Posts

हिमाल सप्ताहान्त: ‘गोपालवंशलाई पूर्वज मान्ने हो भने नेवार नै नेपाल उपत्यकाका आदिवासी हुन्’ प्रा. त्रिरत्न मानन्धर

Image
 ‘शंखधर साख्वा वंशावली साहित्यमा सीमित नभई ऐतिहासिक रूपमै प्रमाणित व्यक्ति हुन्। मध्यकालका शिलालेख र ग्रन्थमा उनको नाम आउँछ।’ प्रा. त्रिरत्न मानन्धर ख्यातनाम इतिहासविद् हुन्। नेपालको इतिहास अन्वेषणमा लामो समयदेखि सक्रिय उनले एकल र संयुक्त रूपमा गरी २२ वटा पुस्तक लेखेका छन्। खासगरी शाहकालीन इतिहास अध्ययन र लेखनमा ख्याति कमाएका उनको नेपाल-भोट विवाद, नेपालको इतिहासमा जंगबहादुर जस्ता पुस्तक चर्चित छन्। देवशमशेर र तात्कालिक नेपाल  पुस्तक प्रकाशोन्मुख छ। बौद्ध धर्म-संस्कृतिबारे समेत गहिरो अध्ययन गरेका उनीसँग त्रिभुवन विश्वविद्यालयमा इतिहास विभागको प्रमुख र लुम्बिनी विश्वविद्यालयमा उपकुलपतिका रूपमा काम गरेको अनुभव छ। यसै सेरोफेरोमा मानन्धरसँग हिमालखबरका लागि गोविन्द न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : तपाईं लामो समयदेखि इतिहास अनुसन्धानमा सक्रिय हुनुहुन्छ। यसबीच नेपालको इतिहास लेखनको प्रवृत्तिमा केकस्ता बदलाव देख्नुभएको छ? इतिहास जित्नेहरूको मात्र लेखिन्छ भन्ने कुरा धेरै हदसम्म सत्य हो। एक लेखकले भनेका छन्, ‘कुनै शासक वंशको इतिहास उसको शासन अन्त्य भएपछि मात्र लेखिनुपर्छ।’ किनकि शासनकै

टीका लगाउने संस्कार जनजातिको हो : भगिराज इङ्नाम

Image
  भगिराज इङ्नाम २५ आश्विन २०८१, शुक्रबार लामो समय, इतिहास र सभ्यतासँग दशैँ जोडिएको छ। दशैँलाई हिन्दुहरुले महान चाड भन्छन्। तर यो पर्व नेपालीहरुको मौलिक पर्व होइन। झन् दशैँ नेपाली आदिवासीमा छँदै थिएन। मध्यपूर्व एसिया हुँदै नेपालमा पछि प्रवेश गरेको हो। अब आर्यगणहरु भारतमा आए। अफ्रिका हुँदै ल्हासा वर्ष पस्ने जनजाति भए। जब मंगोल र अहिले भनिने आर्य समूह आए अनि आउँदा आफ्नो संस्कार संस्कृति रहन सहन विकास गरेर भारतीय उत्तरबादी पछि आए। जब भारतीय उपमहादेशमा बस्ने आर्य आए। वेद लेखे। दशैँ खास गरेर भारतबाट आएको हो। पहिलो आर्यहरूको मोठ, मन्दिर, गुम्बा थिएनन्। आर्यहरूले बनाए। हामी लिम्बू हौँ। आर्य पनि प्रकृति पूजक नै हो। चरु पोल्ने, नरबली, पशुबली दिने आर्य संस्कृति हो। त्यसपछि बली दिने चलन आएपछि बुद्ध धर्म आयो। त्यसपछि हिन्दु धर्महरू लिएकाहरु पनि वौद्ध धर्ममा लागे। विदेशी इतिहासकारले यसरी लेखेका छन्। त्यसपछि हिन्दु धर्मको विरोध भयो। जम्मैतिरका हिन्दुहरु बुद्ध धर्ममा आकर्षित हुन थालेपछि बुद्धका चेलाहरुले बुद्धको मूर्ति बनाउन थाले। हिन्दुका वेद लेख्ने गुरुहरूले भगवानको कल्पना गरेर मूर्ति बनाए। वुद्धलाई

३ सय वर्ष पुरानो इतिहास बोकेको कोटगढी पर्यटकीय क्षेत्र ओझेलमा

Image
  थाहा संवाददाता | बैशाख २५, २०७४ सोमबार ओखलढुंगा :  एक नं प्रदेश पर्ने ओखलढुंगा जिल्ला विकट पहाडी जिल्लामध्ये एक हो। पूर्वदेखि पश्चिमतर्फ क्रमशः फराकिलो हुँदै गएको ओखलढुंगालाई तीनतिरबाट नदीले सिमाना छुट्याएको छ। पूर्वमा खोटाङ र दूधकोसी, पश्चिममा रामेछाप लिखुनदी उत्तरमा सोलुखुम्बु जिल्ला र दक्षिणमा उदयपुर र सिन्धुली जिल्लासँगै सुनकोसी नदीले ओखलढुंगाको सिमाना छुट्याएको छ। नेपालका ७५ जिल्लामध्ये जनसंख्याको हिसाबमा ५९ औं स्थान र क्षेत्रफलको हिसाबले ६८ औं स्थान ओगट्ने यस जिल्लाको कुल भूभागमध्ये सदरमुकाम ओखलढुंगा बजारबाट अधिकांश क्षेत्र पश्चिमी भूभागमा पर्दछ। ओखलढुंगा जिल्लाको आफंैमा एक ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वका दृष्टिकोणले राष्ट्रियस्तरसम्म परिचित रहेको छ। यस जिल्लाको विभिन्न गाविस हरुका आ–आफ्नै महत्व रहेको पाइन्छ। जिल्लाका धेरै पर्यटकीय तथा पुरातात्विक सम्पदाहरु संरक्षणको अभावमा जीर्ण हुँदै गएका छन्।  त्यसमध्ये ओखलढुंगा जिल्लाको चिसंखुगढी गाँउपालिका अन्तरगतको कोटगढी क्षेत्रले पनि आफ्नो छुट्टै महत्व बोकेको पाइन्छ। ओखलढुंगा जिल्लाको चिसंखु गढी गाँउपालिकास्थित साबिकक

अतिक्रमणमा परे ओखलढुंगाका गढी

Image
  असार ११, २०७३ गणेश राई ऐतिहासिक गढीहरु अतिक्रमण तत्काल हटाउँछौं : पुरातत्व विभाग् अाेखलढुंगा — हाल संघीय प्रदेश–१ मा परेको ओखलढुंगा जिल्ला सन् १७५६ तिर काठमाडौं उपत्यकाका राज्यहरुमाथि कब्जा गर्नु अगाडि नै पृथ्वीनारायण शाहको अधिनमा आएको ‘मेचीदेखि महाकाली भाग–१’ पुस्तकमा उल्लेख छ । उक्त पुस्तकमा ओखलढुंगाको आठवटा थुमहरु बुङनाम, तलुवा, च्यानाम, सोलु, तिल्पुङ, चिसंखु, चुप्लु र चौरास उल्लेख गरिएका छन् । गोरखाली फौजको आक्रमण र पराजयपछि छाडिएका ती थुम, गढी, दुर्गहरुमा देवीस्थापना गरी सामूहिक पूजास्थलका रुपमा विकास गरिएका पाइएका छन् । ०७ सालअघिसम्म यी कोटघरहरुमा दशैको बेला मौलो लगाउने चलन थियो । अहिले पनि स्थानीयले दशैको बेला पूजा गर्ने गरेका छन् । इतिहासविद् ज्ञानमणि नेपालका अनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि काठमाडौं उपत्यकापूर्वतर्फ किराती शासकहरुको ससाना राज्यहरु थिए । ऐकीकरणपछि प्रमुख ऐतिहासिक गढीहरुमध्ये केहीको अध्ययन, अनुसन्धान भएको तर सबैको हुन नसकेको बताए । ‘त्यस बेलाका राजाले सैनिक पाल्दैनथे,’ इतिहासविद् नेपालले भने, ‘लडाइँका निम्ति सिपाही गाउँबाट ल्याउँथे । आफैं तालिम

संस्कृति मुन्धुम मन्थन : सीमान्तकृत ‘न्यारेटिभ’

Image
  बैरागी काइँला  १८ आश्विन २०८१, शुक्रबार मूलतः म कविता लेख्ने मान्छे हो । तर, मैले नलेखेको धेरै भयो । मैले गरिराखेका कामहरु याक्थुङ लिम्बूको मुन्धुम सम्बन्धी लोकवार्ता विद्याअन्तर्गत आउने विषयमा धेरै अगाडिदेखि काम गरिराखेको थिएँ । याक्थुङ मुन्धुममाथि मैले पहिला गरिरहेका कामहरुमा धेरै परिमार्जनहरु गर्नुपर्ने रहेछन् । भ्याएसम्म र सकेसम्म तिनीहरुलाई परिमार्जन गर्दैछु । मुन्धुमभन्दा हामी लिम्बूहरु खासमा ब्रह्माण्डदेखि पृथ्वी र मानिस लगायत यो चराचर जगतको सृष्टि बर्णन हो भनेर बुझ्छौं । सृष्टिलाई पूर्णता दिने नश्वर चोलाधारी मानिसको उत्थान र पतन, उसले उत्तर जीवनका लागि गरेका संघर्ष, अर्थात बाँच्नका लागि गरेका संघर्ष, हितकारी र अहितकारी देवी देवताका परिकल्पना, पूजा र अनुष्ठान पनि एकैचोटि बुझ्छौं । अर्थात, आख्यानमात्र होइन, मिथ मात्र होइन, रिचुअल (अनुष्ठान) पनि एकैचोटि बुझ्छौं ।   मुन्धुम याक्थुङ पूर्खाको गाथा हो । अब अनुष्ठान कसरी गर्ने, कतिवटा रेखी हाल्ने, अनुष्ठान गर्दा लिम्बूले कतिवटा केराको पात ओच्छ्याउने, सुल्टो कि उल्टो राख्ने, सिधा ओच्छ्याउने कि क्रस पार्ने आदि यसका विधानसहित मुन्धुममा