मेदिनबहादुर लामिछाने काठमाडौँ — विद्यालयमा बर्दीको लिखित इतिहास छैन । सन् १२१२ मा तत्कालीन केन्टरवरीका आर्क विशपले विद्यालयमा विद्यार्थीलाई ‘कप्पा क्लाउजा’ (एक प्रकारको बर्दी) लगाउनुपर्ने नियम बनाएका थिए । त्यसपछि विद्यालयमा बर्दी सुरु भएको मानिन्छ ।
आधुनिक विद्यालय शिक्षामा बर्दीको प्रयोग १६आैं शताब्दीबाट भएको पाइन्छ ।बेलायतको एक क्रिस्चियन अस्पतालको आवासीय विद्यालयमा अध्ययनरत विपन्न तथा असहाय बालबालिकालाई चर्च प्रशासनले बर्दी व्यवस्था गरेको थियो । विद्यालयमा बर्दी संसारभर फैलिएको छ ।
बर्दीको आवश्यकताबारे चर्चा, बहस, छलफल, अध्ययन, अनुसन्धान तीव्र रूपमा भइरहेको छ । यसको उपयोगिता पनि घट्दै गएको पाइन्छ । धेरै विकसित राष्ट्रले यसलाई त्यागिसकेका छन्, कतिपय त्याग्ने क्रममा छन् । हामीकहाँ भने यो अझ बलियो रूपमा उपस्थित हुँदै गएको पाइन्छ । राज्यले नै यसलाई मलजल गर्ने क्रम रोकिएको छैन ।
काठमाडौं महानगरपालिका र प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले आफ्नो मातहतका सबै विद्यालयमा विद्यार्थीका लागि एउटै पोसाक व्यवस्था गर्न लागेको समाचार आएका छन् । सार्वजनिक र निजी दुवै प्रकारका विद्यालयमा यो नियम लागू हुने जनाइएको छ । यस्तो व्यवस्थाले विद्यालयमा समावेशिता र समानताको संस्कृति सिर्जना गर्ने दाबी गरिएको छ ।
फरकफरक पोसाकका कारण शिक्षामा व्यापारीकरण बढेको र कमिसनको जालो फैलिएको ठहरसमेत गरिएको छ । कुनै विद्यार्थीले एउटा विद्यालयबाट अर्को विद्यालयमा स्थानान्तरण हुँदा नयाँ पोसाक किन्ने बोझ पनि हट्ने भनिएको छ ।
प्रदेश सरकार र महानगरपालिकाले विद्यार्थीलाई लक्षित गरी पोसाकसम्बन्धी गर्न लागेको नयाँ व्यवस्था उचित छ/छैन भनी बहस र छलफल गर्नुअघि विद्यालयमा लागू गर्न खोजेको बर्दी हो वा पोसाक भन्नेबारे बुझ्नुपर्छ । कुनै समूहले उस्तै रङ, उस्तै बनावट र उस्तै कपडाको सेट पहिरन्छ भने त्यसलाई पोसाक होइन, बर्दी भनिन्छ ।
नेपाली सेना र नेपाल प्रहरीले लगाउने लुगाको रङ, डिजाइन, कपडाको गुणस्तर र सेट एउटै हुन्छ । फरक हुन्छ केवल आकार । तिनलाई बर्दी भनिन्छ । हामीले कसैलाई ‘तपाईंहरू औपचारिक पोसाकमा उपस्थित हुनुहोस्’ भन्याैं भने उनीहरू नेपाली पोसाक दौरा, सुरुवाल, ढाका टोपी, कोट कि त कमिज पाइन्ट, कोट, टाई लगाएर आउँछन् । उनीहरूले लगाउने लुगाको डिजाइन, रङ, कपडाको गुणस्तर फरकफरक हुन्छ । यहाँ उनीहरूले लगाउने लुगालाई पोसाक भनियो, बर्दी होइन ।
महानगरपालिका र प्रदेश सरकारले विद्यालयमा पोसाक होइन, बर्दीको व्यवस्था गर्न लागेको देखिन्छ । पोसाक हुन्थ्यो भने आफूले लागाउने लुगाको रङ, डिजाइन, गुणस्तर छनोट गर्ने अधिकार विद्यार्थीलाई दिइन्थ्यो । विद्यार्थीलाई पोसाक लगाएर आउनुपर्ने नियम बनाइएको हो भने निर्णयकर्ताले पोसाक र बर्दीमा फरक छुट्याउन जान्नुपर्छ ।
के पढ्ने, कसरी पढ्ने, कसले पढाउने, कति गहिराइमा पढने/पढाउने, कहाँ पढाउने भन्ने कुराको निर्णय गर्ने अधिकार हामीले हाम्रा विद्यार्थीलाई दिन सकेनौं । कस्तो लुगा लगाउने, कस्तो खाने भन्ने निर्णय पनि उनीहरूले गर्न नपाउने भए । अभिभावक र समाजको आकांक्षा त कसरी बोल्ने, के बोल्ने, कसरी हिँड्नेसमेत विद्यालयले निर्णय गरिदिए हुन्थ्यो भन्ने छ ।
हाम्रा नानीबाबुहरू कहिले अभिभावक, कहिले समाज, कहिले शिक्षक, कहिले विद्यालय प्रशासन, कहिले सरकारको आदेश र निर्णय शिरोधार्य गर्दा गर्दा थिचिने भए । बर्दीले विद्यार्थीको आत्मअभिव्यक्तिलाई निस्तेज पार्छ । रचनात्मक चिन्तन, सीप र महत्त्वपूर्ण सोचका लागि बर्दीले सहयोग गर्दैन । बर्दी अनुशासनको प्रतीक हो भने पोसाक जिम्मेवारीको ।
हामीले खोजेको नागरिक आदेशपालक हो कि रचनात्मक चितनसहितको जिम्मेवार नागरिक ? बर्दीले समानता देखाउला तर त्यस्तो बनावटी समानताले द्वन्द्व मात्र निम्त्याउँछ । केटा र केटीलाई फरक–फरक बर्दी लगाउन बाध्य पारिँदा लैंगिक विभेद जरा सानै उमेरदेखि गाडिदिन्छ । पोसाकले विद्यार्थीलाई अभिव्यक्ति स्वतन्त्रता प्रदान गर्छ र कक्षा कोठाको सिकाइ वातावरणलाई सहज बनाउन मद्दत गर्छ ।
विभिन्न संस्थाले गरेका अध्ययन अनुसन्धानले विद्यार्थीको बर्दी र उसको सिकाइ उपलब्धिबीच कुनै साइनो हुँदैन भन्ने पुष्टि गरेका छन् । कक्षाकोठाको सिकाइ वातावरण रंगीन हुनुपर्छ । रंगीन वातावरणले हाम्रो सोच र दिमागलाई सिक्न, पढ्न र छलफलका लागि उत्तेजित बनाउँछ । विद्यार्थीलाई आफूलाई मन पर्ने रङको सर्ट, पाइन्ट तथा स्कर्ट लगाएर विद्यालय आउनुपर्ने नियम बनाइयोभने कक्षा फूलबारीजस्तो हुन्छ । रातो, नीलो, पहेंलो फूल फुलेको फूलबारीजस्तो ।
मानिसले आफू को हो भनेर व्यक्त गर्ने धेरै माध्यममध्ये उसले लगाउने पोसाक पनि एक हो । बर्दीको उर्दी जारी गर्दा विद्यार्थीले आफूलाई सहज तरिकाले प्रस्तुत गर्न पाउँदैन । बर्दी लगाउँदा विद्यार्थीले आफूलाई दमित महसुस गर्छ । १२ वर्षसम्म एउटै रङ, डिजाइन र स्तरको पोसाक पहिरिँदा विद्यार्थीमा लघुताभास विकास हुन जान्छ । कुनै विद्यार्थीलाई कुनै रङसँग एलर्जी छ भने या त उसले त्योसँग जुध्नुपर्यो, या त विद्यालय छाड्नुपर्यो ।
हाम्रा कक्षाकोठाले समाजको प्रतिनिधित्व गर्नुपर्छ । विविधता नभएको समाज प्राण नभएको जीवजस्तै हुन्छ– निरर्थक र लघुताभासयुक्त । कक्षाकोठामा समाजलाई प्रतिविम्बित गर्न विभिन्न जातजाति, पेसा–व्यवसाय, सामाजिक–सांस्कृतिक पृष्ठभूमि भएका केटाकेटी भर्ना गर्नुपर्छ । उनीहरूलाई आफूले मन पर्ने पोसाकमा विद्यालय आउने वातावरण बनाउनुपर्छ ।
बर्दी लगाउन बाध्य पारियो भने विविधता रहेन जुन शाश्वत चीज हो, जुन जीवन र जगत्मा देखिन्छ, भोगिन्छ अनि जुन विद्यार्थीले भविष्यमा भोग्नुपर्नेछ, त्यही चीज हामीले नसिकाउँदा विद्यार्थीको पढाइको तयारी गरिएला तर जीवनको तयारी गर्न सकिँदैन ।
बर्दीले विद्यार्थीको आर्थिक, सामाजिक विविधतालाई छोप्न खोजियो भने त्यसले नकारात्मकता ल्याउन सक्छ । उसले कपडाको माध्यमले नभए पनि शब्दले व्यक्त गर्यो भने भयावह बन्न सक्छ । शाश्वत सत्य नलुकाईकन ज्ञान निर्माण, सीप तथा कौशल सिकाइ र अवधारणा बुझाइमा विद्यार्थीलाई संलग्न गराउनुपर्छ । केही लगाम लगाउनैपर्यो भने पोसाक निर्धारण गर्न सकिन्छ, बर्दी होइन । पोसाकले छाडापन ल्याउँछ कि भन्ने आशङ्का व्यक्त गर्ने गरिएको छ ।
विद्यालयमा के लगाउन पाउने/नपाउने, कस्तो डिजाइन स्वीकार्य/अस्वीकार्य हुन्छन्, निर्धारण गर्न सकिन्छ । पोसाकको आचारसंहिता बनाएर नियमन गर्न सकिन्छ । पोसाक आचारसंहिताले अस्वस्थ प्रतिस्प्रर्धा हटाउन र सिकाइ वातावरणअनुकूल बनाउन केही बन्देज लगाउन सक्छ । सामान्यतया पोसाक आचारसंहिता बर्दी नीतिहरूभन्दा कम सीमितता भएका र कम हानिकारक हुन्छन् ।
बर्दी विद्यार्थी कक्षामा अनुपस्थित हुने कारण पनि बन्न सक्छ । हामीले सामाजिक आर्थिक समानताको हिसाबले विद्यालयमा बर्दीको नियम लगाएका हौं भने हुँदा खाने र आर्थिक रूपले विपन्न बालबालिकाले एक वा दुई सेट बर्दी मात्र किन्न सक्छन् । कुनै कारणले लुगा मैलो भयो र धुन सकेन भने उससग विद्यालय नजानुको विकल्प रहँदैन ।
धेरै अभिभावकले विद्यालयले बर्दी लगाउनुपर्ने नियम बनायो भने बिहान विद्यालय पठाउँदा अनुत्पादक वादविवादमा अल्झनु नपर्ने तर्क गरेको पाइन्छ । आफूले लगाउने पोसाकमा आमाबाबुसँग तर्क–वितर्क गर्दा हाम्रा नानीबाबुले आफ्नो पहिचान र मूल्य आमाबाबुसँग व्यक्त गर्ने मौका पाउँछन् । अभिभावकले आफ्नो मूल्यमान्यता के हो, आफ्ना छोराछोरीलाई बताउने प्लेटफर्म प्राप्त गर्छन् । यो अति महत्त्वपूर्ण हुन्छ ।
आमाबाबु र छोराछोरीबीच हुने सम्मानित असहमतिले जहिल्यै परिपक्वतातर्फ बढाउँछ । आमाबाबु र छोराछोरीबीच हुने सानो वादविवाद र छलफलले भविष्यमा ठूला विद्रोह रोक्न सक्छ । यसले कुनै समस्या पर्दा छलफलबाटै समाधान निस्कन्छ भन्ने बोध गराउँछ । कुलतबाट समेत बचाउन मद्दत गर्छ ।
विद्यालय ज्ञान निर्माण गर्ने, सीप तथा कौशल सिक्ने, अवधारणा बुझ्ने थलो हो । यो कुनै सेनाको ब्यारेक वा प्रहरी थाना होइन, जहाँ बर्दी लगाएर काम गर्नैपर्ने हुन्छ । कडा अनुशासनमा राखेर भन्दा स्वतन्त्र रूपमा राखेर दीक्षित गराइएका विद्यार्थीमा अन्तर्निहित क्षमता राम्रोसँग विकास गराउन सकिन्छ ।
विश्वभरका उदाहरणले विद्यालयको बर्दीले अनुशासन, सामूहिक भावना र उपलब्धि हासिल गराउनेमा कम से कम शैक्षिक संस्थामा स्थान राख्दैन भन्ने देखाउँछ । यो ब्यारेक र थानामा अपरिहार्य होला तर शिक्षालयमा होइन । विद्यालयमा बर्दी अनुकूलताको दृष्टिकोणबाट मात्र ठीक छ । अभिभावकलाई हाइसन्चो । व्यापरीलाई मालामाल । निर्णयकर्तालाई लोकलाज बचाउन सजिलो ।
विद्यालयमा बर्दीको उर्दीले पोसाकसम्बन्धी दबाब घटाउला, विद्यार्थीको सामाजिक आर्थिक वर्गीयतामा समानता ल्याउला, अभिभावकको खर्च कटौती गर्ला, अनुशासन कायम गर्ला, विद्यार्थीलाई विद्यालय जान तयारी गर्ने समय घटाइदेला, पहिरनसम्बन्धी कुराबाट विद्यार्थीको ध्यान पढाइमा केन्द्रित गर्ला तर यसले विद्यार्थीको व्यक्तिगततालाई घटाइदिन्छ । नागरिकले आफ्नो व्यक्तिगत विकास गर्न र असल नागरिक बन्ने मौका नपाएपछि समाज र राष्ट्रले के पाउला ?
संविधानले आधारभूत शिक्षा नि:शुल्क पाउने हक स्थापित गरेको छ । आधारभूत तहसम्मको शिक्षा प्राप्त गर्न नि:शुल्क पाठ्यपुस्तक व्यवस्था गरिएको छ । कुनै अभिभावकले विद्यालयको बर्दी किन्न नसके ऊ पढाइबाट वञ्चित हुन्छ । कि त राज्यले उसको बर्दी किनिदिने व्यवस्था गरिदिनुपर्यो । सरकारी तथा सार्वजनिक विद्यालयमा पढ्ने विद्यार्थीका आमाबाबुले एक रुपैयाँ पनि खर्च नगरी पढ्न पाउनुपर्ने हो ।
बर्दी अनिवार्य गरियो भने अभिभावकलाई नानीबाबुको शिक्षा पाउन खर्च गर्नुपर्ने बाध्यता आइलाग्छ । यसले संविधानले सुरक्षित गरेको नि:शुल्क शिक्षा प्राप्त गर्ने हक र अधिकारलाई वञ्चित गरिदिन्छ ।
लेखक युलेन्स स्कुल ललितपुरका प्रधानाध्यापक हुन् ।प्रकाशित : पुस २, २०७५ ०७:३९https://www.kantipurdaily.com/opinion/2018/12/17/154501167867845940.html?author=1
पुष्कर कडेलपुस २, २०७५
शिक्षालयमा पोसाक आवश्यक छ छैनभन्ने बहस सुरु भएको छ। बहस सकारात्मक नै मान्नु पर्छ। किनभने हामी शिक्षालयका सवारी साधनहरू एउटै रङका बनाउन थाल्यौं जसले सजिलै यो त विद्यार्थी बोक्ने गाडी भनेर चिन्न सजिलो भो।जो गाडी चढेर शिक्षालय जान बाध्य छन् ति सबैले उस्तै सुविधाको साधन उपयोग गर्दा उनीहरूमा हामी एकै खालका हौं भन्ने भावना विकास गर्न सजिलो हुन्छ। यात्रामा अनौपचारिक कुरा गर्दा मित्रता बढ्ने र समूहमा रमाउने बानीको विकास पनि हुन्छ। धनी अभिभावकका छोराछोरी निजी गाडीमा विद्यालय आउँदा त्यसले आर्थिक अवस्था कमजोर भएको विद्यार्थीको मनस्थितिमा नकारत्मक असर पर्छ नै। त्यसरी पोसाकले पनि असर गर्छ। विद्यालयमा लगाइने पोसाक्लाई बर्दीसँग तुलना गर्नु अलि न्यायोचित भएन किनभने विद्यार्थीले लगाउने पोसाकले उनीहरूलाई मानसिक रूपमा हामी विद्यार्थी हौै र हाम्रो भूमिका विद्यार्थीको जस्तो हुनुपर्छ भन्ने भावनाको विकास गर्न सहयोग गर्छ। विद्यालय वा कलेजको समय अघि/पछि विद्यालय/कलेज र घर नगएर अन्यत्र बरालिनबाट रोक्न मद्दत गर्छ। त्यसैले नकारात्मक पक्षलाई भन्दा सकारात्मक पक्ष के-के हो त्यसमा चिन्ता र चिन्तन गर्न थालौं। पोसाकविनाको अस्वस्थ्य प्रतिस्पर्धाका खराब पक्षलाई बुझ्ने प्रयत्न गरौं। तर पोसाकको मुद्दासँग-सँगै सिकाइको अवस्था र लगानीका बारेमा पनि बहस गर्ने हो कि! हाम्रो शिक्षा नाफाखोरीहरूको कब्जामा पार्दै नागरिक निर्यात गर्ने दृष्टिकोणबाट निर्देशित भइरहेको वास्तविकता सबैलाई बताउन थाल्ने कि! शिक्षा व्यवस्था र अभ्यासमा केन्द्रीत बहस सुरू गर्ने कि! किनभने सामुदायिक शिक्षालय होस् कि संस्थागत दुवैको उत्पादन देशका भइरहेको छैनभन्ने तथ्यलाई स्वीकार गर्दै शिक्षा व्यवस्थामा आमूल परिवर्तन गर्दै नाफाखोरीको कब्जाबाट शिक्षालाई बाहिर ल्याउन सहयोग गरौै। खाडीलगायत अन्य मुलुक रोजगारीका लागि जाने जनशक्ति सामुदायिक शिक्षालयका उत्पादनको बर्चश्व छभने युरोप अष्ट्रेलिया अमेरिकालगायत मुलुक जाने र उतै पलायन हुने जनशक्ति संस्थागत विद्यालयका छन्। देशका लागि नागरिक तयार गर्ने सोच आजको शिक्षामा देखिएन। शिक्षाको राष्ट्रिय लक्ष्य, उद्देश्यहरू के के हुने, कुन दर्शनलाई आधार मान्ने, नयाँ पाठ्यक्रम कस्तो बनाउने, माध्यम भाषाहरू के के हुने, शैक्षिक जनशक्ति कति र कस्तो चाहिने, सन्दर्भ सामाग्रीहरूको विकास के कसरी गर्ने र भौतिक सेवा सुविधा तथा व्यवस्थापन के कस्तो हुने भन्ने सवालमा बहस गर्न पो थाल्ने होकि? हाम्रो बौद्धिक क्षमता र विवेकको प्रयोग आफ्नो पेसा र स्वार्थमा केन्द्रीत गरेरभन्दा देशको स्वार्थमा प्रयोग गरेर रमाउन थाल्ने कि? नीतिगत त्रुटीहरू सच्याउन हाम्रो प्राव र क्षमताहरू प्रयोग गर्न थालौं। सिकाइमा आतङ्क सिर्जना गरिरहरेका संस्थागत शिक्षालयहरूको प्रगति र व्यवहारलाई गुणस्तरीय भन्दै रमाउनेहरूका कारणले आम अभिभावकहरू आर्थिक र विद्यार्थीहरू मानसिक शारिरिक शोषणमा पर्न बाध्य छन्। यसतर्फ पनि ख्याल गरौं। देश चिनाउने र असल नागरिक बनाउने शिक्षाको विकासमा योगदान गरौं।
ऐतिहासिक गढीहरु अतिक्रमण तत्काल हटाउँछौं : पुरातत्व विभाग् - गणेश राई , अाेखलढुंगा असार ११, २०७३- हाल संघीय प्रदेश–१ मा परेको ओखलढुंगा जिल्ला सन् १७५६ तिर काठमाडौं उपत्यकाका राज्यहरुमाथि कब्जा गर्नु अगाडि नै पृथ्वीनारायण शाहको अधिनमा आएको ‘मेचीदेखि महाकाली भाग–१’ पुस्तकमा उल्लेख छ । उक्त पुस्तकमा ओखलढुंगाको आठवटा थुमहरु बुङनाम, तलुवा, च्यानाम, सोलु, तिल्पुङ, चिसंखु, चुप्लु र चौरास उल्लेख गरिएका छन् । गोरखाली फौजको आक्रमण र पराजयपछि छाडिएका ती थुम, गढी, दुर्गहरुमा देवीस्थापना गरी सामूहिक पूजास्थलका रुपमा विकास गरिएका पाइएका छन् । ०७ सालअघिसम्म यी कोटघरहरुमा दशैको बेला मौलो लगाउने चलन थियो । अहिले पनि स्थानीयले दशैको बेला पूजा गर्ने गरेका छन् । इतिहासविद् ज्ञानमणि नेपालका अनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि काठमाडौं उपत्यकापूर्वतर्फ किराती शासकहरुको ससाना राज्यहरु थिए । ऐकीकरणपछि प्रमुख ऐतिहासिक गढीहरुमध्ये केहीको अध्ययन, अनुसन्धान भएको तर सबैको हुन नसकेको बताए । ‘त्यस बेलाका राजाले सैनिक पाल्दैनथे,’ इतिहासविद् नेपालले भने, ‘लडाइँका न...
स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट नेपालको भाषा आधिकारिक भाषा हरु नेपाली (गोर्खाली) [१] क्षेत्रीय भाषा हरु सम्मिलित मैथिली , नेपाल भाषा (नेवारी), थारु , गुरूङ , तामाङ , मगर , शेर्पा , किराँती , भोजपुरी तथा अन्य भाषाहरु सांकेतिक भाषा हरु नेपाली सांकेतिक भाषा झानकोट सांकेतिक भाषा , जुम्ला सांकेतिक भाषा , घान्द्रुक सांकेतिक भाषा बि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १२३ भाषाहरु मातृभाषा (पहिलो भाषा)को रुपमा बोल्ने गरिन्छ । [२] अधिकांशरुपमा नेपालमा भारोपेली तथा चीनीया-तिब्बती भाषा परिवारका भाषा बोल्ने गरिन्छ । नेपालको सरकारी कामकाजको भाषालाई नेपाली हो जसलाई विगतमा गोर्खाली वा खसकुरा भन्ने गरिन्थ्यो । बि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार, मातृभाषाका रूपमा नेपाली भाषा बोल्ने भाषीको प्रतिशत ३४.३६% रहेको छ भने बैतडेली भासा बोल्ने संख्या ४९.५६ छ।। [३] नेपाल सानो देश भए पनि यहाँ धेरै विविधता छ । यहाँ धेरै जात-जाती, समुदाय, धर्मका मानिषहरू बसोबास गर्छन । सबै सम...
Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal The basic principle of census is to ensure that no one is left and no one is repeated Kamal Dev Bhattarai published on 2020-09-23 19:09:00 Nepal has been carrying out decennial population census since 1911, with the next one, the country’s 12 th , due in June 2021. The body mandated to conduct it is the Central Bureau of Statistics (CBS), a government agency under the National Planning Commission. Bureau officials say they are working on war-footing to make the census possible, yet it’s a tough task in the middle of a pandemic. And will the census also include Kalapani? Kamal Dev Bhattarai spoke to Rudra Suwal, senior economist and former CBS Deputy Director General. What is the importance of census? There are multiple dimensions to and benefits of census. First, census is a constitutional obligation as it is on the basis of population that electoral cons...
Comments
Post a Comment