पृथ्वीनारायण शाहलाई चिनाए राजकुुमार दिक्पालले



डा. गणेशप्रसाद अधिकारी

 नेपालको राजनीतिलाई लिएर धेरैले इतिहास लेखे । इतिहास जहिले पनि सत्यको निकट हुन्छ । सोह्रै आना सत्य भने हुँदैन । उत्तरवर्ती पुस्तालाई त्यही इतिहास नै सत्य बनेको हुन्छ । उत्तरवत्र्ती पुस्ताले त्यही अध्ययनले पूूर्ववर्ती राजनीति र राजनेताप्रति धारणा बनाएर बसेको हुन्छ । भाषा, साहित्यको इतिहास लेखन जस्तो राजनीतिक इतिहास लेखन हुँदैन । भाषा साहित्यमा ऐतिहासिक तथ्य व्यक्तिगत पनि हुन सक्छन् र समीक्षा गरिएको हुुन सक्छ । राजनीतिको इतिहास कहिले पनि व्यक्ति केन्द्रित नभई समाज र नेतृत्वले गरेका कामहरूको लेखाजोखा हो । लेखक सत्यलाई बङ्ग्याउन सक्दैन तर आलोचना गर्न सक्छ । राजनीतिको इतिहास लेख्ने सन्दर्भमा तिथिमितिमा लेखक सारै सचेत भएर बाहिर आउनुुपर्दछ ।

राजनीतिको इतिहास लेख्ने लेखक सचेत र प्रमाणिक हुनुु अनिवार्य हुन्छ । यदि इतिहास नै अप्रमाणिक भयो भने उत्तरवत्र्ती पुुस्ताले गलत धारणा बनाएर बसेको हुन्छ । लेखक सचेत र सुुझबुुझपुूर्ण हुनुु अनिवार्य हुन्छ इतिहास लेखनका सन्दर्भमा । नेपालको राजनीतिलाई लिएर लेखिएका इतिहासमा कसको लेखन प्रमाणिक मान्ने भन्ने सन्दर्भ भने किटान गर्न सकिने अवस्थाका छैनन् । राजा र उनको शासनलाई लिएर लेखिएका इतिहास कतै पूूर्वाग्रही पनि भएका छन् । लेखकले शासकप्रति वा शासकले दिएको नुुनको सोझो गरेको हुन सक्छ । त्यसैले इतिहास लेखन तिथिमितिमा प्रमाणिक र सत्यमा आधारित हुनुु अनिवार्य मानिएको छ । यही इतिहास लेखनको माझमा राजकुमार दिक्पाल दरिएका छन् ।

पृथ्वीनारायण शाहले पक्कै पनि छिन्नभिन्न भएको नेपाललाई एकसूूत्रमा बाँधेका हुन् । यो कुरा सत्य हो । सिङ्गो नेपाल निर्माणमा उनले आफ्नो शासनकालमा के कस्ता कमजोरीहरूलाई बाहिर ल्याए त्यसका बारेमा आजसम्म लेखिएको राजनीतिक इतिहासले बाहिर ल्याएको छैन । 


आलोचनामात्र इतिहास होइन

नेपाली राजनीतिको इतिहास कहिले पनि परतन्त्रमा रहेन । नेपालमा शासन गर्न अभिलाषा बोकेका अङ्ग्रेज र मुगलले नेपालमाथि कब्जा जमाउन सकेनन् उनीहरूले प्रयास नगरेका भने होइनन् । प्रयास सफल नभएको मात्र हो । यो देश सदा स्वतन्त्र रहृयो इतिहासका पानामा । बाइसी र चौबीसे राज्यमा विभाजन भएको नेपाललाई एकसूूत्रमा बाँध्ने अभियान तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहलाई जान्छ । उनले नेपाललाई एकसूूत्रमा बाँध्ने सन्दर्भलाई इतिहासकारहरूले सकारात्मक सोचका भरमा लेखनमा सदाशयता राखेको देखिन्छ । नेपालको राजनीतिलाई नजिकबाट नियालिरहेका र पत्रकारितामा आफ्नो दखल जमाएका राजकुुमार दिक्पालले पृथ्वीनारायण शाहलाई एउटा असल शासकमात्र मानेनन्, आलोचना पनि गरे ।

उनले गरेका कामलाई आलोचनात्मक तरिकाबाट हेरेर पृथ्वीनारायण शाह आलोचनात्मक इतिहास बाहिर ल्याएका छन् । इतिहास लेखनलाई उनले प्रमाािणक बनाएका छन् । लेखक पृथ्वीनारायण शाहका बारेमा लेखिएको इतिहासका सन्दर्भमा आफूलाई चित्त नबुुझेको कुरालाई प्रमाणित गर्न खोजको देखिन्छ । पृथ्वीनारायण शाहले पक्कै पनि छिन्नभिन्न भएको नेपाललाई एकसूूत्रमा बाँधेका हुन् । यो कुरा सत्य हो । शाहले एकीकरण अभियानमा गरेका आलोचनात्मक सन्दर्भलाई उनले बाहिर ल्याउन खोजेको देखिन्छ । उनको शासनकालका सबै घटना र तिनको विवरणलाई लेखकले गतिलो तरिकाबाट कृतिमा उतारेका छन् ।

कुनै राज्यको शासन आफ्नो हातमा लिएपछि त्यो राज्यका जनताका भावनालाई जीवन्त बनाउन नसक्नुु उनको कमजोरी देखिएको छ । कीर्तिपुर आक्रमण गर्ने विषयमा कालुु पाण्डेको अभिव्यक्ति घतलाग्दो देखिएको छ । कालुु पाण्डेले भने महाराज अझ पनि म बिन्ती गर्छुु, कीर्तिपुरका मद्दतलाई तीनै राजाका लस्कर आएका हुनाले हाल कीर्तिपुुर बलियो छ, तसर्थ हान्नु ठीक छैन । पछि यी तीन राजालाई फोरी हान्नु वेश हुुन्छ । तर, पृथ्वीनारायण शाहका सामु कालुु पाण्डेको केही लागेन । समय ठीक नभएको हुनाले आक्रमण गर्नु हुँदैन भन्ने पाण्डेको मनसाय नबुुझेका कारण उक्त युुद्धमा कालुु पाण्डेको मृत्युु भएको थियो ।

इतिहास तथ्यमा आधारित हुनुुपर्दछ । राजकुुमारले पृथ्वीनारायण शाहको आलोचनामात्र गरेका छैनन् । उनले शाहले गरेका राम्रा कामलाई बाहिर ल्याएका छन् । तत्कालीन नेपालको अवस्था र अङ्ग्रेजले नेपालमाथि गाढेको वक्रदृष्टिलाई समाप्त पार्न कसैले नेपाल एकीकरणको भारा बोक्नुुपर्ने थियो । त्यो भार गोरखाका राजा पृथ्वीनारायण शाहले बोके । युुद्धमा प्रेममा सबै जायज हुन्छ भन्ने सन्दर्भलाई कता कता उनले गरेका कर्महरूले यहाँ बताएको पाइन्छ ।


साक्ष्य र प्रमाण

लेखक राजकुमार दिक्पाल पत्रकार हुुन् । खोजमूूलक पत्रकारिता गर्ने उनको स्वभावले यो कृति जन्मेको हो । भोट र नेपालको युुद्धमा विद्रोह भएको थियो । त्यो विद्रोह रसुुवा जिल्लाको गोसाइँकुुण्डतिर भएको प्रमाण लेखक बाबुुराम आचार्यले उल्लेख गरेका छन् । त्यो क्षेत्रका बासिन्दाले विद्रोह गरेको हुनसक्ने अवस्था रहेको र शेर्पाले विद्रोह गरेको बाबुुरामको भनाइलाई दिक्पाल भन्छन् आचार्यले गोसाइँकुण्ड आसपास भनेर जुन ठाउँलाई उल्लेख गरेका छन्, यो रसुुवा क्षेत्र हो । उनले स्यार्पा भनेको स्वाभाविक रूपमा शेर्पा हो तर शेर्पाहरूको मूल बसोवासस्थल सोलुुखुुम्बुु र दोलखा हो । रसुुवा चाहिँ तामाङ र हृयाल्मोको मुुख्य बसोवास स्थल हो । आचार्यले उल्लेख गरे अनुसार विद्रोहमा उत्रने शेर्पा नभई तामाङ या हृयाल्मो हुुनुुपर्दछ । यो प्रमाणिकता लेखकको खोजमूूलक पत्रकारिताको प्रभाव हो ।

यो दिक्पालको आलोचना हो । दिक्पालले प्रमाण र साक्ष्यलाई आधार मानेर कृति लेखेका छन् । कृतिका आधारमा हेर्ने हो भने पृथ्वीनारायण शाहले एकीकरण अभियानका सन्दर्भमा गरेका कुुरालाई साक्ष्यका आधारमा बाहिर ल्याएका छन् । दिक्पाल पृथ्वीनारायण शाह असल शासक होइनन् भन्दैनन् । शासकले गर्ने व्यवहार शासकीय स्वरूपलाई जसरी उनले बाहिर ल्याएका छन् त्यो प्रमाणिक इतिहास बनेको छ । प्रमाणिक तथ्य भएन भने इतिहासका कुरा गलत ठहरिन्छ । त्यो अवस्था यो पुुस्तकमा देखिएको छैन । उनले प्राप्त गरेका प्रमाणलाई परिशिष्टमा राखेर अझ प्रमाणयुुक्त बनाएका छन् ।

पृथ्वीनारायण शाहका कर्महरू जेजस्ता भए पनि उनले नेपाललाई एकीकरण गरेर राखिदिए । उनको त्यो ऐतिहासिक व्यक्तित्वलाई इतिहासले भुुल्न मिल्दैन । दिक्पालले साक्ष्यलाई प्रमाण मानेका छन् । तत्कालीन राज्य व्यवस्थाका अङ्गभन्दा पनि राजाज्ञालाई आदेश मान्ने परम्पराको तथ्यलाई पनि उनले राखिदिएका छन् ।

इतिहासको लेखक तथ्यमा बोल्नुुपर्दछ । तथ्य र प्रमाण भएन भने इतिहासको लेखक सम्मानयोग्य हुँदैन । त्यसैले पनि खोजमूलक पत्रकारिता गर्ने दिक्पालले तथ्यसहित कृतिलाई बाहिर ल्याएका छन् । आफ्ना वाणिज्यदूूतलाई सम्बोधन गरेर लेखिएको पत्रको केही अंशमा सुुन घटिया नलेव.पीतलको धुलो मिस्याको हुन्छ तस्माहा पनि नजर राषिकन लेव कदाचित स्वह्रलाई त दिएनन्त तिमिले पेटमहा राषनुु चाहिन्छ कदाचित् सत्रको भावसंम तेति रुपियाँमात्र मिलन्या भयो तेतेकै राष सुन लेव बाह्र पंध्र हजार तोला निस्कन्या भया सोह्र रुपियाँ तोला मिलाउनुु नभए सत्रस्म्म हाल्नुु भनेका छन् । तत्कालीन नेपाललाई पन्ध्रहजार तोला सुनको आवश्यकता त थिएन । राज्यको आर्थिक अवस्था कमजोर भएकाले भारतलाई बेच्न ल्याउन लागिएको तथ्य प्रमाणलाई दिक्पालले जुुटाएका छन् ।

बाइस शीर्षकलाई ससाना उपशीर्षकमा वितरण गरिएको छ । आफूले कृतिमा प्रस्तुुत गरेका तथ्यलाई परिशिष्टमा राखेर लेखकले प्रमाािणक बनाएका छन् । इतिहास लेखनलाई प्रमाणिक बनाउने सन्दर्भमा दिक्पालले कुनै कसर छोडेका छैनन् । पृथ्वीनारायण शाह र उनको शासनकालमा उनीसित सम्बन्धित भएका व्यक्तिहरू र व्यक्तिलाई मात्र यहाँ लेखकले उल्लेख गरेका छन् । दरवार जहिले पनि षड्यन्त्रको जालोले भरिएको हुन्छ । षड्यन्त्रका कुरालाई पनि लेखकले बाहिर ल्याएका छन् ।

पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गरेर राखिदिए । उनको त्यो ऐतिहासिक व्यक्तित्वलाई इतिहासले भुुल्न मिल्दैन । लेखक दिक्पालले भुुलेका पनि छैनन् । दिक्पालले साक्ष्यलाई प्रमाण मानेका छन् । तत्कालीन राज्य व्यवस्थाका अङ्गभन्दा पनि राजाज्ञालाई आदेश मान्ने परम्पराको तथ्यलाई पनि उनले राखिदिएका छन् ।

यो कृतिका कृतिकार पत्रकार हुन् । आज उनी नेपालमा छैनन् । पोचूूर्गलमा छन् । विदेशमा बसेर पनि आफ्नो लेखनलाई जीवन्त बनाएका उनी असल समीक्षकका रूपमा यो कृतिमा देखिएका छन् । पाठकलाई इतिहासको पूर्ण जानकारी यो कृतिले दिँदैन । यो कृतिले पृथ्वीनारायण शाहले राज्य गर्दा र राज्यविस्तार गर्दा गरेका कुराहरूलाई मात्र बाहिर ल्याएको छ । एकपटक अध्ययन गर्ने कृतिका रूपमा दिक्पालले यो कृतिलाई बाहिर ल्याएका छन् । एक सय उनासी पृष्ठभित्र समेटिएको यो कृति पाठकको मनलाई तान्न सफल भएको छ । लेखकबाट यस्तै किसिमका कृतिहरू सिर्जनाको अपेक्षासहित उनको कलमले विश्राम लिने छैन भन्ने शुुभकामनासहित ।


थप सामग्री : https://ehimalayatimes.com/2023/11/172257/?fbclid=IwAR11yHeZhJj1-OKwG5jkvamDZqjUrCdIbFcL_LEvJbPeRCjV_Zbigzyg7lw

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal