोङ किरात३ वैशाख २०८१, सोमवार

गायक राजेश पायल राई, अँध्यारोबाट उज्यालोतिर अन्तरवार्तामा

त्यस दिन हामी सुन्दरीजल पिकनिक खान गएका थियौं । कुरो २०४८÷४९ सालतिरको हो । हाम्रो टोलीमा दुईजना उदीयमान गायक साथी थिए, राजेश पायल राई र यम बराल । साथै आरआर क्याम्पसमा आईए संगीत विषय पढ्दै गरेका केटी साथीहरू थिए । पिननिकमा सहभागी हुनुको रौनक तिनै दुई साथीको गीत सुन्न पाउनु थियो । उतिखेर राजेश पायल ल क्याम्पसमा भर्ना भएका थिए, सायद । हामी आरआरका सहपाठी थियौं । सबैजना आलाकाँचा अल्लारे थियौं, १६ देखि २०–२१ का । हामी अल्लारेहरूले खोला दहमा नाङ्गैभुतुङ्गै पौडी खेलेको फोटो अहिले पनि छ । 

उतिखेर बजारमा चर्चित गीत थियो, ‘सपना सपना म तिम्रो सपना, मायाले राखिदियो मेरो नाम सपना’ । त्यो गीत ‘सपना’ फिल्म (१९९३)को थियो । गीतमा नायक भुवन केसी र नायिका करिस्मा मानन्धरको प्रेमिल अभिनय थियो । सबै तन्नेरी पुस्ताको जिब्रोमा हरपल झुण्डिरहेको कुमार सानु र आशा भोसलेको स्वरमा थियो । त्यही गीत राजेश पायलजीले हामी साथीहरूमाझ दुरुस्तै गाएर हाम्रो पिकनिक सपना पूरा भएझैं भएको थियो । यमीजीले कुनचाहिं गीत गाएका थिए, त्यत्ति ख्याल भएन । तर पिननिक गएर फर्केको केही समयपछि ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा, मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिँदा’ बोलको गीतले यललाई चर्चित र स्थापित बन्यो । यमका अनुसार यो गीत २०४९–५० सालतिर रेकर्ड भएको हो । 

उसैगरी राजेश पायल राईको ‘फैलियो माया दुबो सरी कहिल्यै घटेन’ गीतले नेपाली मनमनमा ठाउँ लियो । त्यसपछि त यम र राजेश पायल हाम्रा अनि राम्रा साथी दिलमा बस्न सके । भेटघाट पातलियो । दुई साथीको चर्चासँगै सांगीतिक यात्रामा व्यस्त हुन पुगे । आफू लेखक बन्ने ध्याउन्नमा ओथारो बस्नेतर्फ लागियो । गन्तव्य अलग–अलग भएपछि लाखापाखा भइयो । को कहाँ कता पुगे । पुग्यौं ।  
यतिखेर उनै राजेश पायल राईले गायनको ३३ वर्षमा हासिल गरेको चर्चालाई संक्षिप्तमा सम्झिने र आम गायक–गायिकाभन्दा केही फरक उपलब्धीबारे चर्चा गर्न चाहेको छु । राजेश पायलले रेडियो नेपालमा स्वर परीक्षण पास गरेपछि रेडियो नेपालमा रेकर्ड भएर बजेको पहिलो गीत थियो– ‘सम्झनाको कुरा नगर...।’ शक्तिकुमार श्रेष्ठको शब्दको गीत एक टेकमै रेकर्ड भएको थियो । २०४८ सालमा गाडिएको त्यो कोसेढुंगायता राजेश पायलको सांगीतिक यात्रा यत्ति रफ्तारमा भन्ज्याङनेर आइपुग्यो कि उनले बिसाउनै नपाइ माथि चुचुरोमा पुगेर नेपालको झण्डा फहराइरहेका छन् । विश्वका ५० भन्दा बढी मुलुक अनि दश वर्षमै १७ पटक अमेरिका पुगेर सांगीतिक प्रस्तुति दिइसकेका छन् । 

२०३२ असोज १४ गते खोटाङको बुइपामा जन्मिएका राजेश पायललाई ‘राई इज किङ’ भन्दछन् । संसारभरि छरिएर रहेका नेपालीलाई नेपालीपन बाँड्न सांगीतिक कोसेली लिएर थुमथुममा पुग्ने गर्छन् । वर्षको ३ सय ६५ दिनमध्ये बढीजसो दिन विदेश अर्थात् प्रवासी नेपालीमाझ बित्छ । २०८० सालसम्म आइपुग्दा ८ हजार गीत रेकर्ड गरेका छन् । त्यसमा ५ हजार चलचित्रमा गाएका छन् ।  अधिकांश गीत खस–नेपाली भाषाका छन् । उनले अंग्रेजी, जापानी भाषाको पनि गीत गाएका छन् । पाँच घण्टामा ९ वटा गीत रेकर्ड गराउने सफल गायक हुन् । उनले किरात राई समूहका २६ भाषामध्ये २४ भाषाका गीत गाएका छन् । उनले मातृभाषाका गीत रेकर्ड गराएर सामाजिक जागरण पैदा गरेका छन् । राजेशपायल ‘भर्सटायल गायक’ भनेर चिनिन्छन् । उनी आधुनिक गीत, लोकगीत, भजन, पपगीत गायनसँगै दर्शकमाझ नाच्ने र नचाउने अद्भूत क्षमतायुक्त छन् । उनका मूच्र्छना, पूर्वमा रङ चढेछ, जस्ट फर यु, लभ लेटर, बैगुनी रैछौ मायालु, निगाह, जदौ, कामना, जदौ–२, दर्शन नमस्ते, राई इज किङ, तिमी नहुँदा, मूच्र्छना–२, जदौ–३, मेड इन नेपाल, सेवारो लगायत डेढ दर्जनभन्दा बढी एल्बम रहेका छन् । कानुन, तिम्रै लागि, लेखान्त, पागल छ यो मन, प्यारी, गुण्डाराज लगायत चलचित्रमा संगीत दिएका छन् । उनी अभिनेतासमेत हुन् । 

लोपोन्मुख भाषाको सायरेम

भाषाप्रति राजेश पायल राईको भनाइ छ– ‘हेरी राख्नु होला त्यो भाषा हाम्रो हो । त्यो हतियार हो । त्यो सम्पत्ति हो । जग्गाधनीपुर्जा त आज हामीसँग छ । भोलि कसैको हुनेछ । तर भाषा जहिले पनि हाम्रै हुनेछ । मरेर गए पनि हामीसँग सास नरहे पनि त्यो भाषा, त्यो लिपि हाम्रो नै हो । भाषा हाम्रो मुटु हो ।’

राजेश पायलले २०७६ असारमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार क्षेत्रमा बोलिने तिलुङ राई भाषाको गीत रेकर्ड गरेका छन् । नगपालिकाकी तत्कालीन उपप्रमुख र वर्तमान प्रमुख बिमला राई तिलुङको शब्द संकलन तथा संगीतकार मनोज साङसोन राईको संगीत रहेको छ । राजधानी काठमाडौंको बानेश्वरस्थित स्टुडियो किङमा उक्त गीत रेकर्ड गरिएको क्षणमा बिमलाले भनिकी थिइन्– ‘हाम्रो मातृभाषा (तिलुङ) बोल्न जान्ने मान्छे मेरो बुवालगायत केही बुढापाकामात्र हुनुहुन्छ । कमसेकम संगीतवद्ध गर्न सकेमा मातृभाषाप्रति अरुको रुचि बढ्छ भनेर संगीतकार मनोज साङसोन अनुरोधमा मैले ७८ वर्षीय पिता दानबहादुर राईको सहयोगमा गीति शब्द संकलन गीत संकलन गरेको हु“ ।’

भाषाप्रति राजेश पायल राईको भनाइ छ– ‘हेरी राख्नु होला त्यो भाषा हाम्रो हो । त्यो हतियार हो । त्यो सम्पत्ति हो । जग्गाधनीपुर्जा त आज हामीसँग छ । भोलि कसैको हुनेछ । तर भाषा जहिले पनि हाम्रै हुनेछ । मरेर गए पनि हामीसँग सास नरहे पनि त्यो भाषा, त्यो लिपि हाम्रो नै हो । भाषा हाम्रो मुटु हो ।’

गीतमा तिलुङ देउता पहाड भुम्जु, प्राकृतिक उपहार बोजेढुंगा, जोरकाफलबाट देखिने चोमोलुङमा (सगरमाथा), दाया“बाट फन्को मार्दै पूर्व बगेकी दुधकोसीको बयान रहेको  बिमलाको कथन थियो । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार तिलुङ भाषा बोल्नेको जनसंख्या १ हजार ९ सय ६९ छन् । तर, व्यवहारिक रूपमा बोल्ने भने केही बुढापाकामात्र छन् । नगरपालिकाको पहलमा तिलुङ भाषाको कक्षा १–३ को पाठ्यक्रम बनेको छ । पाठ्यपुस्तक बनेको छ । भाषा शिक्षक व्यवस्था गरी दुइवटा विद्यालयमा कक्षा १ र २ मा पठनपाठन हुँदैछ । 

राजेश पायलले राई भाषाअन्तर्गत कोयी, वाम्बुले, बाहिङ, दुमी, दुङमाली, बान्तावा, चाम्लिङ, पुमा, थुलुङ, नाछिरिङ, मुगाली, फाङदुवाली, जेरुङ, खालिङ, साम्पाङ, कुलुङ, याम्फु, लोहरुङ, छिन्ताङ, छिलिङ, आठपहरिया भाषाका गीत रेकर्ड गराएका छन् । त्यसैगरी किरात समूहअन्तर्ग लिम्बु भाषाको गीति एल्बम प्रकाशित गरिसकेका छन् भने सुनुवार र याक्खा भाषाको रेकर्ड गरेका छन् । ‘आफ्नो किरात भाषाहरूको गीत गाउ“न पाउ“दा खुशी लागेको छ । यी गीतमा भाषामात्र होइन, यसमा संस्कृति, संस्कार, परम्पराहरू लुकेका छन् । यो ऐतिहासिक कामको निम्ति जुट्दै आएको छु ।’ गायक राजेश पायलको कथन छ । 

आदिवासी भाषा दशक

संयुक्त राष्ट्रसंघले सन् २०२२ देखि २०३२ लाई ‘अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक’ घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक तथा सामाजिक संगठन (युनेस्को)ले त्यसको प्रवद्र्धन गर्दै आएको छ । संविधानतः नेपालमा बोलिने सबै भाषा राष्ट्रभाषा हुन् । आर्टिफिसियल इन्टेलिजेन्सी (एआई)को जमानामा ठूलो संख्याले बोल्ने भाषाको दबदबा छ । थोरै संख्याले बोल्ने मातृभाषाहरूको अवस्था दिनानुदिन लोपोन्मुख हुँदो छन् । मातृभाषा प्रवद्र्धन कार्य प्रविधिमैत्री बन्ने छ । आदिवासी भाषा दशकभित्र गरिएका मातृभाषाका क्रियाकलापहरूले अर्को शताब्दीका निम्ति मार्गनिर्देश गर्न सकोस् । नेपालका संरक्षित भाषाहरू जीवितै रहुन्, जसले गर्दा देशको सान बढाओस् । 

यस अर्थमा राजेश पायल राईजस्ता ५० भन्दा मुलुकका अन्तर्राष्ट्रिय स्टेजहरूमा नेपाली गीत प्रस्तुत गर्ने एक लोकप्रिय याग हुन् । आदिवासी भाषा दशकमा राजेश पायलजस्ता प्रतिवद्ध र प्रसिद्ध गायकलाई मातृभाषा संगीत दूतका रूपमा लिन सक्नुपर्छ, नकि गिनिज बुक रेकर्डिसलाई । सम्बन्धित पक्ष संयुक्त राष्ट्रसंघ, सदस्य राष्ट्र नेपाल सरकार तथा सरोकार निकायहरू युनेस्को, भाषा आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलगायत निकाय लोपोन्मुख मातृभाषाहरूको सांगीतिक विकासतर्फ ध्यानपुग्न जरुरी छ । त्यसनिम्ति सम्बन्धित मातृभाषाका लेखक स्रष्टाहरू, गायक, संगीतकारको भूमिका उजागर हुन जरुरी छ । 

लोपोन्मुख भाषाको सायरेम (शिरउभौनी) गर्नसक्ने अर्थात् तत्काल सबै जनमनमा पस्न सक्ने विधा भनेको गीत, संगीत नै हो भन्नेबारे हामी सबैले बुझ्न जरुरी छ । त्यसको उदाहरण कोरियन भाषाको ‘गाङनाम स्टाइल’ गीत हो, जो संसारका युवालाई आकर्षितमात्र गरेन भाषा नबुझेरै पनि गाउँन लालयित तुल्यायो । गायक साईको चर्चा जसरी चुलिएको छ, त्यसैगरी नेपाली गीत, संगीतलाई डायस्पोरामा पु¥याएर चर्चाको चुलीमा पु¥याउने काम गायक राजेश पायल राईले गर्दै आएका छन् । गायनका साथसाथ उफ्रीउफ्री नाच्न लगाउने जोशिला गायक संगीतकारले लोपोन्मुख भाषाका वक्ताहरूलाई मातृभाषाप्रति असिम श्रद्धासहित जगाउन सक्छन् ।

विज्ञको नजरमा राजेश पायल

राजेश पायल राईले आफ्नो सांगीतिक यात्राको सुरुवाती चरणदेखि गीतकार डा. कृष्णहरि बरालसाथ पाएका छन् । राजेशले रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेपछि परिचित संगीतकार, गीतकार, गायकको साथ खोज्दै गर्दा नातिकाजी र कृष्णहरि बरालको साथ पाएको सुनाएका छन् । वरिष्ठ गीतकार डा. बरालको कथन यस्तो छः–

गीत गाएर गिनिज बुक वल्र्ड रेकर्ड राख्नेहरू कोही छन् । गिनिज बुक भनेको अरुले नगरेको नौलो काम भयो भने हाल्दोरहेछ । त्यसमा अलि स्यानो मान्छेले गरेपनि हुन्छ । एकजना रेर्डडिस्टले गायकामध्ये एउटा गीत मेरो पनि थियो । मलाई पनि पाँच हजार रुपैयाँ तिरेर सर्टिफिकेट आउँछ भन्थे । मैले त्यो सर्टिफिकेटका निम्ति पाँच हजार किन तिर्ने ? पैसा तिरेर लिन्न भनिदिएँ । 

गीत गाएर गिनिज बुक वल्र्ड रेकर्ड राख्नेहरू कोही छन् । गिनिज बुक भनेको अरुले नगरेको नौलो काम भयो भने हाल्दोरहेछ । त्यसमा अलि स्यानो मान्छेले गरेपनि हुन्छ । एकजना रेर्डडिस्टले गायकामध्ये एउटा गीत मेरो पनि थियो । मलाई पनि पाँच हजार रुपैयाँ तिरेर सर्टिफिकेट आउँछ भन्थे । मैले त्यो सर्टिफिकेटका निम्ति पाँच हजार किन तिर्ने ? पैसा तिरेर लिन्न भनिदिएँ । 

संसारमा भएका कामहरूमध्ये नौलो काम गरेर नाम लेखाएवापत गिनिज बुकमा राख्नु एउटा इतिहास भयो । तर राम्रो हुनुचाहिं सबभन्दा ठूलो कुरो हो । राम्रो हुनु, स्तरीय हुनु, त्यसले समाजलाई केही देओस् । गिनिज बुकमा क्षमता, बौद्धिकता, अनुसन्धानलाई पनि दिने पनि छन् । अग्लोलाई, होचोलाई, मोटोलाई पनि दिन्छ । राम्रो काम गर्न सक्यो भने त्यसले धान्यो । तर समाजमा केही पनि छैन । गिनिज बुककै लागि गिनिज बुकभन्दा पनि विशेष काम गरेर त्यो पाएको हो भने राम्रै हो । विशेष काम गरेर समाजका लागि केही हुने स्तरयुक्त काम गरेर पायो भने त्यो महत्वपूर्ण भयो । 

राजेशले इन्टरमिडियट पढ्दाखेरी मेरो गीत गाउनु भयो । त्यतिबेला रेडियो नेपालमा मात्रै गीत रेकर्ड हुन्थ्यो । नातिकाजीसँग मेरो एउटा गीत थियो । उहाँले त्यो गीतमा धुन हाल्नु भयो । एक दिन म जाँदाखेरी ‘एउटा केटो छ, भरखरको फुच्चे, आईए पढ्ने जस्तो । त्यल्ले यो गीत मनपराको छ । त्यसलाई दिउँ सर ?’ भनेर सोध्नुभयो । मैले राम्रो गाउँछ भने दिनोस् न भनें । ‘राम्रो गाउँछ । स्वर राम्रो छ, सुनें ।’ भन्नुभयो । दिइदिनोस् भनें । मतलब हामीले गर्ने भनेको नयाँलाई हो क्या । पुरानालाई सम्मान गर्ने, प्रोमोसन नयाँलाई गर्ने । 

दिनोस् भनेपछि राजेश पायलले ‘कसरी आँखा जुधे, कसरी माया बस्यो, सकिन्न भन्न सबै, कसरी आँसु खस्यो’ भन्ने मेरो गीत नातिकाजीको संगीतमा गाउनु भयो । उहाँका निम्ति मेरो गीत पहिलो थियो । भरखरै (२०८० साल) बादल लिम्बू र मैले गीत र गजलको एल्बम गर्दैछौं । त्यसमा पनि दुइ–तीनवटा गीत उहाँले गाउनु भएको छ । एउटा गीत ‘जो जससँग सम्बन्धित छ’ भन्ने छ ।

२०३३ सालमा रेकर्ड भएको ‘म भक्त हुँ यो देशको’ बोलको गीतदेखि अहिलेसम्म मेरा पन्ध्र सय जति गीत रेकर्ड भएका छन् । ‘गीत सिद्धान्त र इतिहास’ किताब दोस्रो संस्करण पुनःरावलोकन गरेर गीतकारको इतिहास समेटेको छु । मैले सय वटा जति चलचित्रमा लेखेको रहेछु । 

राजेशजीले थुप्रै मेरा गीत गाउनु भएको छ । हाम्रो राम्रै सम्बन्ध छ । राजेश स्वर पनि भएको, सामथ्र्य पनि भएको, क्षमतावान गायक हो । र चर्चित गायक हो । कति मान्छे क्षमता नभए पनि चर्चित हुन सक्छन् । कति मान्छे क्षमता भएर पनि चर्चित नहुन सक्छन् । क्षमता पनि हुनु र चर्चित हुनुचाहिं सबभन्दा ठूलो कुरा हो । यसतिरको यात्राचाहिं सबभन्दा राम्रो हुन्छ । Read more at: https://indigenousvoice.com/news/1009

https://indigenousvoice.com/news/1009

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal