मुन्दुमी सभ्यतासंग जोडिएको 'खुवालुङ' भत्काउन खोजिएको भन्दै विरोध, 'खुवालुङ' वचाऊ अभियान समिति गठन

 माघ २४, २०७७ 

  • कपुरी न्यूज
  • alt

    धरान : किरातीहरुको आस्थाको सांस्कृतिक थलो खुवालुङले सप्तकोसीमा जेटवोट सञ्चालनमा अवरोध गरेको भन्दै भत्काउन खोजिएको भन्दै खुवालुङ बचाउ भेला आयोजक समितिले विरोध गरेको छ ।

    समितिले शनिवार किरात राई यायोक्खाको सभा हलमा पत्रकार सम्मेलन गरी किरातीहरुको आस्थाको सांस्कृतिक थलो कुनै पनि बहानामा मास्न पाइँदैन भन्दै पत्रकार सम्मेलन गरेर विरोध गरेको हो ।

    चतराबाट चल्ने जेट बोट सञ्चालनमा खुवालुङले अवरोध गरेको भन्दै खुवालुङ भत्काउन खोजिएको भन्दै खुवालुङको संरक्षण गर्नका लागि केही समय अधि खुवालुङ वचाऊ अभियानको एउटा समिति समेत गठन भएको छ ।

    सो समितिले उक्त ठाउँ र खुवालुङ कुनै हालतमा पनि फोर्न मास्न पाइँदैन र हामी फोर्न मास्न दिँदैनौ अव निकट केही समयमा नै उक्त खुवालुङ बचाऊ अभियानको लागि एउटा पूर्ण समिति गठन गरी बैधानिकीकरणकों अभियान समेत थालिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    के हो खुवालुङ ?
    धार्मिक तथा सांस्कृतिक किराँती मुन्दुम र संस्कार संस्कृतिहरूमा अनिवार्य अपरिहार्य मानिएको त्रीवेणीघाट, भोजपुर, उदयपुर, धनकुटाको सङ्गम स्थलमा रहेको सो ठाउँलाई शाब्दिक अर्थमा किराँती भाषामा खुवा भनेको पानी र लुङ भनेको ढुङ्गा हो । खुवालुङ, पानीढुंगा भन्ने बुझिन्छ ।

    Khuwalung-Panidhunga

    यस्तो ऐतिहासिक महत्त्व बोकेको ढुङ्गालाई जेट बोट सञ्चालनमा अवरोध गरेको भन्दै फोर्ने कुरा चलिरहेकोले यस्तो ऐतिहासिक स्थल तथा बस्तुको संरक्षणमा किरात राई यायोक्खा लागि पर्ने बताइएको छ ।

    समाज विज्ञानलाई हेर्दा मानव जातिको विकास र इतिहास नदीनाला, खोलाहरूको किनारहरूबाट भएको देखिन्छ । किराँती सभ्यताको विकास हुने क्रममा ऐतिहासिक स्थल खुवालुङ क्षेत्र पनि एक हो ।

    यस क्षेत्रको बराहक्षेत्र, कोकाहखोला, चतरा घाट, आदी किराँती सामरिक महत्वको स्थल हो र राजनीतिक महत्वको ऐतिहासिक तथा पुरातात्त्विक मैनामैनी गढी हुन । मानव विकासको सभ्यता आदिम पुर्खाहरू मुकुबुङ (भोटे) जेठा, हर्कबुङ (किरात) माइला र रिब्लबुङ (थारु) कान्छा तीन दाजुभाइहरु थिए ।

    जब उनीहरू समथर भूमिबाट उकालो लागेर खुवालुङ आए त्यहाँ ढोका बन्द थियो । जेठा मुकुबुङ्ले केकी (जुरेली) चराको भोग दिए पछि ढोका खुल्यो र पार गरे तर माइला भाइ हर्कबुङ भने पार गर्न सकेन अनि दाईलाई सोध्दा रगत पार्न अनि तर्नु सकिन्छ भनेपछि हर्कबुडुले आफ्नो साथमा भएको चेलीको कान्छी औला मागेर काटी रगत दियो र पार गर्‍यो तर चेलीको रगत रोकिएन बाटोमा जाँदै गर्दा चेलीको रगत केराको पातमा खस्यो र बाख्राले खायो तुरुन्त चेलीको मृत्यु भयो । त्यसैले राईहरू बाख्रा कुलपित्रमा चलाउँदैन र मासु खानु नहुने जनबिश्वस गर्दछन् ।

    समयको कालान्तर कान्छा रिब्लबुङ त्यहाँ पुग्दा पार गर्नु सकेन, दाईहरु कता गयो भन्ने कुरा पनि पत्ता लगाउनु सकेन किनकि दाईहरुले केराको बोट कादै सङ्केतको रूपमा छोड्ने गरेका थिए तर त्यहाँ पुग्दा केरा पुरा उम्रिसकेको थियो उनी त्यसपछि तराईतिर नै बसोबास गरे जेठा मुकुबुङको सन्तान लेक हुँदै हिमाली भेगसम्म पुगे र हिमाल काट्न नसकेर हिमाल आसपास नै बसोबास गरे ।

    माइला हर्कबुङको सन्तानहरू कोही सुनकोसीको किनारमा आसपासमा बसोबास गरे उनीहरू सुनुवार भए । कोही दुधकोशी पछ्याउँदै सोलुखम्बुको आसपासमा बसोबास गरे कालान्तरमा कुलुङ, थुलुङ, बाहिङ, खालिङ, बाम्बुले, बान्तवा, दुङमाली भए ।

    कोही अरुण नदी पछ्याउँदै सङ्खुवासभा, क्षेत्रमा बसोबास गरे कालान्तरमा मेवाहाङ, याम्फु, लोहोरुङ राई भाषिक समुदायका भए ।

    कोही तमोर नदी पहिल्याउँदै त्यसैको आसपासमा बसोबास गर्न थाले उनीहरू आठपहरिया, छिलिङ, छिन्ताङ्, मुगाली आदी राई भाषिक समुदाय भए भन्ने इतिहासहरूको दस्ताबेजमा उल्लेख छ । उक्त खुवालुङ हाम्रो किराँती मुन्दुमी नाक्छोङ, धामी,माङपाहरुले आफ्नो धार्मीककार्य गर्दा खुवालुडमा आएर शक्ति आर्जन गरी आफ्नो कार्य सिद्धि गर्ने हुँदा यो ढुङ्गा किरातीहरुको मुन्दुमी शक्ति केन्द्रको रूपमा लिने गरिन्छ ।

    https://www.kapurinews.com/news/view?id=13633&fbclid

    Comments

    Popular posts from this blog

    फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

    नेपालमा बोलिने भाषाहरू

    Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal