कर्म कोरियामा, चासो भाषा, संस्कृति रूपान्तरणमा : सिक्दै किरात सिरिजङ्गा लिपि

कर्म कोरियामा, चासो भाषा, संस्कृति रूपान्तरणमा : सिक्दै किरात सिरिजङ्गा लिपि

कुब्जोङ किरात
कुब्जोङ किरात५ चैत २०८०, सोमवार

कर्म कोरियामा, चासो भाषा, संस्कृति रूपान्तरणमा : सिक्दै किरात सिरिजङ्गा लिपि

‘भाषा हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए अस्तित्व हराउँछ, अस्तित्व हराए हामी हराउँछौं ।’ ब्यानरमा लेखिएको छ । सांस्कृतिक अभियानको यो नारा हो, किरात राई यायोक्खा दक्षिण कोरियाको । यही ब्यानरमुनि ‘किरात सिरिजङ्गा लिपि भर्चुअल निःशुल्क कक्षा’ आरम्भ गरेको छ, २०८० चैत ३ गते शनिबार । चारवटा शनिबार साँझको दुई घण्टा किरात सिरिजङ्गा लिपि प्रशिक्षणका निम्ति खर्चिने लक्ष्य राखेको छ ।

संसारभरि छरिएका समुदायलाई जोड्न विज्ञान र प्रविधिको भरपूर उपयोग गरेर गर्दै साझा पहिचानको सवाललाई सशक्त ढंगले अघि बढाउने प्रयत्न गरेको छ भनेर बुझिन्छ । किरात राई यायोक्खा दक्षिण कोरिया केन्द्रले यो कक्षा संचालन गरेको हो । जनसंख्याको हिसाबले स्थापना गरिएको स्थल राजधानी सोउललाई मानिएको छ । भौगोलिक हिसाबले टाढा रहेका बुसान शाखा, गजेदो शाखा, इक्सान छल्लादो शाखा र छेजुदो शाखा रहेका छन् । दक्षिण कोरियामा करिब ५ हजार जना किरात राई जाति समुदायका प्रतिनिधि कार्यरत छन् ।

यायोक्खा दक्षिण कोरियाका अध्यक्ष पुरन याम्फु राईका अनुसार सन् १९९०–९१ तिर दक्षिण कोरिया पुगेका शेषहाङ राई, ध्यानबहादुर राई, लोचन राई, गंगाराज राई, उदय राईलगायत संस्थापक सदस्य रहेर सन् २००१ मा किरात राई परिवार नामक संस्था गठन भएको थियो । नेपालमा किरात राई यायोक्खाको छैटौं राष्ट्रिय सम्मेलन दमकमा (२०६३ पुस ८–१० गते) सम्पन्न भयो । त्यसपछि दक्षिण कोरियाको किरात राई परिवार संस्थालाई किरात राई यायोक्खा दक्षिण कोरिया नामाकरण गरिएको हो । 

अध्यक्ष पुरनले दिनु भएको जानकारीअनुसार यायोक्खा दक्षिण कोरियाले प्रत्येक उभौली र उधौली मनाउने गरेको छ । नेपालको यायोक्खा केन्द्रीय कार्यसमितिले जारी राखेको पहिचान आन्दोलनमा आर्थिक सहयोग पु¥याउँदै आएको छ । नेपालमा यायोक्खाको जग्गा खरिद, घरनिर्माणमा आर्थिक सहयोग गर्दै आएको छ । भैपरी आउने समस्यामा आर्थिक जोहो गर्ने गरेको छ । यसैगरी किरात राई कर्मचारी मञ्चले लोक सेवा आयोगले लिने परीषामा युवाहरूलाई सशक्तिकरण तालिम दिदै आएको छ । त्यसनिम्ति मञ्चले अक्षयकोष निर्माण गरेको छ । त्यसमा दक्षिण कोरियाले सहयोग गरेका छ । यसैगरी नेपालबाट कलाकारलाई बोलाएर उभौली मनाउने गरिएको छ । विभिन्न सांगीतिक कार्यक्रम गर्ने गरिएको छ । संस्था संचालन गर्न स्थानीय कलाकार सांस्कृतिक कार्यक्रम गर्ने गरिएको छ । 

‘भाषा हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए अस्तित्व हराउँछ, अस्तित्व हराए हामी हराउँछौं ।’ ब्यानरमा लेखिएको छ ।

उभौली र उधौली मनाउने समुदाय राई, लिम्बू, याक्खा र सुनुवार हुन् । दक्षिण कोरियामा लिम्बू जातिको संस्था किरात याक्थुङ चुम्लुङ क्रियाशील छ । सहमतिमा उभौली यायोक्खाले आयोजना गर्छ भने उधौली चुम्लुङले आयोजना गर्छ । यायोक्खा अध्यक्ष पुरनका अनुसार उधौली आयोजना गर्न अलिक महँगो हुन्छ । 

दक्षिण कोरियामा अर्को पुरानो संस्था छ– पूर्वाञ्चल सरोकार समाजसमेत रहेको छ । यो संस्थामार्फत् संघीय नेपाल प्रदेश–१ को साझा प्रतिनिधित्व गर्छ । त्यसैले अब प्रदेश–१ सरोकार समाज बन्नुपर्छ भन्ने कुराकानी हुँदैछ । यो संस्थाले देवनागरी र रोमन लिपिमात्र चलाउँदै आएको छ । अबदेखि सिरिजंगा लिपि प्रयोग गर्ने अभियान अगाडि बढाउन यायोक्खा र चुम्लुङले संयुक्त रूपमा स्मरणपत्र बुझाएका छन् । 

अहिले किरात सिरिजङ्गा लिपि कक्षा संलाचन गर्नुको कारण किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिले किरात सिरिजङ्गा लिपि स्वामित्व लिएकोले लक्ष्यप्राप्तिका निम्ति अभियान अगाडि बढाइएको अध्यक्ष पुरनको कथन छ । उहाँकै भनाइमा आफू सिक्ने, अरुलाई सिकाउने, भावी पुस्तालाई पुस्तान्तरण गर्नु, लिपिका साथसाथै मातृभाषासमेत संरक्षण, संवद्र्धन, प्रवद्र्धन गर्ने उद्देश्यले लिपि सिकाइलाई जोड दिइएको हो ।

किरात राई यायोक्खा (संस्था)को विधान–२०४७ को प्रस्तावना भनिएको छः नेपालका विभिन्न जात, जाति, जनजातिहरूसँग आपसी सहयोग र सद्भावना राखी किरात राईहरूको भाषा, धर्म, लिपि, कला, संस्कृति र इतिहासहरूको खोजी अनुसनधन, संकलन, संवद्र्धन र विकास गर्न आवश्यक भएकोले देश विदेशमा बसोबास गरी आएका प्रत्येक थरका राई जातिहरूलाई एउटै विशुद्ध सामाजिक संस्थामा आवद्ध गर्नको लागि यो विधान बनाइएको छ । 

यसैगरी दफा– ५ किरात राई यायोक्खाको उद्देश्यमा छ– (क) सम्पूर्ण किरात राईहरू बीच आपसी एकता कायम गर्ने । (ख) राईहरूको संस्कारअनुसार आपद विपदमा सहयोग आदान प्रदान गर्ने । (ग) राईहरूको विविध भाषा, लिपि, धर्म, कला, संस्कृति र इतिहासको अनुसन्धान, संरक्षण र संवद्र्धन गर्ने कार्यमा सहयोग पु¥याउने । (घ) राई जातिमा चेतनाको अभिवृद्धि गर्ने । (ङ) सम्पूर्ण राई भाषालाई समन्वय रूपमा विकास गरी विद्यालय तथा विश्वविद्यालयमा पठनपाठन गराउनका साथै अन्य भाषाको स्तरमा मान्यता दिलाउनु प्रयत्न गर्ने । (च) नेपालका अन्य जातजाति तथा जनजातीय संघसंस्थाहरूसित पारस्परिक सहयोग र सद्भावना अभिवृद्धि गर्दै बृहद् राष्ट्रिय एकता र संस्कृतिको निर्माणमा सहयोग आदान प्रदान गर्ने । (च) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जातीय उत्थानका सामाजिक संगठनहरूसँग सम्पर्क गरी सहयोग आदानप्रदान गर्ने ।

लिपि प्रशिक्षणको उद्घाटन सत्रमा किरात राई यायोक्खा नेपालका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले पुर्खा किराती महान व्यक्ति किरात सिरिजङ्गा लिपिका पुनःउत्थानकर्ता सिरिजङ्गा हाङ थेबेको योगदान चर्चा गर्नुभयो । संघर्षशीले पुर्खाहरूको रचनात्मक, सिर्जनात्मक काम र पहिचानको मुद्दालाई लिएर राज्यसँग निरन्तर संघर्ष गर्नुपरेको बारे अध्यक्ष राईले स्मरण गर्नुभयो । 

जहाँ इच्छा त्यहाँ उपाय भन्ने उक्तिलाई नेपाली युवाहरूले व्यवहारमा उतार्ने गरेका छन् ।

किरात समन्वय समितिले सबै किराती भाषाहरू अनुकुल साझा किरात सिरिजङ्गा लिपि हुनुपर्ने समायोजन निर्णय गरेपछि किरात राई यायोक्खाले २०७९ साउन ७ गतेबाट १४ गतेसम्म पहिलो पटक किरात सिरिजङ्गा लिपि प्रशिक्षण संचालन गरेको थियो । भौतिक उपस्थिति र भर्चुअल दुवै माध्यमबाट संचालित उक्त प्रशिक्षण कार्यक्रमका संयोजक तथा किराया केन्द्रीय उपमहासचिव मञ्जु सोताङ राईले दोस्रो पटक संचालिक प्रशिक्षण कार्यक्रम उद्घाटन सत्रमा आफ्नो अनुभव प्रस्तुत गर्नुभएको थियो । 

उद्घाटन सत्रलगत्तै भाषाशास्त्री डा. तारामणी राईले ‘लिपि विकासको इतिहास र किरात सिरिजङ्गा लिपि समायोजनको सैद्धान्तिक धरातल’ विषय र प्राज्ञ अमर तुम्याहाङले ‘किरात सिरिजङ्गा लिपिको इतिहास’ विषयबारे दिनु भएको छ । पहिलो नेपाल, दक्षिण कोरिया, साउदी अरबलगायत मुलुकबाट करिब ६५ जना जुममा जोडिएको थिए । बाँकी तीन शनिबार साँस्कृतिक अभियन्ता तीर्थराज मुकारुङ राई र गणेश वाम्बुले राईले किरात सिरिजङ्गा लिपि प्रशिक्षण दिनुहुने तालिका सार्वजनिक भएको छ । 

नेपाल सरकार र दक्षिण कोरिया सरकारबिच भएको कुटनीतिक पहलबाट सन् २००७ देखि उत्पादनमूलक र कृषि क्षेत्रमा नेपाली युवाले कामको अवसर पाउँदै आएका छन् । २०२३ देखि जहाज निर्माण क्षेत्रमा लैजान थालेको छ । हरेक कामको आ–आफ्नै विशेषता हुन्छ । त्यसमा कुनै सम्झौता नहुन सक्छ । कोरियाको मापदण्ड पालना गर्नु त छँदैछ । नेपाली युवाले त्यही नियममा सम्झौता गरेर दिन, रात पसिना बगाएर श्रम गर्दैआएका छन् । उनीहरूले आर्जन गरेका श्रमको मूल्य सतप्रतिशत नेपालमा भित्रिएको छ ।

आफ्नो समयको साँचो अर्कैसँग छ । उसैले बाँधेको नियमको परिधिभित्र रहेर मातृभूमिप्रतिको उत्तरदायित्व बहन गर्नु भनेजस्तो सजिलो नहुन सक्छ । तरै पनि जहाँ इच्छा त्यहाँ उपाय भन्ने उक्तिलाई नेपाली युवाहरूले व्यवहारमा उतार्ने गरेका छन् । अर्काको देशमा पुगेर पनि मातृभूमि, समाज, समुदायको हितप्रति यतिबिघ्न चासो छ । इतिहास बोकेका किरात जातिको साझा पहिचानलाई उजागर गरेर पुस्तान्तरण गर्ने हुटहुटी छ । यो सराहनीय प्रयत्न इतिहास निर्माण एउटा आयामका रूपमा लिन सकिन्छ । सांस्कृतिक रूपान्तरण गाउँघरदेखि सहरबजार, स्वदेशदेखि विदेश र विदेशबाट स्वदेशकै माटोमा छाइरहनका निम्ति हरेक कदम निरन्तर रहनुपर्छ ।

Read more at: https://indigenousvoice.com/news/996 

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal