Posts

Showing posts from February, 2025

मातृभाषा दिवसले जगाएको आशा

Image
  मातृभाषा दिवसले जगाएको आशा गणेश राई ८ फागुन २०८१, बिहिवार विचार र दृष्ट्रिकोण मातृभाषा दिवसले जगाएको आशा नेपालको संविधान (२०७२)को धारा–६ मा ‘नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् ।’ धारा–७ (१) मा ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ । (२) नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ । (३) भाषा सम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरेबमोजिम हुनेछ ।’ उल्लेख छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार मुलुकमा १४२ जातजाति छन भने १२४ भाषा बोलिन्छन् । जाग्दै लोपोन्मुख दुरा भाषा नेपालका भाषावैज्ञानिक तथा अनुसन्धाताले पत्तालगाए कि दुरा जाति छन् तर भाषा छैन । छिमेकमा रहेका मुक्तिनाथ घिमिरेमात्र दुरा भाषा जान्छन् । उनैले दुरा भाषा बोल्न, लेख्न, अध्ययन अनुसन्धान गर्दै आएका छन् । उनले जानेका बोलीचाली संकलन गरेर फेरि दुरा समुदायलाई सिकाउन सकिन्छ भनेर सुझाव दिए । तथ्यांकले दुरा भाषा बोल्नेको ...

मातृभाषा सङ्घर्षका एक शताब्दी

Image
 मातृभाषा सङ्घर्षका एक शताब्दी गोरखापत्र अनलाइन  १० फागुन २०८१, शनिबार जीवनसित जोडिएको पहिलो भाषा हो, मातृभाषा । गर्भावस्था छँदै आमाबाट मातृभाषा सिकाइ सुरु हुने विश्वास गरिन्छ । जन्मेपछि आमा, बुवा, हजुरआमा, हजुरबुवा तथा अभिभावकबाट सिक्ने भाषा मातृभाषा हो । कुनै पनि जातिको पहिचानको पहिलो आधारका रूपमा मातृभाषा र संस्कृतिलाई लिइन्छ ।  बङ्गाली भाषाको अस्तित्वलाई लिएर चलेको आन्दोलनको निष्कर्ष नै अन्तर्राष्ट्रिय मातृभाषा दिवस हो, जुन हरेक वर्ष २१ फेब्रुअरीमा मनाइन्छ । सन् १९४७ मा ब्रिटिस शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान अलग र स्वतन्त्र नयाँ राष्ट्रका रूपमा उदय भएका थिए । पाकिस्तानभित्र भूगोल तथा भाषिक हिसाबले पूर्व र पश्चिम अलग अलग थिए । पाकिस्तान सरकारले सन् १९४८ मा उर्दु भाषालाई राष्ट्रिय भाषा घोषणा ग-यो । त्यो घोषणाले पूर्वी पाकिस्तान (बङ्गाल) का बङ्गाली भाषीले अपमानित महसुस गरे । बङ्गाली भाषाको अस्तित्वलाई लिएर सांस्कृतिक र राजनीतिक आन्दोलन चर्कियो ।  पाकिस्तान सरकारले नारा, जुलुस, विरोध प्रदर्शनमा प्रतिबन्ध र चरम दमन ग¥यो । त्यसको अवहेलना गर्दै सन् १९५२ फेब्रुअरी...

गणेश रसिकको वियोगान्त जीवन

Image
  फाल्गुन ३, २०८१ दीपक सापकोटा ,  तस्बिर : अंगद ढकाल जीवनबाट बिदा लिएका श्रीमती नीरा, छोरा निमेश तथा तीन भाइ शम्मी, श्याम र प्रजुको अनुहार रसिकको मस्तिष्कमा घुमिरहन्छ, आजकल त शारीरिक रूपमा पनि फतक्कै गलेका छन्- प्रोस्टेटको क्यान्सरले काठमाडौँ — गायक गणेश रसिक (७७) लाई एकदमै निकटबाट चिनेकाहरू भन्ने गर्छन्, ‘यी रसिक अर्थात् रसपारखीलाई जिन्दगीले नवरसमध्ये चार रस क्रूरतापूर्वक बेहिसाब दिय ।’ ती चार रस हुन्- करुण, रौद्र, भयानक र बीभत्स ।  हिँडिआएका जीवनका गल्छेंडाका याद रसिकको मानसजगत्माथि धावा बोलिरहन्छन् । उनी आजकल विचलित र अशान्त लाग्छन् । हुन पनि उनी जिन्दगीभर वियोगबाट प्रताडित भइरहे, शृंखलाबद्ध पारिवारिक दुर्घटना झेलिरहे । ती दुर्घटना र गुमाएका प्रियजनका वियोगले उनी गलेका थिए नै, २०७८ को कात्तिकले उनीमाथि महाप्रलय खन्याइदियो । ४७ वसन्त लामो सहचार्यपछि श्रीमती नीरा शेरचन पनि महाप्रस्थानमा हिँडिन् । तत्पश्चात्, टेक्ने हाँगो र समाउने बुटो केही पनि बाँकी रहेन । र, आफैंले गाएको गीत ‘ओ शून्यता’ झैं उनी लगभग ‘शून्य ओ शून्य’ बने । रसिकको जीवन–पथ नियाल्दा देखिन्छ– उनी आफ्नै किताबक...

दूधकोशी जलविद्युत आयोजनाबाट दश हजार बढी आदिवासी जनजाति विस्थापित हुँदै, एफपीक लागू गर्ने आयोजनाको प्रतिवद्धता

Image
  गणेश राई २० माघ २०८१, आइतवार 483 Shares वातावरण र विकास दूधकोशी  जलविद्युत आयोजनाबाट दश हजार बढी आदिवासी जनजाति विस्थापित हुँदै, एफपीक लागू गर्ने आयोजनाको प्रतिवद्धता  राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका  १० हजार ७ सय ८२ आदिवासी जनजातिले आफनो थातबास गुमाउने भएका छन् । आदिवासी राइहरुको थातथलो रहेको परियोजना क्षेत्रबाट राइहरुसंगै  मगर, नेवार, माझी, भुजेल, तामाङ, गुरुङ, सुनुवार र लिम्बू समेत प्रभावित हुने छन् ।  आयोजनाले तीन जिल्लाको करीव २५ हजार निजी जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाएको छ भने त्यहाँको वन तथा सार्वजनिक जग्गाको प्रयोग गर्ने छ ।  सर्वोच्च शिखर चोमोलुङ्मा (सगरमाथा) र आसपासका हिमालबाट बग्ने नदीलाई बाँध बाँधेर दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण गरी ६७० मेगावाटको जलविद्युत उत्पादन गर्ने योजना कार्यन्वयन थालेको छ ।  आयोजनाबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका राई, मगर, नेवार, माझी, भुजेल, तामाङ, गुरुङ, सुनुवार र लिम्बू गरी १० हजार ७ सय ८२  जना आद...