नेपालमा सुरुङ युद्धका नायक अर्थात् बान्तावा मातृभाषाका प्रथम सहिद रत्नकुमार बान्तवा

 कुब्जोङ किरात

१६ चैत २०८०, शुक्रवार

नेपालमा सुरुङ युद्धका नायक अर्थात् बान्तावा मातृभाषाका प्रथम सहिद रत्नकुमार बान्तवा

हालैमात्र ‘नेपालमा सुरुङ युद्ध : रत्नकुमार बान्तवाको सङ्घर्ष र बलिदानको वृत्तान्त’ किताब बजार आएको छ । अर्जुनकुमार उप्रेती र जसकुमार राईको अध्ययन, अनुसन्धान तथा लेखन रहेको कृति मञ्जरी पब्लिकेसनले प्रकाशन गरेको हो । सुन्दै अनौठो लाग्छ– नेपालमा सुरुङ युद्ध । सुरुङ युद्धका प्रतिपादक हुन्– रत्नकुमार बान्तवा । उनै क्रान्तियोद्धा बान्तवालाई राज्यसत्ताले मारेको ४५ वर्षपछि यो किताब अहिले प्रकाशनमा आएको छ । बान्तवाबारे सारंगीको धुनमा भोजपुरका गायक कर्णबहादुर गन्धर्व (स्वर्गीय)ले गाएका गीतको अंश यस्तो छः

‘मारेको थियो सामन्ती पञ्चले
पारेर जालैमा
त्यो महा जीवन बिलेर गयो 
पैतिस सालैमा
सलल इभाङको डाँडा पोतियो 
सहिदको रगतले 
सलल इभाङको डाँडा पोतियो 
रत्नको रगतले... ’

रत्नकुमार बान्तवा वामपन्थी क्रान्तियोद्धा थिए, जो २७ वर्षकै कलिलो उमेरमा राज्यसत्ताले बन्दुक हानेर मारे । तत्क्षणका साक्षी सहयोद्धा वर्तमान संघीय गणतन्त्र नेपालको संघीय संसदका सदस्य छन्– सांसद सुशीला श्रेष्ठ । तत्कालीन नेकपा (माले)की कार्यकर्ता र अहिले जसपा प्रतिनिधित्व गर्छिन् । अर्का सहयोद्धा अगमप्रसाद बान्तवा नेकपा (एमाले)बाट एक कार्यकाल राष्ट्रिय सभा सांसद भइसकेका छन् भने राममाया राई साधारण ग्रामीण जीवन व्यतित गर्दैछिन् । सुरुङ युद्धका योद्धाहरू कुनै कम्युनिष्ट पार्टीले लिस्टमा पर्न सकेनन्, जो गरिबगुर्वा भएर जिइरहेछन्, पूर्वी पहाड इलाम, झापा, मोरङ, धनकुटाका गाउँघरमा । 

रत्नकुमार बान्तवा सशक्त कवि थिए । साहित्य, संगीतको मर्म र शक्ति बुझेका एक गायक पनि थिए । देशका गरिब निमुखाको पक्षमा परिवर्तनका निम्ति शासकलाई ठाडो चुनौती दिनसक्ने एक सशक्त क्रान्तियोद्धा थिए । जतिखेर निर्दलीय पञ्चायत शासनको दबदबा थियो । जसले ज्यानको बलिदान दिए । राजनीतिक अभीष्ट पूरा गर्न बान्तावा मातृभाषामा क्रान्तिगीत रचना गरी संगीतवद्ध गरे । आफ्नै अन्तरे भाइ महेशलाई गाउन लगाए । त्यही गीत हो यो–  
देस मुक्त लि
–रत्नकुमार बान्तवा

पुलोन्टिन्ने गरिबाच्यो छुकछुकडा वान कक्टिन्कि
जमिनदारचि खोक्याङ्सा हान आङ हाङ टाट्मालि
खुन्कि ओन देस मुक्ता लि ।
ओ आन यङखान एन्सा साङसाङ डुमछमङसो मखाङ्याङ
खोचिङाउने सिन्माचिलि दलाल लोमाओ चायाङ
धनिनेन कि गरिबानेन मोचि दाङ आन सत्तुरा
सेट्माचि लि हान्डाङ्का चइ मुस्कोचि झारा
खुन्कि ढुन्टु बिरे सरकार । 
अक्टाक हसा ढेरुमडाङ्का पुलिसाचि मÞटा
सुमाचिकि सेट्माचि लि बन्दुकाचि ङाप्सा
आन होसुङडा टाङ्मा किआ फउजा बने मुमा लि
खुन्कि झारा खाट्ओ दुखाचि ।
ओको लाम ङा अक्टाक ओन नुवाक लाम यङ्माओ
नेपाल कम्युनिस्ट पार्टी (मा.ले.) आ लाम खाङ मेट्टिन्को
आन क्रान्तिओ झन्डा ङा ओने आन पार्टिओ झन्डा
खाउसा आङा छेक्मा मरनिनओ आम लाम्डा
मुक्त मान्मु नुनिन आन देसा ।

अनुवादः
उठौं है गरिबहरू, हात हातमा हतियार लिएर
जमिनदार वर्गलाई मास्दै अब हाम्रो राज्य ल्याउनुपर्छ
अनि मात्रै हाम्रो देश मुक्त हुन्छ ।
यो हाम्रो कुरा सुनेर को को पोल लाउन जान्छन्
उनीहरूलाई चिन्नुपर्छ, दलाल भन्ने मसान
धनी होस् या गरिब होस्, उनीहरू पनि हाम्रा शत्रु हुन्
यस्ता सबैलाई अबदेखि मास्नुपर्छ
अनि त काम्छ वीरे सरकार ।
एउटा दुइटा काटेपछि पुलिसहरू आउँछन्
ढुकेर बन्दुक खोसेर मार्नुपर्छ
हामी आपसमा मिलेर फौज बनाउनुपर्छ
हाम्रै गाउँमा गरिबहरूको सरकार बनाउनुपर्छ
अनि जान्छन् यी सबै दुःखहरू
यो एउटै मात्र राम्रो बाटो भनेको
नेपाल कम्युनिस्ट पार्टी (मा.ले.)ले देखाएका बाटो हो
हाम्रो क्रान्ति झन्डा नै हाम्रो पार्टीको झन्डा
कसैले पनि थुन्न सक्तैन यो हाम्रो बाटोमा
मुक्त नगरी हुँदैन हाम्रो देश । 

बान्तावा भाषाको यही गीतले इलामको गाउँगाउँमा जागरण पैदा ग¥यो । त्यही गीतले एकात्मक सामन्ती राज्यसत्ताको बिरुद्ध झिल्को पैदा ग¥यो । ‘खुन्कि ढुन्टु बिरे सरकार’ शब्दले उतिखेरै गणतन्त्रको उद्घोष ग¥यो । 

सुरुङ युद्ध भनेको के हो ?

सन् १९५५ मा अमेरिकी उपनिवेशविरुद्ध भियतनामी युद्ध सुरु भयो । त्यसको उत्कर्ष रूप १९६० मा दोस्रो भियतनाम युद्ध भयो । उक्त युद्धमा उत्तरी भियतनाममा सरकार चलाइरहेका कम्युनिस्ट र विभिन्न खाले राष्ट्रवादीहरू एकातर्फ थिए । त्यसको नेतृत्व हो चि मिन्हले गरेका थिए । अर्कोतर्फ अमेरिका थियो । अमेरिकाले आधुनिक सामरिक हतियारसहित पाँच लाख सेना उतारेका थिए । १९ वर्षसम्म चलेको युद्धमा ३० लाख मानिसले ज्यान गुमाए । अन्ततः १९७५ मा भियतनामीहरूले अमेरिकी सेनालाई पराजित गरे । अमेरिकी सेनाका आधुनिक प्रविधिका विरुद्ध घरेलु हतियारले लडेका थिए । सुरुङयुद्ध अपनाएका थिए । 

त्यही समयताका भारतको पश्चिम बङ्गाल प्रान्तको नक्सलबाडीमा चारु मजुमदार र कानु सन्याल नेतृत्वको सशस्त्र विद्रोह, चीनमा माओत्सेतुङ नेतृत्वमा साँस्कृतिक क्रान्ति चलिरहेको थियो । यता २०२८ सालमा पुनः सशस्त्र संघर्ष भएको थियो, जुन संघर्ष २०३९ सालसम्म आएर बिसर्जन भयो । ‘क्रान्तिको काम पढेर होइन गरेर सिक्ने हो, बुर्जुवा शिक्षा बहिस्कार गर, गाउँ गाउँ जाऊ र जनताबाट सिक । विश्वविद्यालयले केही सिकाउँदैन, सिक्ने ठाउँ जनताको झुपडी हो ।’ भन्ने माओको विचारलाई लिएर रत्नकुमार बान्तवा अघि बढे । जतिखेर उनी बिएड् पास गरेर इलाम क्याम्पसमा अस्थायी लेक्चरर थिए । जागीरलाई तिलान्जली दिएर आफ्नै गाउँ चमैता चित्रेमा भूमिगत राजनीतिक संगठन विस्तार गर्न थाले । कम्युनिस्ट विचारधारालाई लिएर क्रान्तिको बिजारोपणमा लागी परे । नेकपा (माले)मा आवद्ध रहेर ‘वर्गशत्रु खत्तम गर्दै गोरिल्ला युद्धलाई राइफल दख्खलको स्तरमा उभ्याउन, वर्गीय नेतृत्व स्थापित गर्ने’ पार्टीको लक्ष्यप्राप्तिमा लागीपरे । 

‘क्रान्तिको काम पढेर होइन गरेर सिक्ने हो, बुर्जुवा शिक्षा बहिस्कार गर, गाउँ गाउँ जाऊ र जनताबाट सिक । विश्वविद्यालयले केही सिकाउँदैन, सिक्ने ठाउँ जनताको झुपडी हो ।’ भन्ने माओको विचारलाई लिएर रत्नकुमार बान्तवा अघि बढे ।

त्यतिखेर पञ्चायती शासकहरूको चौतर्फी दबदबा थियो । २०३५ जेठमा चमैताको चित्रे गाउँमा रत्नकुमारको आफ्नै घरको आफू सुत्ने कोठाभित्रबाट सुरुङ खन्न थाले । साठी फिट लामो सुरुङ बनाउने, त्यसभित्र बैठक गर्न सक्ने ठाउँ बनाउने र घरदेखि तल्तिर अनि मास्तिर दुवैतर्फ निस्कनु मिल्ने गरी नक्साङ्कन गरेका थिए । नभन्दै चालिस फिट लामो सुरुङ खने । आठ–दस जना बैठक बस्ने मिल्ने फराकिलो ठाउँ पनि बनाए । त्यो काममा रत्नकुमार, उनका भाइ मोहन (कृष्ण) बान्तावा), कुमार, बम बान्तावा, डिल्लीप्रसाद राई र पदम राई खटिएका थिए । 

शासकको आँखाको तारो बनेका रत्नकुमारलाई २०३५ चैत २७ गते इभाङको जंगलमा प्रहरीले गोली हानी मारेका थिए । रत्नकुमारपछि राज्यसत्ताले बमप्रसाद बान्तवा र निमा शेर्पालाई मा¥यो । २००८ चैत २७ गते इलामको चमैतामा रत्नको जन्म भएको थियो । उनी जन्मे चैत २७ गते, मारिए चैत २७ गते, जतिखेर रत्नकुमार २७ वर्षका थिए ।

अनुसन्धाता तथा लेखक जसकुमार राईको भनाइ

सामरिक युद्धमा जहिले पनि भाषाको ठूलो महत्व हुन्छ । किन महत्व हुन्छ भने दुश्मनसँग एउटै भाषा बोलिन्छ भने जित्नको लागि कठिन हुन्छ । तर दोस्रो भाषाको प्रयोग जब गर्छ, उसले भनेको कुरा अर्को दुश्मनले बुझ्दैन । त्यो भाषा सुनिश्चित हुन्छ । उसले कसरी स्ट्राट्रेजी बनाउँछ । त्यो बेला बान्तवा भाषाको एक किसिमको जरा थियो । त्यो जराचाहिं त्यो ठाउँमा फैलिएको थियो, जुन ठाउँमा रत्नकुमार (जन्मे, हुर्के, बढे) बाँचेका थिए । उनीहरूले बान्तावा भाषामात्र बोल्थे । नेपाली भाषा बोल्न गाह्रो हुन्थ्यो त्यतिखेर । बान्तावा भाषीको निम्ति कुनै समस्या थिएन । बान्तावा भाषा जसले गीत गायो । त्यो गाइसकेपछि हरेक बान्तावा भाषी बुझे । लेख्न नजान्नेले बुझे, जो नेपाली बोल्न जान्दैनथे । तर उनीहरूको लागि त्यो भाषा गाउनु भनेको उनीहरू भित्रको सञ्चार सबैभन्दा खतरनाक हतियार थियो, विचारको हतियार । 

विचारको हतियार कहाँबाट प्रतिपादन भयो भन्ने पक्ष रहन्छ । विश्वमै उठ, जाग भनेर कम्निस्टको जनमन तताउने नारा हो । रत्नकुमारले आफ्नो मातृभाषामा प्रयोग गरे । उसले त्यो गीत रचनालाई गाउँन लगाए आफ्नो अन्तरे भाइ (महेश बान्तवा)लाई गाउन लगाए । त्यो गीत अहिले पनि गाउँगाउँका मान्छेलाई कण्ठ छ । बिर्सेको छैन भनेपछि त्यो यति ठूलो हतियार थियो । त्यो हतियारबारे सुनेर त्यतिखेरको सरकारी पक्षलाई माहोल खतम भइसकेछ भन्ने परेको थियो । अनि सरकारी पक्ष यसरी डराए कि ल अब माहोल यसरी तातिसक्यो । यो भित्र भएको झिल्को हो । आगो बालिसक्यो । यसले अब हामीलाई खतम पार्ने भयो । अब यसलाई नमारी हुँदैन भन्ने राज्यपक्ष निचोडमा पुगेको थियो । 

विश्वमै उठ, जाग भनेर कम्निस्टको जनमन तताउने नारा हो । रत्नकुमारले आफ्नो मातृभाषामा प्रयोग गरे । उसले त्यो गीत रचनालाई गाउँन लगाए आफ्नो अन्तरे भाइ (महेश बान्तवा)लाई गाउन लगाए । त्यो गीत अहिले पनि गाउँगाउँका मान्छेलाई कण्ठ छ ।

रत्नकुमार बान्तवाले आफ्नो मातृभाषा रचनामा कम्निस्ट सिद्धान्तको, युद्धको, झापा आन्दोलनको सबै सिद्धान्तको निखार ल्याएर उनले भनेका छन् । त्यो भन्न छोटो शब्दमा, गीतको शैलीमा, सबैले बुझ्ने गरी रचना गरे । सबैले बुझ्ने गरी यति खतरनाक छ । उनले गणतन्त्रको परिकल्पना त्यतिखेरै गरेका थिए । ‘वीरे सरकार’लाई गाली गरेको छ । त्यतिखेरको सरकार वीरे सरकार (राजा वीरेन्द्र) सँगै हो, अन्तिममा लड्नु पर्ने भनेर बुझेका थिए । पंचायतविरुद्ध लड्ने सेना र राजासँगै हो भनेर उनले आफ्नो मातृभाषामा विश्वचेत, मातृभाषामा सामाजिक चेत तत्कालीन समाजमा पु¥याउनु भनेको सरकारको लागि एकदम खतनाक कुरा थियो । मातृभाषाको कुरा गर्नेबित्तिकै सरकारलाई, मेन स्ट्रिम (मूलधार)को जुन मूलभाषीलाई टाउको दुखाइ भयो ।

मलाईचाहिं के लाग्छ भने लरतरो थिएन रचना गर्नु । एउटै रचनाले सारा आफू विरुद्ध भएको अन्याय, आफू विरुद्ध भएको दमन, शोषणबाट उठ भनेर रचनामा समेट्नु भनेको धेरै गाह्रो कुरो हो । अहिले दस जना मिलेर गर्छु भन्दा पनि गाह्रो हुन्छ । त्यसले गाली ग¥यो कि माया गरेको हो थाहा हुँदैन । उनीहरूले संगठन बनाए । र त्यो गीत संगठनमा भाइले गाउँथे । गाइसकेपछि अब लड्नु पर्छ । युद्ध गर्नुपर्छ । हतियार उठाउनु पर्छ । त्यसपछि सुरुङ युद्धको तयारी गर्नुपर्छ भन्नेसम्म त्यो गाउँका आफू वरिपरिका मान्छेलाई विश्वस्त तुल्याउन सक्नु जुन प्रकारको रचना थियो, त्यो रचना आफ्नो विरादरी थियो । त्योचाहिं सबैभन्दा खतरनाक थियो । 

रत्नकुमार बान्तवाको गाउँमा मात्रै होइन, अरुतिर उनको जसजसको सँगत थियो, राई नभए पनि बान्तावा भाषा बोल्न जान्ने वरिपरिका मान्छेले यो गीत मजाले भन्न सक्छन् । कण्ठ सुनाउँछन् । संगीत पनि भएन । रेकर्ड पनि कहीं भएन । भाषामै रह्यो । तर त्यो कान–कान, आत्मा–आत्मा, कण्ठमा रह्यो । त्यो गीत लेखेर कण्ठ गरेको न हो । कण्ठ हुँदै हुँदै हुँदै गएको पाइन्छ । अहिलेसम्म पनि कण्ठ हुनु भनेको त्यहाँको मातृभाषा बुझ्ने वरिपरिका मान्छे जोसुकैले एकै ठाउँमा भेला गरेर लु यो ‘पुलोन्टिन्ने गरिपाच्यो..’ भनेर गीत गाऊ त भन्यो भने एकैचोटि गाइदिन्छन्– राष्ट्रियगान गाएजसरी । चमैता गाउँमा त्यो अझै छ । 

त्यतिखेर मातृभाषामा त्यतिखेर उनीहरू एकापसमा एक्प्रेसन गर्थे नि त्यो भनेको सरकारको लागि टाउको दुखाइ नै थियो । एउटा भाषाको मात्र विकास गर्नुपर्छ भनेर जुन किसिमको आयो । त्यो अर्को भाषाको पतन नगराए विद्रोह हुनसक्छ भन्ने बुझे । त्यो भाषाबाट विद्रोह भयो भने त्यो जातिले बाहेक अर्को बलिदानी गर्नै सक्दैन । त्यो हो मातृभाषा (मार्च २१, २०२४ मा जसकुमार राईसँग गरिएको कुराकानी)। 

जम्मा १५२ पानामा विस्तार गरिएको ‘नेपालमा सुरुङ युद्ध’ पुस्तकमा सहिद रत्नकुमार बान्तावाको इतिवृत्ति चर्चा रहेको छ । उनका रचनाहरू समावेश गरिएका छन् । यद्यपि रत्नकुमार मातृभाषी सहिद हुन् भन्नेबारे कम उजागर भएको पक्ष हो । ‘पुलोन्टिन्ने गरिपाच्यो..’ उनै सहिद रत्नकुमार मारिएको ४६औं वर्ष बितिसक्दा पनि इलामका चमैतालगायत थुमथुममा अहिले पनि गाइरहनु भनेको मातृभाषा र संगीतको पक्षले शक्तिले गर्दा हो भन्नेमा दुइमत रहन्न ।  सहिद रत्नकुमार बान्तवालाई मातृभाषा सहिदसमेत घोषणा हुनुपर्छ भन्ने आवाजको सम्बोधन हुन जरुरी छ । 

https://indigenousvoice.com/news/1002
Read more at: https://indigenousvoice.com/news/1002

Read more at: https://indigenousvoice.com/news/1002

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal