काठमाडौँ — एक प्रतिष्ठित निजी उच्चमाध्यमिक विद्यालयमा ‘ग्रोथ माइन्डसेट’ शीर्षकमा गोष्ठी आयोजना गरिएको थियो । गोष्ठीमा २ सय अभिभावक र १ सय जना शिक्षकशिक्षिका थिए । गोष्ठीका संयोजकले फोन गरेर गोष्ठीमा प्रमुख वक्ता बन्न प्रस्ताव रँख्दै भनेका थिए, ‘प्रवचनलाई साढे एक घण्टा समय उपलब्ध हुनेछ ।’
यस्तो कार्यक्रममा म स्लाइड प्रस्तुत गर्ने गर्छु । ३ सय जना श्रोतालाई डेढ घण्टा त्यस्तो गहन विषयमा प्रवचन दिनु चानचुने थिएन ।
‘सर, केही समयअघि यस्तै कार्यक्रममा एक जना डाक्टरसाबले स्लाइड प्रस्तुत गर्दा अभिभावकले खल्लो अनुभव गरे । प्रवचनतिरै जाँदा कसो होला ?’
‘प्रस्तुतिबारे चिन्ता नलिनोस् । बरु श्रोता र सभाकक्षको व्यवस्थापन मिलाउनुस्,’ मैले भनेँ ।
समकालीन नेपालका विज्ञ पगरी गुथेका अधिकांश अध्येतालाई वक्ता बन्न निम्तो आउँछ । तर, श्रोताको स्तर र रुचि पर्वाह नगर्दा पहिलो निमन्त्रणा अन्तिम बन्न पुग्छ । यस्तो पटके प्रवचनको बजार ठूलो छ ।
गोष्ठीमा मलाई मेरा समकक्षीले बिगारेको छवि सुधारगर्नुपर्ने थप चुनौती थियो । म एक दिनअघि नै विद्यालय पुगेँ । कार्यक्रम हुने प्रज्ञा–कक्षको निरीक्षण गरेँ । पर्दाको आकार, ध्वनि संयन्त्र जाँच गरेँ ।
कार्यक्रम हुने दिन म आधा घण्टाअघि विद्यालय पुगेँ । माइक, प्रोजेक्टर आदि जाँच गरेँ । प्रस्तोताको बोली पछाडिसम्म सुनिन्छ कि सुनिँदैन भनी निक्र्योल गरेँ । यसैबीच प्राथमिक तहका संयोजकले शिक्षिकाको एक समूहसँग परिचय गराए । उनी मभन्दा अग्ला अर्थात् छ फिटका रहेछन् ।
केही दिनअघि मसँग काम गर्ने एक अस्ट्रेलियन नागरिकले आफ्नो कद १९५ सेन्टिमिटर अग्लो भन्दा म आश्चर्यमा परेका थिएँ । मेरो यी ‘छफिटे’ मित्रलाई उनीसँग तुलना गर्न मन लाग्यो ।
‘ल, मिसहरूलाई प्रश्न— छ फिट भनेको कति सेन्टिमिटर हो ?’
मिसहरूले मुखामुख गरे । कसैले फ्याट्ट उत्तर दिन सकेन । एक शिक्षिकाले मोबाइल निकालिन् । ‘क्यालकुलेटर चलाउन नपाई,’ मैले भनेँ ।
प्राथमिक तहमा गणित र विज्ञान पढाउनेसहित गरी लगभग १५ जनाको समूहले यति सामान्य प्रश्नको उत्तर दिन नसक्नु संयोग थिएन । यो हाम्रो शिक्षा क्षेत्रको विकराल रूप देखाउने समुद्रमा डुबेको बरफको टुप्पो मात्र थियो । मैले उनीहरूलाई हीनताबोध नहुने किसिमले फिटलाई सेन्टिमिटरमा बदल्ने तरिका सिकाएँ । छ फिटलाई पहिले इन्चमा र त्यसपछि सेन्टिमिटरमा लग्दा १८० सेन्टिमिटर हुन्छ भनेर हिसाब निस्कियो ।
‘आर्ट अफ लिभिङ’ अर्थात् जीवन कलाको विषयमा प्रवचन दिन भारतवाट एक प्रशिक्षक आएकी थिइन् । त्यस्तो महत्त्वपूर्ण कार्यक्रममा विद्यालयका सञ्चालक, प्राचार्य वा सहप्राचार्यको उपस्थिति थिएन । मलाई निमन्त्रणा दिने संयोजकसमेत थिएनन् । यसले कार्यक्रम कर्मकाण्ड पूरा गर्ने सोचले प्रेरित थियोभन्ने स्पष्ट थियो ।
मैले प्रस्तुतिको सुरुमा मैले भनेँ, ‘यस्तो विषयमा उत्कृष्ट प्रस्तुति गर्न अनुसन्धान जरुरी पर्छ । मैले अध्ययन गरेको विषय शिक्षणशास्त्र होइन । मेरो प्रस्तुति तीन दशक लामो अध्यापन र दुई सन्तानको अभिभावकत्व बहन गरेको अनुभवबाट सिकेका महत्त्वपूर्ण पाठहरूमा केन्द्रित हुनेछ ।’
मैले नेपाल, भारत, थाइल्यान्ड, जापानका विश्वविद्यालयसँग जोडिएका मेरा अनुभव उल्लेख गरेँ । ‘अहिले उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीले विद्यालयमा सिक्नुपर्ने धेरै पाठ या त छुटाएको भेटिन्छ या त उनीहरू गलत सिकाइको सिकार भएका हुन्छन् । केही विद्यार्थी सामान्य विश्लेषणात्मक क्षमतासमेत प्रयोग गर्न सक्दैनन् । अधिकांशका हस्तलिपि नबुझिने र नराम्रा हुन्छन् । भूगोल र सामान्य ज्ञानको कुरा धेरै परको भयो,’ मैले भनेँ ।
इन्जिनियरिङ विषय लिई स्नातक तह अध्ययन गर्ने विद्यार्थीले परीक्षामा सोधिएका केही प्रश्नका जवाफ उदाहरणका रूपमा प्रस्तुत गरेँ—
‘क्याम्पसको वरपर पाइने रूखको व्यास ३० किलोमिटर हुन्छ । सुश्री परीको जुत्ताको लम्बाइ २४ फिट छ । ‘म्यान होल’ मान्छे बस्ने ठाउँ हो । वातावरण इन्जिनियरिङ भनेको इन्जिनियरिङको एक शाखा हो जसमा वातावरणसम्बन्धी अध्ययन गरिन्छ । तरल अवस्थामा नभएको फोहोरमैलालाई ‘ठोस फोहोरमैला’ भनिन्छ ।’
यो दृष्टान्तले शैक्षिक धरातल रसातलमा रहेको इंगित गर्छन् । कतिपय शिक्षक यस्ता ‘अर्थ न बर्थ’ का उत्तरलाई समेत ठीक–बेठीक छुट्याउन सक्दैनन् । किनभने सिकाइ र बुझाइमा रचनात्मक हिसाबमा औंलो ठड्याउने परिपाटी विकास भएन । शिक्षकहरू विद्यार्थीको कापीमा रातो कलमले केर्ने या त साहस गर्दैनन् या त उनीहरू पनि विपरीतधर्मी सिकाइको सिकार भई जड–जागिरेको पगरी गुथेर बसेका हुन्छन् ।
कक्षा १ का विद्यार्थीले पढ्ने ‘मेरो नेपाली किताब’ मा ‘झबाट झन्डा’ भन्ने बुझाउन झन्डाको चित्र देखाइएको छ । तर, त्यो झन्डाको रङ श्यामश्वेत छ । हामीले विद्यार्थीलाई ‘कालो झन्डा’ देखाएर नेपालको शान रंगीन झन्डा चिनाउने प्रयास गर्यौं । यो क्रम पाँच दशकसम्म चल्यो ।
बालबालिकाको आचरण र अभिभावकको कर्तव्यसँग जोडिएको विषय सम्बोधन गर्दै केही दिनअघि फेसबुकमा पढेको एक प्रसंग सुनाएँ—
‘एक रात अर्जुनले अनौठो सपना देखेछन् । एउटा गाईलेआफ्नो नवजात बाच्छोलाई प्रेमले चाटिरहेको थियो । गाई बाच्छोको प्रेममा यति डुबेको थियो कि चाट्दाचाट्दै बाच्छोको कोमल छालासमेत देखिन थालिसकेको थियो । गाईलाई होसै थिएन । बिस्तारै बाच्छाको शरीरवाट रगत निस्किन थाल्यो । अन्त्यमा, बाच्छो बेहोस भएर भुइँमा ढल्यो ।’
नि:सर्त मायाले उच्च जोखिम बोकेको हुन्छ भन्ने सन्देश दिने यो ‘गाई–बाच्छा’ को कथालाई आजका अभिभावकको चालचलन र सर्वसुलभ आधुनिक प्रविधिसँग तुलना गर्दै भनेँ, ‘आफ्ना सन्तानलाई अधिक माया गर्ने बेहोसी लहडले ससाना बाबुनानीलाई स्मार्ट फोन, आइप्याडलगायतका ग्याजेट्स दिन्छौं । त्यहीं माया धेरै भएर विषको रूप धारण गरेको छ । उनीहरूको सिकाइ र बुझाइ प्रभावित भएको छ । उनीहरू एकांगी स्वभावका भएका छन् ।’
मैले कोही एक जना सहभागी उठिदिन भनेँ । म उनलाई एउटा प्रश्न सोध्न चाहन्थें । तर, कसैले पनि उठ्ने आँट गरेन । त्यसपछि मैले भनेँ, ‘अहिले तपाईंहरूका लागि नमुना बन्ने अवसर छ । भरे घर गएर आज तिम्रो विद्यालयमा भएको कायक्रममा प्रश्नको उत्तर दिएर अरूले आँट नगरेको काम गरेँ भनेर आफ्नो बाबुनानीलाई सुनाउन सक्नुहुन्छ । हिम्मत कसरी जुटाउने, मौका कसरी हात पार्ने भन्नेबारेमा बालबालिकाले अभिभावकबाट सहजै धेरै सिक्छन् ।’
एक सहभागी उठिन् । उनका दुई सन्तान रहेछन । सानो ३ कक्षामा पढ्दो रहेछ ।‘सानो छोरालाई कुन जन्मदिनमा स्मार्ट फोन उपहार दिने विचार गर्नुभएको छ ?’ सोधेँ ।
‘दस कक्षासम्म नपुगुन्जेल उसलाई स्मार्ट फोन नदिने विचार गरेकी छु ।’
‘तर, अरूका बुबाआमाले दिन्छन् । साथीहरूले फोन उपहार पाएपछि उसले तपाईंलाई दबाब दिन्छ । कसरी झेल्नुहुन्छ ?’
सपाट उत्तर उनीसँग थिएन । विषय आफैंमा पेचिलो थियो । अध्ययन अनुसन्धान गर्नुपर्ने यस्तै विषयमा हो ।
हाम्रा अभिभावकका समस्या ‘अवास्तविक महत्त्वाकांक्षा’ सँग जोडिएका छन् । यो विषयमा सन २०१७ को अर्थशास्त्र विषयका नोबेल पुरस्कार विजेता रिचर्ड थेलरले गहन अनुसन्धान गरेका छन् । उनका अनुसार सबै अभिभावक आफ्नो सन्तान कक्षामा प्रथम होस् भन्ने महत्त्वाकांक्षा राख्छन । तर, एउटा कक्षामा एक जना मात्र प्रथम हुन्छ । यसले अभिभावकमा आफ्नो सन्तान कमजोर भएको भ्रम पैदा हुन्छ । भ्रमले तनाव सिर्जना गर्छ ।
कार्यक्रममा एक जना अभिभावक चार कक्षामा पढ्ने छोरोसहित उपस्थित थिए । ती अभिभावकले हात उठाए । तर, मैले उनको छोरोलाई सोधेँ, ‘यो विद्यालयबाट सबैभन्दा नजिकको सरस्वतीको मन्दिर कुन हो ?’
उसलाई जानकारी थिएन । उसका बुबा पनि अनभिज्ञ थिए । शिक्षकशिक्षिका–अभिभावक कसैलाई पनि जानकारी रहेनछ । त्यहाँ सामाजिक शिक्षा पढाउने शिक्षिका पनि थिए । जबकि त्यस विद्यालयवाट लगभग ५ सय मिटरको दूरीमा सरस्वतीको प्रख्यात मन्दिर छ ।
अभिभावकले आफ्ना बालबालिकासँग ‘उत्तम समय’ बिताउनुपर्छ । उनीहरूलाई आफूले काम गर्ने कार्यालय, नजिकका प्रख्यात आस्थाका केन्द्र वा पर्यटकीय केन्द्रमा घुमाउन लैजानुपर्छ । उनीहरूसँग विविध विषयमा छलफल गर्नुपर्छ । समग्रमा, उनीहरूका क्रियाकलापमा अभिभावकले पनि नियमित रूपमा अनुशासित भएर संलग्न हुनु अपरिहार्य छ । यसले बालबालिकाको सिकाइ र व्यक्तित्व विकास प्रभावकारी बन्छ ।
लेखक नेपाल विकास अनुसन्धान प्रतिष्ठानसँग आबद्ध छन् ।प्रकाशित : मंसिर २६, २०७५ ०८:१३https://www.kantipurdaily.com/opinion/2018/12/12/154458169096453721.html
ऐतिहासिक गढीहरु अतिक्रमण तत्काल हटाउँछौं : पुरातत्व विभाग् - गणेश राई , अाेखलढुंगा असार ११, २०७३- हाल संघीय प्रदेश–१ मा परेको ओखलढुंगा जिल्ला सन् १७५६ तिर काठमाडौं उपत्यकाका राज्यहरुमाथि कब्जा गर्नु अगाडि नै पृथ्वीनारायण शाहको अधिनमा आएको ‘मेचीदेखि महाकाली भाग–१’ पुस्तकमा उल्लेख छ । उक्त पुस्तकमा ओखलढुंगाको आठवटा थुमहरु बुङनाम, तलुवा, च्यानाम, सोलु, तिल्पुङ, चिसंखु, चुप्लु र चौरास उल्लेख गरिएका छन् । गोरखाली फौजको आक्रमण र पराजयपछि छाडिएका ती थुम, गढी, दुर्गहरुमा देवीस्थापना गरी सामूहिक पूजास्थलका रुपमा विकास गरिएका पाइएका छन् । ०७ सालअघिसम्म यी कोटघरहरुमा दशैको बेला मौलो लगाउने चलन थियो । अहिले पनि स्थानीयले दशैको बेला पूजा गर्ने गरेका छन् । इतिहासविद् ज्ञानमणि नेपालका अनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि काठमाडौं उपत्यकापूर्वतर्फ किराती शासकहरुको ससाना राज्यहरु थिए । ऐकीकरणपछि प्रमुख ऐतिहासिक गढीहरुमध्ये केहीको अध्ययन, अनुसन्धान भएको तर सबैको हुन नसकेको बताए । ‘त्यस बेलाका राजाले सैनिक पाल्दैनथे,’ इतिहासविद् नेपालले भने, ‘लडाइँका न...
स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट नेपालको भाषा आधिकारिक भाषा हरु नेपाली (गोर्खाली) [१] क्षेत्रीय भाषा हरु सम्मिलित मैथिली , नेपाल भाषा (नेवारी), थारु , गुरूङ , तामाङ , मगर , शेर्पा , किराँती , भोजपुरी तथा अन्य भाषाहरु सांकेतिक भाषा हरु नेपाली सांकेतिक भाषा झानकोट सांकेतिक भाषा , जुम्ला सांकेतिक भाषा , घान्द्रुक सांकेतिक भाषा बि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १२३ भाषाहरु मातृभाषा (पहिलो भाषा)को रुपमा बोल्ने गरिन्छ । [२] अधिकांशरुपमा नेपालमा भारोपेली तथा चीनीया-तिब्बती भाषा परिवारका भाषा बोल्ने गरिन्छ । नेपालको सरकारी कामकाजको भाषालाई नेपाली हो जसलाई विगतमा गोर्खाली वा खसकुरा भन्ने गरिन्थ्यो । बि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार, मातृभाषाका रूपमा नेपाली भाषा बोल्ने भाषीको प्रतिशत ३४.३६% रहेको छ भने बैतडेली भासा बोल्ने संख्या ४९.५६ छ।। [३] नेपाल सानो देश भए पनि यहाँ धेरै विविधता छ । यहाँ धेरै जात-जाती, समुदाय, धर्मका मानिषहरू बसोबास गर्छन । सबै सम...
Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal The basic principle of census is to ensure that no one is left and no one is repeated Kamal Dev Bhattarai published on 2020-09-23 19:09:00 Nepal has been carrying out decennial population census since 1911, with the next one, the country’s 12 th , due in June 2021. The body mandated to conduct it is the Central Bureau of Statistics (CBS), a government agency under the National Planning Commission. Bureau officials say they are working on war-footing to make the census possible, yet it’s a tough task in the middle of a pandemic. And will the census also include Kalapani? Kamal Dev Bhattarai spoke to Rudra Suwal, senior economist and former CBS Deputy Director General. What is the importance of census? There are multiple dimensions to and benefits of census. First, census is a constitutional obligation as it is on the basis of population that electoral cons...
Comments
Post a Comment