अन्तर्राष्ट्रिय डिग्री स्वदेशमै

गणेश राई


अन्तर्राष्ट्रिय शिक्षा भन्नाले विद्यार्थीलाई विश्वव्यापी काम लाग्ने शिक्षा भनेर बुझिन्छ । विद्यार्थीले फरक देश, भूगोल, समाज, संस्कृति, कानुन, पद्धतिहरुमाझ आफूलाई उभ्याउने शिक्षाका रुपमा यसलाई परिभाषा गरिन्छ । त्यस्ताखाले शिक्षा हासिल गर्नका निम्ति विदेशै जानुपर्ने चलन छ । विकासोन्मुख मुलुकमा बाध्यता पनि हो ।

नेपाली विद्यार्थी विदेश पढ्न जा“दा मह“गो शुल्क तिर्नु पर्छ । सबैका निम्ति छात्रवृत्ति सम्भव हुन्न । अर्कोतर्फ विदेश पढ्ने निहुमा रोजगारी गरेर पैसा कमाउन पनि पाइन्छ । स्वदेशमा दर्जन विश्वविद्यालय सुचारु छन् । ती विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सयौं क्याम्पस सुचारु छन् । सर्वविदितै छ– नेपालको शिक्षा बढी सैद्धान्तिक र कम व्यवहारिक छ । ‘आउट डेटेड पाठ्यक्रमका आधारमा बनेका पाठ्यपुस्तक र दसकौंदेखि एउटै नोट लेखाउने शिक्षक छन्’ भन्ने आरोप उस्तै छ ।

यही बाध्यतालाई चिर्न अढाइ दसकदेखि नेपालमै अन्तर्राष्ट्रिय डिग्रीका विभिन्न कार्यक्रम संचालनमा छन् । विदेशी विश्वविद्यालयले संचालन गरेका उद्यमका निम्ति चल्तीका विषय तथा कार्यक्रमलाई नेपालमै चलाइएकोले ‘अन्तर्राष्ट्रिय डिग्री स्वदेशमै’ भन्ने गरिएको छ । बेलायत, अमेरिका, अस्ट्रेलिया, मलेसिया, भारतलगायत मुलुकका विश्वविद्यालयको सम्बन्धन तथा सहकार्यमा ती कलेजहरु संचालनमा छन् । विदेशमा उच्च शिक्षा हासिल गरेर नेपाल फर्किएका युवाले यसखाले शैक्षिक संस्थाको नेतृत्व गर्दैआएका छन् । ती शैक्षिक संस्थाले प्राज्ञिकभन्दा बढी प्राविधिक तथा व्यवसायिक सीप लक्षित कार्यक्रमहरु सुचारु राखेका छन् ।

विद्यार्थी स्वदेशमै बसेर अन्तर्राष्ट्रिय रुपमा चलेका शैक्षिक कार्यक्रमहरु पढ्न पाउ“छन् । विदेश पढ्न जा“दा सुरुमै कम्तिमा बीस लाख रुपैया“ खर्च गर्नुपर्छ भने स्वदेशमै पढ्दा आठ लाखमै त्यो डिग्री लिनसक्छ । त्यतिमात्र होइन, त्यो डिग्रीले स्वदेशमै उद्यमी, नेतृत्वकर्ता बन्न सक्छ । अर्कोतर्फ त्यही सर्टिफिकेट लिएर थप उच्च अध्ययन गर्न विदेश जान पनि सक्छ । हो, यही विषय अहिले सतहमा तरंगित छ ।

फाइदा के ?
स्वदेशमै अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न पाउन विद्यार्थीका निम्ति फाइदाजनक छ । स्वदेशमै पढेका विद्यार्थीले नेतृत्व लिएको शैक्षिक संस्थाका संचालकहरुको दावी छ । अहिले १४ हजारले स्वदेशमै अन्तर्राष्ट्रिय डिग्री पढिरहेका छन् ।

 ‘यो नारामात्रै होइन, विद्यार्थी र अभिभावकका निम्ति महत्वपूर्ण विकल्प हो,’ इस्लिङटन कलेजको अध्यक्ष सुलभ बुढाथोकी भन्छन्, ‘हामीले उत्पादन गरेका विद्यार्थी स्वदेशमै कार्यरत छन् । चाहे मल्टिमिडिया एनिमेसन, आई सेक्युरिटी, बैंक अडिटमा संलग्न छन् ।’ नेपालमा अन्तर्राष्ट्रिय डिग्री लिएर विदेशमा काम गर्न सक्षम रहेको उनले जनाए ।

ब्रिटिस कलेजका सीईओ राजेन क“डेल सर्वसुलभ ढंगले स्वदेशमै हासिल हुने डिग्रीले विद्यार्थीलाई सहज तुल्याएको उल्लेख गर्छन् । विदेशी कोर्सलाई नेपालको राजनीतिक हावाले नछुने बताउ“दै भन्छन्, ‘केस स्टडी नेपालकै गर्छन् । सिर्जनात्मक विचार निकाल्छन् । सबै एकेडेमिक क्यालेन्डरअनुसार हुन्छ ।’ उनले आफ्नो कलेजमा ४८ जना विदेशी विद्यार्थी पढ्दै गरेकोसमेत बताए ।

गेट कलेजका सीईओ खेम लकाई होटल म्यानेजमेन्ट क्षेत्रमा स्वदेशमै पढे पनि विदेशी पर्यटकलाई डिल गर्ने बताउ“छन् । ‘हाम्रा विद्यार्थी सहरदेखि गाउ“ गाउ“सम्म पुगेका छन् । स्थानीय उत्पादनलाई प्रवद्र्धन गरेका छन्,’ भन्छन् ।

सिल्भर माउन्टेन स्कुलकी निर्देशक सन्दिपा बस्नेत विदेशी सम्बन्धनमा स्वदेशकै विषयलाई अध्ययन, अनुसन्धान हुने दावी गर्छिन् । ‘हाम्रा विद्यार्थीले दस वर्षपछिको निम्ति अहिल्यै पढ्छन् र अनुसन्धान गर्छन्,’ भन्छिन्, ‘त्यसैले यो ग्लोबलको लागि जनशक्ति उत्पादन हो ।’

‘निर्देशिका होइन ऐन’
विदेशी विश्वविद्यालयको कार्यक्रम नेपालमा संचालन गर्नका निम्ति शिक्षा मन्त्रालयको अनुमति चाहिन्छ । विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा संचालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ बनेको छ । निर्देशिकामा सम्बन्धित देशको प्रचलित कानून बमोजिम स्वीकृति तथा गुणस्तर सुनिश्चितताप्राप्त गरेको विश्वविद्यालय वा शिक्षण संस्थालाई ‘विदेशी शिक्षण संस्था’ भन्ने उल्लेख छ । विदेशी विश्वविद्यालय वा शिक्षण संस्थाको सञ्चालन गरिने कार्यक्रम, सञ्चालन अवधि, विषयहरू, शिक्षण तह, पाठ्यक्रम, क्रेडिट आवर, पाठ्यभार र परीक्षा प्रणालीका सम्बन्धमा आधिकारिक पत्र र युनिभर्सिटी रेन्किङ (वरियता)मा उत्कृष्ट एकहजारभित्र सम्बन्धन प्रदायक विश्वविद्यालय रहेको हुनुपर्ने उल्लेख छ । विदेशी सम्बन्धन लिएर एक जिल्लामा दुईभन्दा बढी शिक्षण संस्था संचालन अनुमति नपाउने भनिएको छ । विदेशी सम्बन्धनका अधिकांश संस्था राजधानी उपत्यका केन्द्रित छन् । शिक्षामन्त्रीको अध्यक्षतामा उच्चस्तरीय मूल्याङ्कन तथा अनुगमन समिति रहने व्यवस्था निर्देशिकामा छ । सरकारले विदेशी विश्वविद्यालयले संचालन गरेका कार्यक्रमलाई समकक्षता दिलाउने जिम्मेवारी त्रिभुवन विश्वविद्यालयलाई दिएको छ ।

विदेशी विद्यार्थी नेपालमा उच्च शिक्षा हासिल गराउने सरकारको नीति कमजोर रहेको संचालकहरु बताउ“छन् । मन्त्रीमण्डल फेरिएस“गै बदलिने नीतिले बढी दुःख दिने गरेको छ । नया“ विषय प्रवद्र्धन गर्न उत्तिकै गाह्रो छ भन्छन् । एउटा प्रदेशमा लिएको स्विकृति अर्को प्रदेशमा फेरि लिनु पर्ने व्यवस्था व्यवहारिक नरहेको उल्लेख गर्छन् ।

‘अब विदेशी शिक्षण संस्थाको सम्बन्धनका निम्ति निर्देशिका होइन ऐन चाहिन्छ,’ अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संघका संस्थापक अध्यक्ष पंकज जलान भन्छन्, ‘जसले गर्दा सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध प्रवद्र्धन बलियो हुने, विदेशी सम्बन्धनका शैक्षिक संस्था संचालकले सरकारस“ग समन्वय सहज हुने, संचालकबीच स्वस्थ प्रतिस्पर्धा हुने र स्वदेशमै अन्तर्राष्ट्रिय डिग्री दिने व्यवस्था अझ बलियो हु“दैजाने छ ।’ सन् १९९३ पहिलो पटक निजी क्षेत्रबाट होटेल व्यवस्थापन विषयमा प्रवीणता प्रमाणपत्र तहको पठनपाठन सुरु भएको मानिन्छ ।

विज्ञको मत
शिक्षाविद् विद्यानाथ कोइरालाको शब्दमा ग्लोबल र लोकल दुवै जोड्न सकेमा नेपालको निम्ति अन्तर्राष्ट्रिय शिक्षा बन्न सक्छ । अन्तर्राष्ट्रिय गुणस्तरको पढाउने तरिका, शिक्षक व्यवस्था, भौतिक पूर्वाधार, पढाइएका विषयहरुको व्यहारिक कार्यान्वयन महत्वपूर्ण पक्ष मानिन्छ । ‘अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने ताकत भयो भने राम्रो हो,’ सीए (चार्टर्ड एकाउन्टेन्ट) र ए लेभलको नतिजाले नेपालमा केही फुर्तिलाउने विषय बनेको उल्लेख गर्दै उनी भन्छन्, ‘गुणस्तर महत्वपूर्ण पक्ष हो । कतिपयले विदेशको भने पनि कोल्याबरेसन भनेका छन् । पढ्न र पढाउन विदेशी नै आउने हो भने बेग्लै कुरो हो ।’

अर्का शिक्षाविद् राजेन्द्रध्वज जोशी विदेशी शिक्षालयको कार्यक्रमलाई नेपालमा संचालन गर्नेबारेमा बहस नभएको बताउ“छन् । ‘शिक्षा मन्त्रालयले ४९ वटा विदेशी संस्थालाई सम्बन्धन दिएको भन्ने सुनेको छु । कुन कुने ¥यान्किङको युनिभर्सिटीलाई प्रवेश गराएका छौं ? शैक्षिक गुणस्तर कस्तो छ । डिग्री कसरी र कतिलाई दिंदैछन् ? यसको अध्ययन, मोनिटरिङ कसरी भइरहेको छ ? भन्नेबारे आधिकारिक रेकर्ड रहन जरुरी छ,’ जोशीको कथन छ ।

त्यसैले स्वदेशमा
विजय लिम्बू सेनिहाङ काठमाडौंमा सुचारु रिगो टेक्नोलोजी कम्पनीका चार संचालकमध्ये एक हुन् । उनले राजधानीको इस्लिङ्टन कलेजबाट बीएस्सी आईटी गरेका छन् । यो कार्यक्रम लण्डन मेट्रोपोलिटन युनिभर्सिटीको डिग्री हो । ‘यदि म लण्डनमै पढ्न गएको भए, यहा“भन्दा तेब्बर बढी खर्च हुन्थ्यो र डिग्री हासिल गरेलगत्तै कामको अवसर पाउने निश्चित हुन्नथ्यो,’ ग्रेजुयटलाई विदेशमा अवसर कम हुने उल्लेख गर्दै भन्छन्, ‘नेपालमा साईबर सेक्युरिटी र सफ्टवयर डेभ्लपर्सका निम्ति काम पाउन सजिलो छ ।’ उनको कम्पनीमा अहिले ५० जना आईटी इन्जिनियर र सफ्टवयर डेभलपर्स छन् । बैंक, सरकारी निकाय, बैंक र विदेशी कम्पनीहरुलाई साइबसर सेक्युरिटी र सफ्टवयर विकासमा सेवा प्रदान गर्दैआएको विजय बताउ“छन् । यसो त नेपालमा आईटी कम्पनीहरुले सबैभन्दा बढी निर्यात कर तिर्ने गरेको उनको कथन छ ।

कान्तिपुर दैनिक प्रकाशित २०७५ भदौ ३१ गते

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal