Posts

फलामसिंह फाल्गुनन्द बनेपछि

Image
खानपिनको फजुलखर्चले लिम्बू जातिको प्रगति, उन्नतिमा बाधा भएको निष्कर्ष निकालेर फाल्गुनन्दले १९८८ वैशाख २४ गते चुम्लुङ बोलाए र समाज सुधार्न सातबुँदे सत्यधर्म मुचुल्का गराए ।  फाल्गुन ७, २०७६ भगीराज इङ्नाम किराँत धर्म, दर्शन, संस्कृति रक्षा गर्न समय–समयमा महान् दार्शनिकको यस धर्तीमा अवतार भएको छ । येहाङ, सोधुङ्गेन–लेप्मुहाङ, कान्देहाङ, मावोहाङ, सिरिजङ्गाहाङ, फाल्गुनन्द र आत्मानन्द लिङ्देन त्यस्तै महामानव हुन् । उनीहरूले देखाएको बाटो लिम्बूहरूले पछ्याएकै कारण किराँत धर्म, दर्शन, साहित्य र संस्कृति जोगिएको छ । यी महामानवमा योगदानका हिसाबले सबैभन्दा माथि फाल्गुनन्द देखिन्छन् । समाज सुधारकका रूपमा चिनिने उनी राष्ट्रिय विभूतिसमेत हुन् ।  धेरैले फाल्गुनन्दलाई महिला भन्ठान्छन् । फोटो, मूर्तिमा उनलाई कण्ठ, यार्लिङ र शिरबन्दीमा सजिएको देखिन्छ । फाल्गुनन्द आफूलाई युमाको प्रतीक ठान्थे । त्यसैले पुरुष भए पनि महिलाको भेषमा रहन्थे । युमासाम लिम्बू जातिको आस्थाकी धरोहर हुन् । प्रत्येक लिम्बूको घरमा यिनको पूजाआराधना गरिन्छ । युमा महिलाकी प्रतीक हुन् । युमाको शाब्दिक अर्थ बोजू हो । ...

ब्याक भयो कान्तिपुर, पत्रकारलाई खुशीको समाचार

Image
 खुला नेपाल  शुक्रबार, बैशाख १२, २०७७ Facebook Twitter Email Messenger काठमाडौं । पत्रकार, कर्मचारीलाई बेतलबीमा राख्ने निर्णयमा कान्तिपुर पब्लिकेसन्स् प्राली ब्याक भएको छ । उक्त प्रकाशन गृहले शुक्रबार नेपाल पत्रकार महासंघलाई एक पत्र लेख्दै त्यसबारे प्रष्टीकरण दिएको हो । कान्तिपुरले केही दिनदेखि टेलिफोनबाट पत्रकार, कर्मचारीलाई मौखिक रुपमा बेतलबी बिदामा बस्न २ सय भन्दा बढीलाई टेलिफोन गरेको थियो । तर, पत्रमा भने आफूहरुले त्यसरी विदामा नराखिएको, समयमै तलब लगायत पारिश्रमिक दिने समेत उल्लेख छ । कान्तिपुरको मुख्यालय र बाहिरका सहकर्मीलाई बेतलबीमा बस्न उर्दी गरिएको थियो । ती पत्रकारले महासंघ र न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई गुनासो गरेका थिए । त्यससम्बन्धी लगातार समाचार खुलानेपालमा प्रकासन भएको थियो । सम्पादक सुधीर शर्मा सहित केहीले अन्याय र भेदभावपूर्ण तरीकाले सूची बनाई पत्रकारलाई तनाव दिएको भन्दै विरोध भएको थियो । महासंघले कान्तिपुरबाट आएको पत्रका आधारमा एक विज्ञप्ति प्रकासन गरेको हो । हेरौं विज्ञप्ति लेखक परिचय लेखकबा...

कान्तिपुरको अर्को निर्णय, ४० जना भन्दा बढी पत्रकार, कर्मचारीलाई बेतलबीमा बस्न उर्दी

Image
 खुला नेपाल  सोमवार, बैशाख ८, २०७७ 176 SHARES Facebook Twitter Email Messenger काठमाडौ । ठूलो प्रकाशन गृह कान्तिपुरले लकडाउनको मौकामा स्थायी पत्रकार र कर्मचारीलाई निकाल्ने रणनीति तय गरेको छ । यही क्रममा थापाथलीस्थित मुख्यालय र उपत्यका बाहिर काम गर्ने ४० जना भन्दा बढी पत्रकारहरुलाई बेतलबी विदा बस्न निर्देशन दिइसकेको छ । आइतबारदेखि नै कान्तिपुरले तयार गरेका सूची अनुसारका कर्मचारी र पत्रकारलाई फोनबाट बिदामा बस्न भनिएको कान्तिपुर स्रोतले जानकारी दियो । यो क्रम सोमबार पनि चलिरहेको छ । निकालिने पत्रकारको सूची सम्पादक सुधीर शर्मा र समाचार सम्पादक श्रीश भण्डारीले लकडाउनकै बेला तय गरेको थाहा पाएपछि पत्रकारहरु आक्रोशित बनेका छन् । ४० मध्ये केहीलाई शर्मा र भण्डारीले चैत ९ गते नै ‘बिदामा बस्नुहोला’ भन्ने उर्दी जारी गरेका थिए । ‘सरकारले लकडाउन घोषणा नगर्दै सहकर्मीलाई छानीछानी बिदामा बस्न भन्नु रहस्यमय छ । हामी साथीहरु अब के गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौं, फोन गएका मध्ये एक जना बरिष्ठ संवाददाताले भने । पहिलो चरणमा पत्रकारहरु हिमेश बज्रा...

फिचर - भर्चुअल शिक्षण : कति सहज कति असहज?

Image
कोरोना भाइरसका कारण अब विद्यालय, कलेज र विश्वविद्यालहरु कति समय बन्द हुने हुन्? अनिश्चित छ। तर, यस्तै अनिश्चितताबाट हामीले अघि बढ्नुपर्नेछ। वैशाख १, २०७७ ध्रुव सिम्खडा काठमाडौँ — चैत २८ गते बिहान। राजधानी काठमाडौँका विभिन्न कलेज र स्कुलका शिक्षक तथा शिक्षासित सम्बन्धितहरु ४ घण्टाभन्दा लामो ‘भर्चुअल कन्फरेन्स अन अनलाइन टिचिङ’मा सहभागी भए।  काठमाडौँ, अमेरिका र अस्ट्रेलियाका विभिन्न स्कुल तथा कलेजका शिक्षक र प्राध्यापकले ‘अनलाइन टिचिङ’को चुनौतीबारे बहस गरे। बहसमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलदेखि अमेरिका र अस्ट्रेलियासम्मका विज्ञ तथा उपत्यकाका स्कुलका शिक्षकसहित सय जनाजति सहभागी थिए। र, बहसलाई काठमाडौँस्थित किङ्स कलेजले संयोजन गरेको थियो। कोरोना भाइरसको महामारीका कारण बन्द विद्यालयहरु नयाँ शैक्षिक सत्रको संघारमा भएकाले के गर्ने र कसो गर्ने भनी छटपटीमा छन्। विद्यार्थी भर्ना गर्नुपर्ने दिन आइसक्यो, अझै बन्दाबन्दी (लकडाउन) खुल्ने छाँटकाँट छैन। कोरोना भाइरसको सन्त्रासले विश्व नै सुनसान बनेकाले मानिसहरु आ–आफ्ना घरभित्र बन्दी भएका छन्। यस्तो विषम परिस्थितिमा पठनपाठन कसरी अग...

लोक संस्कृतिको संरक्षण तथा प्रवद्धन गरिने -महाप्रवन्धक अशोक प्यासी राई

Image
लोक संस्कृतिको संरक्षण तथा प्रवद्धन गरिने कला | गोरखापत्र अनलाइन       माघ २२, २०७६ बुधबार        गोरखापत्र समाचारदाता काठमाडौँ, माघ २२ गते । सांस्कृतिक संस्थानले वार्षिक कार्ययोजना र रणनीति सार्वजनिक गरेको छ । संस्थानले बुधबार पत्रकार सम्मेलन गरी आगामी दिनमा गरिने कार्यक्रम सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, संस्थानले आयोजना गर्दै आएका नियमित कार्यक्रमहरु ‘राष्ट्रिय लोक नाटक महोत्सव’, ‘शास्त्रीय संगीत उत्सव तथा स्रष्टा सम्मान’, ‘अन्तरमावि नाटक प्रतियोगिता’, ‘अन्तरमावि नृत्य प्रतियोगिता’ लगायत कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । संस्थानका नवनियुक्त महाप्रवन्धक अशोक प्यासी राईले भावी कार्यक्रमबारे जानकारी दिदै भन्नुभयो, “सार्कस्तरीय सांस्कृतिक महोत्सव, लोपोन्मुख लोक संस्कृतीको खोज अनुसन्धान तथा प्रशिक्षण, नयाँ तथा पुराना नाटक नियमित मञ्चन गरिने छ ।” उहाँका अनुसार, प्रदेशस्तरीय लोक सांस्कृतिक महोत्सव आयोजना गरिने, सांस्कृतिक संस्थानले दिदै आएको नृत्य, अभिनय, गायन तथा वादन विधाका प्रशिक्षणल...

‘मेरो प्यारो ओखलढुङ्गा’मा भएनन् पर्यटक आकर्षित

Image
पर्यटन | रासस       फाल्गुन १, २०७६ बिहीबार      ओखलढुङ्गा, फागुन १ गते ।   पर्यटनको प्रचुर सम्भावना रहेको सिद्धिचरण नगरले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्न सकिरहेको छैन । युगकवि सिद्धिचरण श्रेष्ठको नाममा रहेको सिद्धिचरण नगर घुम्न आउने पर्यटक अहिले मन खिन्न पारेर फर्किने गरेका छन् । ‘मेरो प्यारो ओखलढुङ्गा’ कविता पढेका सिन्धुपाल्चोकका विपिन न्यौपाने साथीहरुसहित माघ पहिलो साता यहाँ आउनुभयो । उहाँले कवितामा कल्पना गरेजस्तो मन भुलाई हाल्ने ठाउँ सदरमुकाम आसपासमा भेट्नुभएन । “प्राकृतिक रूपले कवितामा जतिकै सुन्दर लाग्यो ।” उहाँले भन्नुभयो, “तर आकर्षक पूर्वाधार बनाएर हामी जस्तो बाहिरबाट घुम्न आउनेलाई अडिन मन लाग्ने ठाउँ बनाएको पाइँन । क्या मज्जा लिउँला भनेर आइयो खास स्वाद आएन ।” साँघुरो सडक र अव्यवस्थित पार्किङजस्ता कुराले झन दुःख हेर्न आएको महसुस भएको उहाँले बताउनुभयो । उहाँलेजस्तै यहाँ आउने अधिकांशले कविता पढेर परिकल्पना गरेजस्तो ओखलढुङ्गा नपाउँदा खिन्न हुन्छन् । पर्यटन वर्ष चलिरहँदासमेत जिल्लाका कुनै स्थानीयतहले पर्यटक भित...

२८ भाषाको डिजिटल 'भाषाकोश'

- कान्तिपुर संवाददाता काठमाडौं (कास)– ज्ञानीमैयाँ कुसुन्डाको दुई साताअघि निधन भएयता अब कुसुन्डा भाषा कसरी बाँच्ला भन्ने चिन्ता बढेका बेला भाषा आयोगले डिजिटल भाषाकोशमा समेटेको छ । आयोगले ज्ञानमैयाँ जीवित छँदै तिनै दिनचर्याको अवशेषलाई लिएर वृत्तचित्रसमेत निर्माण गरेको छ । ‘जंगली जीवन कस्तो थियो, बा–आमाले कस्तो व्यवहार गर्थे,’ वृत्तचित्र निर्माणमा संलग्न पत्रकार प्रकृति अधिकारी भन्छन्, ‘कुसुन्डा समुदायले जन्मदेखि मृत्युपर्यन्तसम्म केके गर्थे । के गर्न हुन्थ्यो र के हुँदैनथ्यो भनेर नेपालीमा सोधिएको प्रश्न ज्ञानीमैयाँले आफ्नै भाषामा बोलेकी छन् ।’ आयोगले दाङको घोराहीमा ज्ञानीमैयाँलाई लिएर कुसुन्डा भाषा प्रशिक्षण कक्षासमेत सञ्चालन गरेको थियो । त्यो कक्षामा ज्ञानमैयाँले बोलेको शब्दहरूलाई लिपिबद्ध गरिएको छ । आयोगले कुसुन्डासहित २८ भाषाको बहुभाषिक डिजिटल ‘भाषाकोश’ निर्माण गरेको छ । ती भाषामा आठपहरे, उराँव, किसान, कुसुन्डा, चाम्लिङ, छन्त्याल, जुम्ली, जेरुङ, डोने, तिलुङ छन् । त्यसैगरी दराई, दुरा, बज्जिका, बेलहारे, बोटे, ब्यासी, मेचे, याक्खा, राउटे, राजवंशी, राजी, लाप्चा, लुङखिम, सन्थाली, स...